राजेश थापा (टेक )
लन्डन,पुस २७,
संघिय समाजबादी फोरम नेपालको प्रबास अंग नेपाली संघिय समाज युकेको प्रथम बार्षिक साधारण सभा पार्टीका केन्द्रिय सदस्य पेम्बा गेल्बु शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ |
पार्टीका केन्द्रित सल्लाकार लक्ष्मण प्रसाद तुलाचन र केन्द्रिय सदस्य पेम्बा शेर्पाले पानसमा दिप प्रज्वोलन गरी साधारण सभाको उद्घाटन गरेका थिए ।
उक्त अबसरमा खस समाबेशी राष्ट्रिय पार्टीको युके अंग र संघिय समाजबादी पार्टीको युके अंगका बीच पार्टी एकीकरणको घोषणा समेत गरिएको थियो | पार्टीका केन्द्रिय सदस्य टेक बहादुर थापाले उत्पीडित जाति,लिङ्ग, क्षेत्रका बीच भएको एकताले पहिचानको मुद्दालाई कार्यान्वन गराउन बलपुग्ने भएकाले आफुहरु एकीकरण प्रक्रियामा सामेल भएको धारणा राखेका थिए । आज भन्दा आधा शताब्दी अघि नै संघियताको आवाज उठ्ने डरले नेपालका कम्युनिस्ट पार्टीहरुले आफ्नो भात्री संगठनको नाममा झुन्ड्याईएको फेडेरेशन शब्द हटाएको प्रसंग कोट्त्याएका थिए | कालान्तरमा संघिय राज्यको कुरा उठ्ने डरले उसबेला नेपालका कम्युनिस्ट पार्टीहरुले आफ्नो बिद्यार्थी संगठन नेपाल राष्ट्रिय बिद्यार्थी फेडरेशनको नाम परिवर्तन गरेर युनियन बनाएकाले उनिहरुबाट संघियताको कार्यन्वन नहुने जिकिर गर्दै उनले थपे ” रुसी कम्युनिजमबाट प्रभावित नेपाली कम्युनिस्टहरुले शुरुमा बिद्यार्थी संगठनको नाममा फेडरेशन शब्द राखेका थिए तर पछि नेपाली राजनीतिमा फेडरल शब्द स्थापित हुने डरले उनीहरुले फेडेरेशन शब्द हटाएर युनियन शब्द राखेका हुन् |”
कार्यक्रममा प्रमुख अतिथि शेर्पाले आफुहरु यथास्थितिबादी पार्टी जस्तो नभएकाले पहिचान सहितको संघियता र मदेशका समस्याहरु समाधान गरि छाड्ने विचार व्यक्त गरे | केन्द्रिय बैकल्पिक सदस्य भवानी चामलिंग राईले आफुहरु राष्ट्र राज्यको पक्षमा रहेको हुनाले बर्तमान संबिधान स्वीकार गर्न नसकिएको धारणा राखेका थिए । साधारण सभामा चाम्लिंगकै स्वर तथा लेखनमा तयार पारिएको गीति एल्बम परिबर्तनका स्वरहरु समेत बिमोचन गरिएको थियो |
उक्त कार्यक्रममा पार्टीका सल्लाकार लक्ष्मण प्रसाद तुलाचन, आदिवासी जनजाती महासघ युकेका महासचिब कर्मा शेर्पा, नेपाली संघिय समाज बेल्जियमका अध्यक्ष नेत्र मगर, संघिय समाज युकेका सल्लाकार छेत्र कला राई ,उपाध्क्ष राजेन्द्र खिम्दिङ्ग,इन्द्र कार्की खस, प्रबक्ता नरेश काङ्ग्माङ्ग, गोपाल राई, उपमाहसचिब कमल थुलुङ्ग, सचिब मिलनचन्द्र राई, लगाएतका बक्ताहरुले नेपालको समसामहिक राजनीतिक घटनाक्रमका बारेमा प्रकाश परेका थिए भने समाजको राजनैतिक प्रदिबेदन महासचिब बिश्वाश दिप तिगेला र आर्थिक प्रदिबेदन कोषाध्क्ष बिमला कुमारी राईले प्रस्तुत गरेका थिए ।
नेपाली संघिय समाज युकेका उपाध्क्ष जंग सुनुवारले स्वागत मन्तब्य राखेको उक्त बार्षिक साधारण सभाको संचालन समाजका महासचिब बिश्वास दिप तिगेलाले गरेका थिए भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष धर्म तामांगले गरेका थिए ।