खुइजरी गाउँको गुन्यू चोलीमा गीतको म्यूजिक भिडियो सार्वजनिक

Read Time:1 Minute, 40 Second

रूद्र श्रीसमगर
पोखरा, २५ पुस
पर्वत जिल्लाको खुइजरी गाउँको गुन्यू चोलीमा गीतको म्यूजिक भिडियो शनिबार एक कार्यक्रमका बीच पोखरामा सार्वजनिक गरिएको छ ।
सो म्यूजिक भिडियोको रेडियो अन्नपूर्णका समाचार संयोजक एवं गीतकार आरजु विष्ट सल्यानीले सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय सल्लाहकार तिलकप्रसाद पुन, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल (बान)का केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतले म्यूजिक भिडियोलाई सफलताको शुभकामना दिनुभएको थियो ।
सो गीतमा जय पुनको शब्द, जुनु रिजालको स्वर र सुनिल थापाको संगीत रहेको छ भने आशीष पुनको निर्देशन, छवि रानाको सम्पादन र सन्तोष पिठाकोटेको छायांकनमा सो म्यूजिक भिडियो निर्माण भएको हो । दृश्य निर्माण म्याक्सोन फोर डी स्टुडियो, पोखराले गरेको हो भने दिपज्योति युवा क्लबको प्रस्तुती रहेको छ । म्यूजिक भिडियोमा संगीता पुर्जा, अनिता राम्जाली, बालमाया पुन, हरि पुन र खुशीमान पुनले अभिनय गरेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %