-नेपाल सरकारले विविध जात जातिको नाममा चाड पर्व छुट्टाई दिई पहिचान जनित जातिका चाड पर्वमा १ दिन विदा दिने गरेको छ । राइ लिम्बु गुरुङ थारु तमाङ लगायतका बिबिध जात जातिले मनाउने पर्वलाई मान्यता दीई पर्व मनाउन हरेकलाई एक एक दिन विदा दिने गरेको छ । बिशेष गरी बाहुन छेत्री हिन्दू इतरका चाड पर्व दसैं तिहार ,तिज, शिव रात्री ,होली लगायतका चाड पर्वमा सरकारी बिदा र सुबिधा दिदै आएको छ हाल आएर केही बर्ष अगाडि देखी हरेक जात जातिले आफ्नो सन्स्क्रित्लाई पनि राज्यले हेर्नु पर्ने माग गर्दै आएको कारण सुबिधा नदिए पनि १ दिन बिदा भने दिदै आएको छ अधिकान्स आदी वासी जनजातिको भाषा धर्म सन्स्क्रिती लोप हुँदै गई रहेको परीपेक्ष्यमा मगर समुदाय जो राष्ट्रको तेश्रो ठुलो समुदाय हो त्यस समुदायलाई पनि गत सन २००९ देखी माघे सन्क्रान्ती मगर राष्ट्रिय पर्व भनी घोषणा गरिएको छ ,तर अचम्म यो पर्व मगरको भनीए पनि नेपाल देखी बिदेश भारत बङलादेश जता ततै मनाइन्छ र बिशेष गरी आर्य समुदायका मानिसले, समुदायले मनाउदछन ,हुन त मगर समुदायका भाषा सन्स्क्रिती माथि दमनको श्रिन्खला प्रिथिवी नारायण शाह अगाडि देखी नै हुँदै आएको ईतिहास पाईन्छ फल्स्वोरुप मगरहरु सान्स्कृतिक ,भाषिक ,राजनितिक दमनका कारण अहिले पहिचान बिहिन अवस्थामा पुगेको तथ्य हामी सामु छ । मगर हरुको के मौलिक चाड पर्व नभएकै हो त ?अन्य एकै वन्सका किराती मङोलहरुले आफ्नै मौलिक पर्व चासोक तङ्नाम , लोसार लोछार जस्ता चाड पर्व मनाउदा त्यही प्रजातिका मगर र थारुले मात्र हिन्दू ग्रन्थसँग मेल खाने माघे सन्क्रान्तिलाई आफ्नो मौलिक चाड भनी दावी गर्नु के जायाज छ ?
किन माघे सन्क्रान्ती मगरको मौलिक चाड होइन प्रसिद्द बिद्द्वान , हार्वर्ड विश्वोविधालय अमेरिकाका प्रोफेसर बि के रानाको बिश्लेषण -सं
‘माघे सङ्क्रान्ति’ – २०७२ ‘ बारेमा एक चिन्तन
नेपालका अन्य विभिन्न जात जातिले जस्तै गरी मगर जातिले पनि ‘माघे सङ्क्रान्ति’ एउटा विशेष चाडको रुपमा मनाउछन् | अब ‘माघे सङ्क्रान्ति – २०७२ ‘ को कुरो आइरा’छ फेरी |
‘माघे सङ्क्रान्ति’ > संस्कृत भाषाबाट बनेको चाडको नाम हो | ‘माघ’ महिनाको नाम ‘मघा’ नक्षत्रको नामबाट बनेको छ | ‘सग्रांती’ पनि संस्कृत शव्द हो | यसको अर्थ ‘सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्ने दिन’ भन्ने हुन्छ | यस दिन सूर्य ‘धनु राशी’बाट ‘मकर राशी’मा प्रवेश गर्ने भएकाले ‘मकर सङ्क्रान्ति ‘ अर्थात् ‘माघे सङ्क्रान्ति’ हुन् गएको हो | संस्कृत भाषामा नाम भएको हुनाले यो चाड हिमाली प्रदेशको आदिवासी जनजातिको आफ्नो चाड होइन | यदि हुन्थो भने यो चाडको नाम त्यहीका आदिवासी जनजातिको खुद आफ्नै भाषामा जस्तै: हिमाली भेगतिरको ‘ल्होसार’, ‘उभौली- उधौली’, ‘चासोक तंग्नाम’, काठमाडौँका नेवारको ‘म्ह्ह पूजा’,आदि इत्यादिमा हुने थियो | ‘मकर’ हुदैमा त्यसै मगरको हुने कुरा आउदैन | यदि हुन्थ्यो भने यो चाडको नाम पनि मगर भाषामा नै हुन्थ्यो |
हिन्दुहरुको १८ पुराण मद्धे विष्णु पुराणमा के लेखिएको छ भने – ‘सूर्यका छोरा शनिका विच सम्बन्ध राम्रो हुन् सकेन | त्यति हुदाहुदै पनि सार्है भएन भनिकन सम्बन्ध सुधार्नु पर्यो भनेर बाबु सूर्यले माघे सक्रन्तिका दिन आफ्नो छोरो शनिको घरमा १ महीनासम्म बस्ने गरी प्रवेश गरे | त्यस पछि यी दुइ जना बाबु-छोरा विच सम्बन्ध सुध्रियो | बाबु – छोराको सम्बन्ध सुधार्नका निम्ति सूर्य ‘मकर राशी’ मा प्रवेश गर्छन प्रत्येक वर्ष | बाबु – छोराको सम्बन्ध बिग्रेको छ भने त्यसलाई सुधार्ने चाडको रुपमा लिने हो यो माघे सक्रान्तिलाई | कथा र कुरा यत्ति हो |
यो चाड नेपालमा मात्र मनाईदैन | भारतको आन्ध्र प्रदेश, आसाम, बिहार, महाराष्ट्र, पन्जाब लगायत १६ विभिन्न राज्यहरुमा यो पर्व बडो धुमधामका साथ् मनाइन्छ | यस पर्वलाई ‘मकरात’ भनेर पनि मनाइन्छ | ‘मकरात’ले मगरलाई जनाउदैन | यो चाड हिमाली भेगको आदिवासी जनजातिको आफ्नो मौलिक चाड होइन | त्यसैले मगरहरुले पनि आफ्नो ‘मगर जातिको’ एकलौटी चाड हो भन्ने धारणा राख्नु ठीक हुदैन |
यस्ता चाड पर्वका कुराका आफ्नै महत्व छन् तर राजनीतिक अधिकार र प्रतिनिधित्व प्राप्त नगरिए वा नभएसम्म समाज अघि बढ्न सक्दैन ।