राज्यसत्ता ,
देशको प्रमुख आदिवासी जनजाती मगर समुदायले मनाउदै आएको माघे सन्क्रान्ती नजिकिदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले टुडीखेलमा माघ १ र २ गते आयोजना गर्न लागिएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित हुने प्रधान मन्त्री के पि ओलीको खबर बजारमा आउँदा साथ अहिले देश बिदेशबाट बिरोधका स्वोरहरु उठ्न थालेको छ । मगर समुदायबाटै प्रमुख अतिथी बनाउनु पर्ने माग गर्न थालिएको छ ।प्रमुख अतिथी बिरुद्ध सामाजिक सन्जालहरुमा व्यापक विरोध गरिएको छ भने बिभिन्न संघ संघस्थाहरुले प्रेश बिज्ञप्ती नै निकालेका छन,क -कस्ले के के भने पढ्नुहोस् -सं
प्रमुख अतिथिको रूपमा केपी ओलीलाई निमन्त्रणा गरिएको प्रति घोर आपत्ति
बिज्ञप्ति
१९ लाख मगरहरूको छाता सङ्गठन, नेपाल मगर संघ, केन्द्रीय समितिले मगरहरूको साँस्कृतिक पर्ब “मगर माघे-सकराती २०७२” बिशेष कार्यक्रमहरूका साथ काठमाडौँको टुडिखेलमा मनाउँने निर्णयलाई धन्यवाद तथा स्वागत गर्न चाहन्छु। तर, जसको कारणले ऐतिहासिक संविधान सभाबाट सदियौंदेखि नेपालको आदिवासी जनजाति समूदाय कै सबैभन्दा ठुलो जाति १९ लाख मगरहरूको अधिकारलाई कुण्ठित गरिने कार्य भयो, त्यसैलाई “मगर माघे-सकराती कार्यक्रम” को प्रमुख अतिथिको रूपमा केपी ओलीलाई निमन्त्रणा गरिएको प्रति घोर आपत्ति जनाउँदछु।
विकल्पमा राज्यको निकायहरूका मगर समूदायबाट प्रमुख ओहोदामा हुनुभएका सम्माननीय उपराष्ट्रपति, सम्माननीय सभामुख र माननीय मन्त्रीहरूलाई “मगर माघे-सकराती” को प्रमुख अतिथिमा निमन्त्रणा नगरिनुको ठोस कारण आम मगर समूदायहरूलाई अवगत गराउँन पनि अनुरोध गर्दछु।
धन्यवाद।
हुम सुनारी मगर
प्रमुख सल्लाहकार, नेपाल मगर संघ – साउदी अरेवीया
सदस्य, मगर अन्तर्राष्ट्रिय मञ्च (साउदीबाट प्रतिनिधि)
-मगर माघे सक्रान्ति २०७२ को प्रमुख अतिथि र समुदघाटन कार्य मगर जाति हरु बाट गराइयोस ) ….
केन्द्रिय मगर संघको तत्वधानमा मगरहरुको महान चार्ड माघे सक्राती यहि माघ १ र २ गते टुडिखेलमा भव्यताका साथ् मनाउन गइहरेको कुरा जानकारी पाउदा अति खुसि लाग्यो / आफ्नो जातीय पर्व र मगर पहिचान तथा मगर हक अधिकार लाइ जीवित तथा दिगो स्वरूप दिन केन्दीय मगर संघ को कार्यनीति सर्हानिय ,मनाशिव तथा सन्तोष जनक छ / बिगत देखि बर्तमान अवस्था सम्म मगर हरुको पवित्र सामाजिक सस्था “” नेपाल केन्द्रिय मगर संघ “” लाइ हात समाउदै डोराउदै याहा सम्म ल्याई पुराउनुहुने हाम्रा अग्रज मगर अगुवाई ज्यु हरु तथा केन्द्रिय मगर संघ प्रति अवाद्ध सम्पूर्ण मगर समुदाय हरुमा हार्दिक कृतज्ञता सहितको मगर माघे सक्रातीको शुभ कामना ब्याक्त गर्दछु /
केन्द्रिय मगर संघ को आयोजना मा हुने सबै मगर कार्यक्रम हरु मगर पहिचान लाइ स्थाई र प्रोत्सहान दिने खालका छन / यसमा दुईमत छैन / तर केहि समय अगाडी देखि मगर कार्यक्रम हरु का , कार्यक्रम हरु को मुख्य अतिथि तथा कार्यक्रम समुदघाटन मा जातीय पद्दतिलाई भन्दा अलि फरक भिन्नता तर्फ गइएको होकी जस्तो लाग्यो / जसले गर्दा मगर जातीय प्रति केहि आचं आउने खालका क्रियाकालाप हुन् गर्न नपाओस भन्ने हाम्रो मान्यता हो /
गत सालको ३३औ मगर दिवस को मुख्य अतिथि तथा सामुदघाटन ( बाहुन जाति बाट ) तत्कालिन , उ प्र तथा गृह मन्त्रि बाम देब गौतम बाट गराउदा सम्पूर्ण मगर हरुको अस्तित्व माथि प्रश्न खडा भएको थियो / यसको बारेमा चारै तर्फ गुनासा तथा नाकारात्मक प्रतिक्रिया हरु सुन्नमा आएको थियो / मगर समाज जस्तो पवित्र सामाजिक जातीय शुद्ध सस्था लाइ बाहुन वा आन्य जाति बाट अथिति वा समुद्घाटन कार्य गराइदा पवित्र सस्था . मगर संघ प्रति को छबी, , इमेजमा नकारात्मक असर पर्ने देखिन्छ /
तसर्थ . ..
( १ ) केन्द्रीय मगर संघ वा मगर संघ जिल्ला समितिका सम्पूर्ण कार्यक्रम को अतिथि वा समुदघाटन कार्य मगर जाति बाट गराइएमा मगर पहिचान र छविमा गौरवता छाउने थियो /
( २) मगर कार्यक्रम हरु को उद्घाटन वा प्रमुख अतिथि को लागि मगर जातीय बाट वा उच्व राजनैतिक ओहोदामा रहनुभएका राजनिति ब्याक्ति हरु बाट गराउन सकिन्छ /
( ३) वा मगर जातीय का जेष्ठ नागरिक . वा मगर जातिका बरिस्ठ समाज सेबी वा , मगर जातीय का कुनै पनि भातृ संगठनका प्रमुख वा मगर कलाकार हरु बाट वा शुश्री कन्या वा वर्तमान अधक्ष्य ज्यु बाट पनि गराउन सकिन्छ
(४) बर्तमान परिस्थितिमा केन्द्रीय मगर संघ , माघे सक्राति कार्यक्रम को प्रमुख अतिथि ….. मगर जाति हरु …… सम्माननीय उप – रास्ट्र पनि “” पासांग”” , नन्द किशोर पुन मगर ज्यु वा सामान्नीय सभामुख ओनिसरा घर्ति मगर ज्यु वा अन्य मगर जातीय माननीय मन्त्रि ज्यु हरु बाट प्रमुख अतिथि र समुद घाटन कार्य गराइएमा सुनमा सुगन्ध फैलिने थियो कि ?
(५) हाल सम्म मगर जातिहरु लाइ राजनैतिक , आर्थिक ,, मगर स्वतन्त्रता ,, मगर स्वाधिमान ,, सामाजिक दृस्टी, , जातीय अपहेलना ,, दवाब जस्ता कु _ मानबिय कार्य ब्राह्मण हरु बाट हुदै र गराउदै आइरहेका छन / तेसैले ..मगर हरु सबै क्षेत्रमा पछाडी पर्नु मुख्या कारण बाहुन लाइ अगाडी लगाएर आफु पछाडी हिडने प्रबित्तिले गर्दा हो /
( ६) यदि मगर हरु को जातीय र पहिचान बाद को बिकाश र हक अधिकार को संरक्षण गर्ने हो भने .. मगर हरुले सर्व प्रथम बाहुन लाइ अगाडी लागाई साथ् लिएर हिडने काम बिल्कुल परित्याग गर्नु पर्छ /
( ७) मगर बाहुनको बुद्धिमा हिडने होइन ..बाहुनलाइ मगरको बुद्धिमा हिडाउन सक्नु पर्छ …../ ब्राह्मणबाद र पुरेहित नीति मा मगर हरु सदिऔ साल बाट दास र अपहेलित हुदै आइरहेका छन / तसर्थ हामि मगर हरु ले सबै सामाजिक वा धार्मिक कार्य हरु मगर जाति बाट गर्ने र गराउने सिस्टम रिति बसालौ … येसैमा सबै मगर हरुको जातिय..बिकास , हित र न्याय उचित हुने थियो भन्ने मैले बिस्वाश लिएको छु / धन्यबाद
मगर आवाज
-Durga Thapa माघे सक्रान्ती मगरको चाड हो, कुनै राजनैतिक पार्टी को प्रचार गर्ने कार्यक्रम को थलों नबनोस!!!
केपी ओली बाट उद्घाटन गराउनु पर्ने कारण के???
किन मगरले मगरलाई सम्मान गर्न सक्दैन???…
सम्पूर्ण मगर समुदायहरुले यसपालिको मगर–माधे सकराती पर्व–२०७२ मगराँत आन्दोलनको पक्षमा धुमधामसंग मनाउनुपर्दछ । काठमाडौंको टुडिखेलमा प्रधानमन्त्री केपी ओलीलाई बाहुनको छोरा भएर विरोध गर्न लागेको होइन कि मगराँत आन्दोलन विरोधीको रुपमा कालो झाण्डा देखाइ, हुटिङग गरी केपी ओलीलाई विरोध गर्न लागेको हो । केपी ओलीको ठाउँमा कुनै तामाङ, गुरुङ, मगर, नेवारलगायतका व्यक्ति मगराँत आन्दोलन विरोधी पक्षमा उभिएको भए पनि विरोध हुन्थ्यो । नेपाल मगर संघका पदाधिकाहरु लगायत विभिन्न दल निकट मगर लिडरहरुले मगराँतको आन्दोलन छोडे पनि सम्पूर्ण मगर समुदायले मगराँत आन्दोलन छोडेको छैन । केपी ओली मगराँत आन्दोलन विरोध हो भनेर थाहा हुँदाहुदै पनि किन प्रमुख अतिथि बनाइदैछ ? के प्रधानमन्त्री भन्दा ठूलो पदमा हाम्रो मगर समुदाय छैन त ? उपराष्ट्रपति नन्दबहादुर पुन को हो त ? उपराष्ट्रपति पुनलाई किन प्रमुख अतिथि बनाउन सक्दैन ? मगराँत आन्दोलन सेलाएको छैन भनेर सन्देश दिने मौका यही हो । मौकाको फाइदा उठाऔं ।
जय मगराँत
मगराँत स्वायत्त प्रदेश जिन्दावाद
-चन्दने केपि अोलि प्रमुख अतिथि हुने टुडिखेलको कथित मगर माघे सकराती सशक्त बहिष्कार गरौ।।
घरघरमा हाम्रा पुर्खाले यो भुमि खनिखोस्रि ज्यान बचाउन खान सिकेको पहिलो खानेकुरा बनतरुल,पिडालु सरखन्टा खाइ पितृ सम्मान गरौ।।
हाम्रा कुरा सुनाउन कै लागि भनेर अोलि बाहुनलाइ टुडिखेल ल्याउने तर्कमा कुनै दम छैन।के शिहदरबार मा बसेर हाम्रो माग सुन्न सक्दैन यो काट्टेले???
याम मगर
आदिवासी जनजाती ,मधेशी ,दलित लगायतका उत्पीडितहरुका अधिकार , पहिचान र संघियता बिरोधी छवी बनाएका प्रधान मन्त्री के पि ओली तुच्छ बोली र उडन्ड स्वोभावका कारण आलोचित छन ।आदिवासी जनजाती समुदायको पहिचानलाई कुहिएको गोलभेडा ,आलु सँग तुलना गरेर होस् वा अधिकारको लडाईंमा होमिएका पीडित मधेशी जनताको मानव सागरलाई माखे साङ्लोको सङ्ञा दिएर ,वा ५० भन्दा बढी आन्दोलन कारीलाई गोलीको शिकार बनाई २ , ४ आप झरेर केही नबिग्रने अभिव्यक्ती दिएर अथवा गम्भिर हुने बेलामा उत्पत्याङ उत्पत्याङ हर्कतका कारण जनताको माझ अलोकप्रिय छवी निर्माण गरेका छन ।