बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउदै

Read Time:5 Minute, 39 Second

सानु घिमीरे
लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक इ राम कुमार श्रेष्ठले आफ्नो नेपाल बसाइको छोटो अबधिमा उपरास्ट्रपति नन्द किशोर पुन (पासांग) पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) र माधव कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र नारायणकाजी श्रेष्ठ र माओबादी नेता मोहन बैध्य (किरण) संग छूट्टाछुट्टै भेटघाट गरेका छन । राष्ट्रपतिसंगको भेटघाटको लागि समय तय भएतापनि अन्तिम समयमा राष्ट्रपतिको स्वास्थका कारण भेटघाट हुन सकेन ।
अभियानको सातौं बार्षिकी कार्यक्रम मार्फत बिभिन्न सात देशमा बुद्ध जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन श्रेष्ठले अभियानका तर्फबाट नेपाल सरकार मार्फत प्रकृया अगाडि बढाएका छन ।
भेटघाटको क्रममा अभियान शुरु गरिनु पर्नाका कारण, अभियानले गरेका गतिबिधिहरु र उपलब्धिहरु र भाबी योजनाहरुबारे जानकारी गराउँदै अभियानबारे तयार पारिएको प्रोफाइल हस्तान्तरण गरिएको थियो । भेटघाटको क्रममा नेपाल सरकारले गर्नु पर्ने काम जनस्तरबाट गरिएको र थोरै समयमा अनपेक्षित उपलब्धिहरु हासिल भैसकेको र बुद्ध जन्मस्थल बिषयमा कोरिया र स्वीडेनका पाठ्य पुस्तकमा भएका गल्ती सच्याउने जस्ता अत्यन्तै महत्वपूर्ण कार्य भैसकेकोले अब बाँकी देशमा यस कार्यलाई निरन्तरता दिन सहज बातावरण तय भएकोले सरकार नै यस कार्यमा सकृय हुँदा राम्रो हुने बताए । उपरास्ट्रपति नन्दकिशोर पुन (पासांग) संगको भेटघाटमा कोरियाका लागि पूर्व राजदूत कमल प्रशाद कोइराला, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी बिस्वबिध्यालयका पहिलो रजिस्टार केदार शाक्य लगायत अभियानसम्बद्ध ब्यक्तिहरु र पत्रकारहरुको पनि उपस्थिति थियो । प्रचन्डसंगको भेटघाटको क्रममा पनि पत्रकारहरुको उपस्थिति थियो ।

बृहत्तर लुम्बिनी क्षेत्र विकास निर्देशक समितिका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको प्रमुख आतिथ्यतामा काठमाण्डौंको नेपाल टुरिज्म बोर्ड हलमा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरणका खातिर सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि प्रचन्डलाई अभियानका तर्फबाट बिस्व संयोजक राम कुमार श्रेष्ठले हस्तान्तरण गरे ।
प्रमुख अतिथिले नेपाल सरकारका प्रतिनिधिका पररास्ट्रका सह-सचिब डा दुर्गा बहादुर सुबेदीलाई आबस्यक कार्यार्थ हस्तान्तरण गरे । त्यस्तै वेलायतको ब्रिटिश म्युजियमले चर्को जन-दबाबका कारण त्यहा बुद्ध जन्मस्थल बिषयमा भएको जानकारी सच्याउने निर्णय गरे तापनि सच्याउने काम सन्तोषजनक र स्पस्ट नभएकोले वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई संबोधन गरी तयार पारिएको ९ पेज लामो प्रतिबेदन पनि श्रेष्ठद्धारा प्रमुख अतिथिलाई र प्रमुख अतिथिले नेपाल सरकार प्रतिनिधिलाई हस्तान्तरण गरियो ।

 

त्यस्तै दक्षिणी गोलार्धकै सबैभन्दा ठुलो बुद्धिस्ट मन्दिर नान्टियन टेम्पल, सिड्नीमा स्थापना गर्न ५० केजी तौलको ३ फिट अग्लो सुनको जलप लगाइेएको मूर्ति अभियानका तर्फबाट धर्म बहादुर शाक्यले प्रमुख अतिथि प्रचन्डलाई र प्रमुख अतिथि प्रचन्डले नेपाल सरकारका प्रतिनिधि डा सुबेदीलाई हस्तान्तरण गर्नु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %