कती पिउने रक्सी ???

Read Time:2 Minute, 36 Second

रक्सी पिउनु पूर्ण असुरक्षित “नो सेफ लेवल अफ अल्कोहल”- न्यु युके गाईडलान्स 

लन्डन ,

यु केमा रक्सी सम्बन्धी नयाँ गाईडलाइन्स प्रकाशित भएको छ । नयाँ अनुसन्धान अनुसार अल्कोहोलको मात्रा जती थोरै भए पनि यसले विभिन्न खाले क्यान्सर रोग निम्त्याने खतरा रहेको जनाएको छ ।

चिफ मेडिकल अफिसर डेम सेलिको रिपोर्ट अनुसार अल्कोहोल स्वास्थ्यको लागि सम्पूर्ण रुपमा हानी कारक रहेको जनाएको छ । न्यु क्यासल युनिवर्सिटिका प्रोफेसर पिटर अन्डेर्सिनले अलकोहल सम्बन्धी नयाँ अनुसन्धान अपिरिहार्य रहेको जनाएका छन । पहिलेको गाईडलाइन्स १९९५ देखी संसोधन गरिएको थिएन ।नया निर्देश अनुसार अल्कोहल पूर्ण मात्रमा असुरक्षित भएको जनाए पनि नियमित रक्सी सेवन गर्ने महिला र पुरुष दुबैको निमित्त १४ युनित प्रती हफ्ता भन्दा माथि पिउन नहुनु सुझाव दिएको छ भने गर्भवटी महिलाको लागि पूर्ण मनाही गरिएको छ ।पहिलाको निर्देश अनुसार पुरुषको लागि २१ युनित प्रती हफ्ता र महिलाको लागि १४ युनित प्रती हफ्ता सुरक्षित रहने मापडन्ड टोकिएको थियो ।

 

केही अध्ययन अनुसार केही मात्रामा अल्कोहोल मुटुको लागि फाईदा जनक रहेको जनाइएपनी धेरै बिज्ञहरुका अनुसार यसलाई मानिसहरुले बढीमुल्याङ्कन गरिएको जनाएका छन ।शेफिल्ड अल्कोहल अनुसन्धान ग्रुपका डा.जोह्न भन्छन अल्कोहलको खराब पक्षलाई केलाउदा अल्कोहलको केही गुण भए पनि त्यो वास्तवमा स्वास्थ्यमा हुने खराबीको अगाडि केही होइन ।

रिपोर्टका अनुसार अल्कोहलले  विभिन्न क्यान्सर रोग निम्त्याउने खतराका साथ साथै अरु अनगिन्ती रोगहरु हार्ट अट्याक ,कलेजोमा खराबी ,स्ट्रोक,स्न्यायु प्राणालिमा असर आदी  निम्त्याउने जनाएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %