तमु समाज हङकङको प्रथम ल्होसार (प्र ल्हो ) कार्यक्रम भब्यताका साथ सम्पन्न !

Read Time:7 Minute, 18 Second

मुककाजी (काजी) गुरुङ, हङकङ

२७ डिसेम्बर २०१५ का दिन तमु समाज हङकङले मंकीहिलमा तमु समाज स्थापनाको प्रथम बर्षको ल्होसार (प्र ल्हो) नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको बिशेष प्रस्तुतिमा निकै भब्यताको साथ सम्पन्न गरेको छ।

तमु समाज हङकङका संस्थापक अध्यक्ष कोमल (स्याङ्जाली कान्छा) गुरुङ्को अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नेपाली कांग्रेस पर्वत का पूर्व सभापति नवराज गुरुङको प्रमुख आतिथ्य रहेको थियो भने तमु समाज महिला बिभागकी अध्यक्ष श्रीमती पुष्प गुरुङ, तमु समाज हङकङका प्रमुख सल्लाहकार बिष्णु गुरुङ, किरण गुरुङ, नरेन्द्र गुरुङ यसैगरी अन्य सल्लाहकार सविता घले, भानबिर गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष जितेन्द्र गुरुङ, पर्वत मञ्चका अध्यक्ष श्याम गुरुङ, हङकङ नेपाली महासंघका प्रतिनिधि महासचिव मोती चाम्लिंग, जनसम्पर्क समिती हङकङका महामन्त्री मिन गुरुङ, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जजिन चाम्लिंग राई, उर्गेन दोर्जे छोलिङ बुद्धिस्ट सेन्टर, युनलोंगका अध्यक्ष कमला गुरुङ, सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ लगायत अन्य बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई अतिथिको रुपमा आसिन गराएका थिए।

तमु समाज हङकङका प्रथम उपाध्यक्ष मन प्रसाद गुरुङ्को स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सचिव बिशन गुरुङ्ले सञ्चालन गरेका थिए भने प्रमुख अतिथी नेता नवराज गुरुङ र तमु समाज हङकङका अध्यक्ष कोमल गुरुङ्ले दीप प्रज्ज्वलन गरी कार्यक्रमलाई उद्द्घाटन गरेका थिए। कार्यक्रम उद्द्घाटन पश्चात संघकै सल्लाहकार लगायत केही अतिथी महानुभावहरुले ल्होसारको शुभकामना ब्यक्त गरेका थिए । यसै क्रममा प्रमुख अतिथी नेता नवराज गुरुङ्ले तमु समाजद्वारा आयोजित प्र ल्होसार कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाउंदा तमु समाज हङकङलाई धन्यवाद ब्यक्त गरे।यसैगरी तमुहरुको राष्ट्रिय तथा महान धार्मिक पर्व प्र ल्होसारको उपलक्ष्यमा शुभकामना ब्यक्त गरे भने सबै तमुहरु मिलेर एकै थलोमा संयुक्त/ सामुहिक ल्होसार मनाउंनु पर्ने बताए। एकताबाट नै अधिकार प्राप्ति गर्न सकिने, मौलिक पहिचान, भाषा, कला, संस्कार सस्क्रीतिको संरक्षण समबर्ध्दन हुने भएकाले यस्ता मौलिक र एतिहांसिक पर्वलाई हामीले सामुहिक रुपले मनाउंनु पर्ने बताए।

अन्तमा, अध्यक्ष कोमल गुरुङ्ले तमुहरुको राष्ट्रिय तथा महान धार्मिक पर्व प्र ल्होसारको उपलक्ष्यमा सम्पूर्ण तमुहरु लगायत गैर तमुहरुलाई प्र ल्होसारको शुभकामना ब्यक्त गरे। शुभकामना संगसंगै तमु समाज हङकङद्वारा आयोजित प्र ल्होसार कार्यक्रमलाई भब्य तथा सभ्यका साथ सफल पार्न उपस्थित सम्पूर्ण तमु तथा गैर तमुहरुलाई धन्यवाद दिए भने प्रमुख अतिथी नेता नवराज गुरुङ् लगायत नेपालबाट प्र ल्होसार कार्यक्रमको लागि आमन्त्रित कलाकारहरुलाई बिशेष धन्यवाद ब्यक्त गरे र हङकङमा रहेका सम्पूर्ण तमुहरुलाई एकै थलोमा सामुहिक ल्होसार मनाउंनु पर्नेमा आफ्नो भनाई ब्यक्त गरे।

कार्यक्रममा तमु समाज हङकङ स्थापना भए लगतै तमु समाज हङकङलाई हङकङ डलर ५०,००० (पचास हजार) देखी ५,००० (पांच हजार) आर्थिक सहयोग गर्ने सहयोगदाताहरुलाई अध्यक्ष कोमल गुरुङ लगायत प्रमुख अतिथी र अन्य अतिथी महानुभावहरुको हातबाट फेटा ओढाई खादा र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो भने प्र ल्होसार पर्वलाई भब्य तथा सभ्यका साथ सफल पार्न प्रायोजन गर्ने प्रायोजक दाताहरुलाई पनि खादा लगाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानकै क्रममा छेलो प्रतियोगितामा पहिलो र दोस्रो हुने छेलो पहलमानहरुलाई पनि गुरुङ्हरुको परम्परा अनुसार फेटा ओढाई खादा र सम्मान पत्रद्वारा नगद पुरुस्कार प्रदान गरे। यसैगरी भाग्यशाली चिठ्ठा अन्तर्गत भाग्यशाली बिजेताहरु उपबिजेता सुमित्र गुरुङ र गंगा गुरुङ्ले क्रमश: सामसुंग फोन र एक तोलाको सुनको सिक्री पाउंन सफल भएको छ।

कार्यक्रमको अन्तिम चरणमा, नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु लोकदोहोरी गायिका दुर्गा गुरुङ, गण्डकी अाईडल मनोज गुरुङ, उध्घोषक, चलचित्र निर्देशक तथा गायक कृष्ण कुमार गुरुङ लगायत मगर संघ हङकङको कार्यक्रममा आमन्त्रित चर्चित लोकदोहोरी गायक सञ्जय गुरुङ र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुतीमा सांस्कृतिक कार्यक्रम सोंचेको भन्दा भब्य र सभ्यका साथ सम्पन्न भएको छ। “आयो ल्होसार” भन्ने ल्होसार गीतबाट शुरुवात गरिएको सांस्कृतिक कार्यक्रममा दुर्गा गुरुङ्को एकल गीत स्याउली पलाईछ, मनोज गुरुङ्को लपु चले आघें ठागु देखी संयुक्त रुपमा सालै जो, सिक्लेसैको मेलामा, आयादो ठागु, माया पिरती र अन्तत: तिते करेली दोहोरी गीत डिजेमा परिणत हुंदै तमु समाज हङकङद्वारा आयोजित प्र ल्हो (बांदर) बर्गले ल्हु ल्हो (भेंडा) बर्गलाई बिदाई गरे।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %