मनोज घर्ति मगर
पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको फुटवल खेल मैदानमा शनिबार थुप्रै सेलिब्रेटि फुटबल जर्सीमा देखिए । स्थानीयदेखि राष्ट्रियस्तरका चर्चित गायकगायिक मैदानमा बलका लागि भिडन्त गर्दै थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीले आयोजना गरेको मैत्रिपुर्ण फुटवल खेल खेल्न सेलिब्रेटीहरु मैदानमा छिरेका थिए । फाईनल खेलमा नेपाल पत्रकार महासंघ कास्की शाखालाई ६–१ को गोल अन्तरले पराजित गर्दै प्रसाशनिक टिम बिजयी भयो ।

प्रशासनको तर्फबाट नेपाल आर्मीका युवा खेलाडीहरु परिचालन गरीएको थियो भने सेमिफाईनल तथा क्वाटरफाइलमा प्रशासनिक निकायका उच्च पदस्थका पदाधिकारीहरु खेले पनि पत्रकारसंगको फाईनल खेलमो खेलेनन् । प्रशासनको तर्फबाट फुलवारी व्यारेकका विजय श्रेष्ठ र सन्तोस गुरुङले दुईदुई, तेज बहादुर थाम र तेज बहादुर सोडारीले एक÷एक गोल गरे । पत्रकारको तर्फबाट भने सुरेन कुमारले सान्त्वना गोल फर्काए । प्रशासनको टोलीले पहिलो खेलमा सहारा क्लवको टोलीलाई ७–२, सेमिफाईनलमा राष्ट्रिय दोहोरी गी प्रतिष्ठानको राष्ट्रिय टोलीलाई २–१ गोल अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको थियो । पत्रकारको टोलीले आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीलाई ४–२ को गोल अन्तरले पराजित गरी फाईनलमा यात्रा बनाएको थियो । मैत्रिपुर्ण फुटवल खेलको उद्घाटन पश्चिमाञ्चल क्षेत्रिय प्रशासक केदार बहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा गायक बद्री पंगेनीले मिल केपी, प्रचण्ड, शुसिल दाई एकताको खाँचो छ भन्ने बोलको गित प्रस्तुत गरेका थिए । सवै संघ संस्थाहरुसंग भाईचाराको सम्वन्ध प्रगाढ पार्न कार्यक्रम आयोजना गरीएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल अञ्चल कार्यसमिति गण्डकीका अध्यक्ष जिवन दाहालले बताए ।
तस्वीर सुदर्शन रञ्जित
