बिजय हितान,
–सभागृह खचाखच भरिएको छ पल्टनियाहरूले । लाउरेनी दिदिबैनीहरूको कसैको गुन्यु चोलोले, कसैको सारी चोलोले, रङिन बनेको छ त्यो दिउँस । लाउरे दाजुभाईहरू उभिएका छन् प्रबेसद्वार र बार नजिकै, हातमा पेय पदार्थको प्याला समातेर, एक आपसमा भलाकुसारी गर्दै । कोहि आफ्नो पल्टनको ब्याज अङ्कित हरियो/निलो ब्यारेट क्याप र ब्लेजरमा । कोहि पल्टनको टाइ बाँधेर गोर्खा ह्याट ढल्काएका ।
मन्चको पिछाडी भित्तामा तुल झुन्डाइएको छ, लेखिएको छ ‘दुइ सताब्दी समारोह- गोर्खालीहरू ब्रिटिश सेनामा-1815-2015’ ।
चालिसको देखिने नरेश देब्रेहातले रेजिमेन्टल टाइ मुसार्दै, दाइने हात अगाडी बढाएर ‘अरे नी हो गणेश दाइ ! के छ ? आरामै ?’ भनेर गणेशसँग हात मिलाउँछ ।गणेशलाई नरेशको हात रोबोटको जस्तै सार्हो लाग्छ । अफ्गानिस्तान युद्दमा तालेबानको आइइडीले उडाइदिएपछी जडान गरेको उसको कृतिम हात, किन साह्रो न हुनु नी ।
‘सन्चै छू, धेरै बर्ष भयो हाम्रो भेट नभएको, होईन नरेश भाइ ?’ गणेशले पेन्सन जानुभन्दा अघिका ती पल्टने दिनहरू झल्यास्स सम्झियो ।
गणेश पल्टनबाट निस्कने साल नरेश भर्खरै रेक्रुट तालिम सिध्याएर पल्टन आएको थियो । सुरुका बर्षहरुमा नयाँ सिपाही एक नयाँ बुहारिजस्तै ठानिन्छन । गणेशले रमेशलाई आफ्नै कम्पनिमा कतै भेटेको हुनुपर्छ त्यतिबेला । फक्ल्यान्ड युद्दमा खुकुरीको चमक टल्काउन्दै अर्जेन्टिनी सैनिक सँग ‘कातर हुनु भन्दा मर्नु निको’ भन्दै गोर्खालीको सान राख्दै लडेर, बेलायती उपनिबेस कायमै राख्न ठुलो भूमिका खेलेको थियो गणेशले ।
यद्धपी उसलाई त्यसको केही बर्सपछी हवाइकान्डमा सम्पुर्ण सपोर्ट कम्पनिका सदस्यसहित खालिखुट्टा घर पठ्याइएको थियो । अमेरिकाको हवाइ टापुमा जंगल एक्सर्साइज भैरहेको बेला पाउनुपर्ने सामान्य वेलफेरबाट बन्चित हुनुपर्दा, सिपाहीहरूले गरेको बिद्रोहमा परेको निर्दोस गणेशका खुट्टा खालिरहे होलान् । पाउनुपर्ने पेन्सन नपाउँदा उसका गोजिहरुपनी खालिनै रहे होलान् । तर युद्द भुमिमा पड्किएका गोलाबारुदका आवाज, रगत् बगाउँदै मृत्युलाई कुरेका सहयोद्दाका क्रन्दन र भेदभावपूर्ण ढंगले नोकरिबाट निस्कनु परेका चिन्ताले भरिपुर्ण उसका मस्तिस्क भने कहिल्लै खाली रहन सकेन । त्यसैले त बन्दुकका आवाजलाई बिचारका छालहरूमा परिवर्तन् गर्दै गणेशले कलम अगाडी सारेको थियो पल्टनिया जिवन पछिका दिनहरुमा ।
‘दाइ मैले हजुरको- राइफलको नालबाट जीवन् नियाल्दा, राइफलले फलाकेको जिन्दगी, युद्द एम्बुसमा राइफलको संगित, राइफलको मुर्छना जस्ता सबै कृतिहरू पढेको छू । आज दुइसय बर्ससम्म ब्रिटिशको राइफल समात्ने हामिजस्ता सबै गोर्खालीको समस्या, बेदना, पीडा के थिए? मैले तपाइँका उपन्यास र कबिता कृतिहरूबाट बुझेको छू ।’ हल भित्रको सुसज्जित मन्चतिर आँखा लगाउँदै नरेशले आफु गणेशको एक सुभचिन्तक पाठक भएको परिचय दीएको थियो ।
मन्चको माइकबाट बिर्गेड अफ गोर्खाजको ब्यान्डले बजाएको ‘लाउरेको रेलिमै फेसनै राम्रो…..’ मधुर धुन गुन्जायमान हुँदै थियो ।
त्यतिनैखेर रक्षा हलभित्र प्रवेस गरे र नरेश अनी गणेशको समूह नजिकै आइ सबैलाई पल्टनिया अभिबादन टक्र्याए ।
‘मलाई त ऐले रेक्रुट तालिम गर्दै गरेको सम्झना आयो, हरेक सुक्रबार साँझ प्लाटुन पोस्टमा यस ‘लाउरेको रेलिमै…..’ गितमा हामिहरू नाच्थ्यौँ । यहि गीत पीटीआइ गुरुजीसँग गाउँदै, भारी बोकेर ढाक्रे कुंददै गर्दा, पसिना झार्दै बाटो काटेको पत्तै हुने थिएन ।’ नजिकैको साउन्ड बक्सतीर कान थाप्दै रक्षाले त्यस धुनप्रतिको आफ्नो अनुभव सबैसँग बाँडेका थिए ।
त्यतिनै बेला देबेन्द्र हलको कुनाको एक झुन्डबाट चूइटिंदै गणेशको झुन्डमा सामेल भएर दुई हात जोड्दै भन्यो – ‘सबैलाई राम राम छ है; साहेब, गुरुजी, र भाइहरू । यस धुनमा त हामिले कतिचोटी दसैंमा खुकुरी नाँच प्रदसन गर्यौं । ब्यान्ड बाजाले बजाएको यसै मिठो धुनको साथ पास अफ परेडमा ड्रिल पनि खेलेउँ । को थिए होलान् यस्ता काल्जयी गितका गायककार, हँ ?’
दुइ सय बर्षको गोर्खाली इतिहाँस कति गहिरो छ । बिडम्बना, यसको गहिराइ ती इतिहासका रचयिताहरूलाई नै थाहा छैन् । लाहुरे जिन्दगीको हरेक पद्चापमा बज्ने ‘ लाहुरेको रेलि मै…’ धुन । लाहुरेको जिब्रो-जिब्रोमा झुन्डिएको ‘ लाहुरेको रेलिमै….’ गीत । यस गितका रचयिता को थिए? कसले र कैले गाइएको थियो? लाहुरेलाई नै थाहा नहुनु हास्यस्पद्द होईन र ! सायद् गणेशलाई यस्तै महसुस भएको थियो ।
दुइसय बर्षको इतिहास बनाएर एक युगनै जन्मेको छ । जसले एउटा छूट्टै लाहुरे संस्कार र सँस्क्रिती जमाएको छ पहाडका टाकुरामा हिउँ जमे जस्तै । यो संस्कार निस्पछ्यता, समानता र भेदभावरहित परिस्थितिमा भन्दा पनि; पच्छ्यपात,असमानता र भेदभावमा रुमलिएर निर्माण भएको छ एक ज्वालामुखी पहाड झैँ । यसैले आफैले कोरेको यस्तो बिबिध इतिहासबाट अनभिग्य लाउरे समुदायलाई झक्झक्याउन गणेशका कलमहरू आजकल सल्बलाइरहेका छन ।
लाहुरे स्रस्टाद्वारा रचित संगित तथा युद्द साहित्यलाई नजिकैबाट नियाल्दै त्यसैमा कलम चलाउँदै आएका गणेशले, ‘लाहुरेको रेलिमै…’ झाउरे गितका गायक अरु कोहि नभै आफुहरुजस्तै एक लाहुरे स्रस्टा मास्टर मित्रसेन थापामगर भएको त्याहाँ उपस्थित लाउरे दाजुभाईहरूलाई बोध गराएका थिए ।
गणेशले हरियो ब्लेजरको खोल्तिबाट कागजको चिर्पटो नेकालेर पढे- ‘मित्रसेन पहिलो बिस्वयुद्दमा फ्रान्स पुगेका थिए, जर्मनसँग लड्न, १/१ जी आर को एक सदस्य भएर । कस्तो अचम्म थियो- उनको रास्ट्रियता थियो नेपाली, जन्म र कर्मथलो थियो इन्डिया, लडिदिएका थिए बेलायतको लागि, लडाईंको सिल्सिलामा पुगेका थिए फ्रान्स, बैरी थिए जर्मन । बी कम्पनी ओ सी का उनी रेडियो सिग्नलर थिए लँडाइमा । जर्मन फौजलाई अगाडी बढ्न रोक्ने क्रममा, काँजे ओ सी को गल्ति रणनितिले गर्दा सब्बै बी कमपनिका सदस्यहरू सोत्तर भएको मित्रसेनले आफ्नै आँखाको अगाडी देखेका थिए । त्यो रक्तपात उनको अगाडी कालीमाइ बनेर हरेक रात् सताउँथ्यो ।’
गणेशले अगाडी भने- ‘मित्रसेनले ओ सी लाई सल्लाह त दिएका हुन नी- एक घन्टा ढिलो जर्मनको प्लाटुनलाई आकर्मण गर्ने भनेर, आकासमा मँडारिन्दै गरेको कालो बादललाई देखि केही छिन् पछि पानी पर्न सक्ने सम्भावना देखेर । पानी पर्दै गरेको बेलामा आकरमण गरे दुस्मनले चाल् नपाउने र पानीमा दुस्मनको चाल् ढिलो हुने भएकोले । उनले बर्सात हुँदै गर्दा आकर्मन गर्ने सुझाव दिएका थिए । ओ सी ले हतारमा निर्णय गर्यो, धैर्यता लिन सकेँन, बढे अगाडी जवानहरू ओ सी को आदेसलाई सिरोपर गर्दै । फल्सरुप बी कम्पनी जर्मनको गोलि र ग्रिनेडका निसाना बने । ढले ड्वाम्म ड्वाम्म बिचराहरू भुइँमा, रेन्जमा फिगर यट टार्गेट जस्तै । उछिट्टिए साथिहरुका रगतका छिर्काहरू मित्रसेनका कम्ब्याट पोसाक भरी । रहिरहे ती छँणहरू मित्रसेनका सम्झनामा एक भयानक दुखद घटनाको दाग बनेर । त्यतिमात्रै कहाँ हो र! भर्खरै बिबाह गरि छोडेकी श्रीमतीलाई चार बर्षसम्म भेटन नपाउँदा , चिट्ठी पत्र पनि नआउँदा, उनको मायाले मित्र सेन त पागलै भएका थिए ।’
देब्रे हातले गोर्खा ह्याटको च्यापुको फितालाई मिलाउन्दै गणेश अझ अगाडी भन्दै गरे- ‘त्यसैले त चारबर्से युद्दकालबाट फर्कनासाथ छोडिदिए नोकरी र लागे नेपालि साहित्य र संगितको सेवामा । लेखे गीतहरू । भरे आफैले मादल्, हार्मोनी र बाँसुरीको संगित र गाए लोकभाकामा गीतहरू । अनी नेपालि सङितलाई धनी बनाए सय वोटाजती गीतहरू गाएर । एक नौलो झाउरे लयनै प्रतिपादन गरे । लाउरे सधैं बन्दुक मात्रै बोक्दैनन कलम पनि चलाएर इतिहास रच्नु पर्छ भन्ने मान्यतालाई सिरोपर गर्दै उनले दर्जनौ खन्डकाब्य, कथा, निबन्ध पनि लेखे । गोर्खाली समाजमा बिद्यमान कुरुतीहरू- तास जुवा खेल्ने, रन्डिबाजी गर्ने, रक्सी पिउने- हटाउनु पर्छ भन्ने मान्यताले अरु दर्जनौ नाटकहरू रचना गरि मन्चन गर्दै इन्डिया र नेपाल् भ्रमण गरे । नेपाल् भ्रमणको क्रममा रास्ट्रियताले ओतप्रोत भएपछी दौरासुर्वाल र बिर्खे टोपी मर्दासम्म लगाउन छोडेनन । ‘
यति भन्न गणेशले के भ्याएका थिए, लाउरे साहित्यमा रुचि राख्ने रक्षाले ‘त्यसो भए मित्रसेन त नेपालका भानुभक्त जस्ता रहेछ्न’ भनेर धारणा ब्याक्त गरिहाले उत्तिफेरै ।
सभाग्रिह्य यतिखेर भिडले लट्ठिसकेको थियो । प्रतिभा प्रतिस्ठानले आयोजना गरेको सत बार्सिकी कार्यक्रममा लाउरेका इतिहासलाई र युद्दहरुमा बिरगती पाएका तथा बहादुरी कमाएका पुर्खाहरूलाई सम्झने थुप्रै कार्यक्रम् भैरहेका थिए ।
यसै क्रममा:
निस्के भुपु क्याप्टेन बिरबहादुर मन्चमा, बिर्खे टोपी र दौरासुरुवालमा मित्रसेन बनेर । मादलमा साथ दिए पहलसिङले । बाँसुरिमा कुलबहादुर र हार्मोनिमा तुल्सी । बिरबहादुरको गलाले गुन्जियो सभाग्रिह्य- लाहुरेको रेलिमै फेसनै राम्रो, रातो रुमाल रेलिमै खुकुरी भिरेको…. । यस गितले एक्चोटि फेरि पुर्याहोला कसैलाई मालायाको सुङाइ पटेनी, कसैलाई सिङापुरको गोर्खा कन्टिजेन्ट, कसैलाई भारतको देहरादुन र गोरखपुर छावनी । कसैले सम्झेहोलान ब्रुनाइ को टुकर लाइन र हङ्कङको टिडिबिजी तालिम केन्द्र ।
भिडले शान्तसँग सुनेको थियो यो गीत । तालीको गडगडाहट अनी मादल को घिन्ताङ.. नाकिनी.. घिन्ताङ… संगै यो गीत अन्त्य भएको थियो । त्यसपछि बिरबहादुरले लगातार गाएका थिए अर्को गीत- छत्रे टोपी झम्काइ खुकुरी चम्काइ, लाउरे पुगे रेलिमै बैरीसँग लड्नलाई… । बिरबहादुर फेरि अर्को मित्रसेनको गीत पस्के- मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले…. । त्यतिनै बेला भिडबाट अतिनै रमाइला दसैँमा जोक्स सुनाएर हँसाउने दिपक कराएका थिए- मलाइ खुत्रुक्कै पार्यौ ब्रिटिश तिम्रो भेदभावले- भन्दै । हलका मान्छे सबै गलल हाँसेर ताली पिटेका थिए ।
कार्यक्रमको बिच् बीचमा यति लामो गोर्खाली इतिहासले जन्माएको अवसर र दु:खहरूलाई केलाइएका गीत, गजल्, कबिता, लेख इत्यादी बाचन र अन्य साँस्कृतिक नाँचहरू पर्दसन गर्दै बहादुर भी सी पुर्खाहरूलाई स्रदान्जली दिएर कार्यक्रम् सिद्दिएको थियो ।
अब दाइको साहित्यिक कलम कतातिर लम्कदै छ त भन्ने सुभचिन्तकहरूको जिज्ञासालाई ‘अब भयो भने ‘लाहुरेको रेलिमै’ सिर्सकमा उपन्न्यास लेख्ने बचनको साथ् गणेश पल्टने साथिहरुबाट अन्तिम बिदा भएको थियो त्यस अबिस्मरनिय समारोहबाट ।
मान्छेहरू हलबाट बिस्तारै निस्कदै थिए । पिछाडी मन्चतिरबाट उही ‘लाहुरेको रेलिमै फेसनै राम्रो… ‘ मधुर धुन गुन्जन्दै गरेको सुनिन्थ्यो ।