प्रेस वक्तव्य
मगर आमसञ्चारकर्मी समाजका पदाधिकारी र समाजमा आबद्ध काठमाडौंमा क्रियाशील पत्रकारहरुको बैठक नेपाल मगर संघका पदाधिकारीहरुको उपस्थितिमा १४ पुस ०७२ मा काठमाडौंमा बस्यो । समाजको बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
निर्णयहरु
१. मगर आमसञ्चारकर्मी समाजको राष्ट्रिय सम्मेलन २६ माघ ०७२ मा गर्ने निर्णय गरियो । समाजको राष्ट्रिय सम्मेलन हुने स्थान तय गर्ने जिम्मा समाजको सचिवालयलाई दिने निर्णय गरियो । सचिवालयले आवश्यक परामर्शपछि तीनदिनभित्र स्थान तय गर्नेछ ।
२. राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न तपशीलका सदस्यहरु रहेको १५ सदस्यीय सचिवालय गठन गरियो ।
मनोज घर्तीमगर (संयोजक), देव पचभैयामगर (पाल्पा), सन्त गाहामगर (काठमाडौं), दिलीप थापामगर (काठमाडौं), केवि रानामगर (नवलपरासी), मनोज घर्तीमगर (पोखरा), रुद्र श्रीसमगर (कास्की), देविका घर्तीमगर (दाङ), केदार मगर (खोटाङ), भरत जर्घामगर (सिराह), तिलक गुर्माछानमगर (काठमाडौं), एमवि आस्था (पोखरा), मिलन गाहामगर (रुपन्देही), दीपा आले (बा“के) र सर्वजीत थापामगर (दैलेख) ।
३. राष्ट्रिय सम्मेलनका लागि नेपाल पत्रकार महासंघका महासचिव उजीर मगर, नेपाल मगर संघका सचिव माधव दर्लामीमगर र अधिवक्ता गौबहादुर आलेमगर गरि तीन सदस्यीय निर्वाचन मण्डल गठन गरियो ।
४. मगर आमसञ्चारकर्मी समाजका विधानलाई संशोधन गरि संघीय प्रादेशिक ढा“चामा लैजान समाजका संयोजक मनोज घर्तीमगर र सचिवालय सदस्य सन्त गाहामगर गरि दुई सदस्यीय विधान संशोधन समिति गठन गरियो ।
५. राष्ट्रिय सम्मेलनमा प्रत्येक जिल्लाबाट बढीमा पा“चजना प्रतिनिधि (पा“चजना भएमा दुई महिला अनिवार्य) सहभागी हुने, प्रतिनिधिहरुको नाम दर्ता १५ माघ २०७२ सम्म भईसक्नुपर्ने, शाखा नभएका जिल्लाहरुमा १५ माघ २०७२ सम्म तदर्थ समिति गठन गरेर प्रतिनिधि चयन गरि प्रतिनिधिको नाम दर्ता गरिसक्नुपर्ने निर्णय गरियो । प्रतिनिधि नाम दर्ता व्यवस्थापनको जिम्मेवारी सचिवालय सदस्य देव पचभैयामगरलाई दिइयो ।
६. राष्ट्रिय सम्मेलनका लागि सचिवालय सदस्य देव पचभैयामगरको संयोजकत्वमा दीलिप थापामगर र रुद्र श्रीसमगर रहेको तीन सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरियो ।
७. मगर आमसञ्चारकर्मी समाजको राष्ट्रिय सम्मेलनका लागि आर्थिक सहयोग गर्न तयार भएको मगर संघ, यूकेलाई हार्दिक धन्यवाद ज्ञापन गरियो । साथै मगर आमसञ्चारकर्मी समाजको राष्ट्रिय सम्मेलन सफल पार्न आर्थिक, भौतिक, नैतिक सहयोग गर्न नेपाल मगर संघ, आबद्ध भातृ संस्था, विदेशका मगर संघ संस्था र सम्बद्ध सबैमा आग्रह गर्ने निर्णय गरियो ।
१५ पुस ०७२
………………….
मनोज घर्तीमगर
संयोजक