मनोज घर्ति मगर
आत्मकथा र संस्मरणका किताब निस्कनु नौलो भएन । किनकि नेपालमा यस्ता किताब आउने क्रम बढेको छ । ती किताबको आलोचना पनि सबैभन्दा धेरै हुन्छ । तैपनि यस्ता किताब आउन छाड्दैनन् । शनिबार पोखरामा रमेशनाथ पाण्डेलाई पनि यहाँका पाठकले ‘किताबमा आफ्नोमात्रै बढाइचढाइ’ गरेको भन्दै कडा आलोचना गरे । कूटनीति र राजनीति किताबका लेखक पाण्डे पनि के कम त्यसको जवाफ कूटनीतिक शैलीमै दिए । ‘संस्मरण विधा नै त्यस्तै हो, जहाँ लेखक केन्द्रमै हुन्छ’ उनको जवाफ थियो ।
¥यान्डम रिडर्स सोसाइटी अफ नेपालले महिनाको अन्तिम शनिबार गर्ने लेखक र किताबमाथिको छलफलका क्रममा यो पटक पाण्डे आएका थिए । छलफलमा कृष्ण केसीले पाण्डेको किताबमाथि टिप्पणी गर्दै कूटनीति र नेपालको राजनीति बुझ्न चाहनेका लागि यो कृति लाभदायी हुने बताए । लेकख पाण्डेले भारतीय नाकाबन्दीबाट मुलुक ४०÷५० वर्ष पछाडि धकेलिएको बताए । नेपालीले आफ्नो राष्ट्रियताको स्वामित्व आफैंले लिनखोज्दा भारतले नाकाबन्दी लगाएको उनको भनाइ थियो ।