यसरी भए माननीय शिवलाल थापा मन्त्री

Read Time:5 Minute, 36 Second

-नन्द बहादुर घर्ति मगर 

नयाँ संविधान जारी भएपछिको केपी ओली नेतृत्वको सरकारमा माननीय शिवलाल थापा विज्ञान तथा प्रविधि मन्त्री हुनुभएको खवर मिडियाहरुवाट जानकारी पाउदा हामीलाई हर्ष लागेको छ । उहाँको कार्यकाल पूर्ण सफलताको शुभकामनासहित हार्दिक वधाई ।

कुनै समयताका शिक्षण पेशामा संलग्न । नेपाल मगर सँघको पूर्वमहासचिव। मगर सँघमा मात्र वसिरहँदा उनलाई धित मरेन । जातीयमुक्तिको मुल रणनीतिसहित शिक्षण पेशा परित्याग गरी राजनीतिक जीवनमा प्रवेश ।

दोश्रो संविधानसभापछि पार्टीको सिफारिसमा वन्दसूचिवाट सभासद । पार्टी अध्यक्ष एमएस थापाको जीउभरि काँडैकाँडा । सभासद पद ग्रहण गरेको वर्षदिन नवित्दै अध्यक्ष थापाको काँडाले घोच्न थाल्यो । पछिल्लो चरणमा यस्तो अवस्था आइपुग्यो माछालाई झिरमा उनेर सेकुवा वनाएझैं हुन तयार हुने वा सभासद पदवाट राजीनामा दिई सहज निकास दिने । राजनीतिक यात्रामा लागेको जोकोहिलाई यी दुवै वुदाप्रति पक्कै मान्य हुदैन ।

एमएस थापाको दवाव थेग्न नसकेपछि अन्ततः संविधानसभा सम्वन्धी चालू नियम कानुन पल्टाउन थाले सभासद शिवलाल थापाले । पार्टीवाट गएका कुल सभासद सदस्यमध्ये कम्तीमा ४० प्रतिशत सदस्य संख्याले निर्वाचन आयोगमा अलग पार्टी दर्ता गराएमा त्यो पार्टीले वैधानिकता पाउने व्यवस्था भएको दफा माननीय शिवलाल थापाले भेटाए र त्यो दफा प्रयोगमा ल्याउन अघि सरे । एमएस थापाको पार्टीको तर्फवाट माननीय शिवलाल थापासहित २ जना सभासद रहेछन् । ती दुवै माननीय सभासदले पुरानो पार्टी परित्याग गरी नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरे । त्यो पार्टीको नाम हो राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल । ऐन नियमावलीमा कम्तीमा ४० प्रतिशतको मापदण्ड त के त्यसमा पूरै १०० प्रतिशतको मापदण्ड भराइदिए माननीय शिवलाल थापाले । राजनीतिक अस्तित्व रक्षाको लागि उनले यो कदम चाल्नैपथ्र्यो । यसको अर्को उत्तम विकल्प थिएन ।

नयाँ संविधान जारी भएपछि नेपाली काँग्रेसको होस खुल्यो र वहुमतीय प्रणालीको सँस्कार वहाली ग–यो । त्यो वहुमतीय प्रणालीले माननीय शिवलाल थापालाई वर्तमान सरकारको मन्त्री वन्ने परिस्थिति सिर्जना ग–यो ।

अहिले एमएस थापाको पार्टी सांसद विहिन अवस्थामा छ । भनौं त्यो पार्टी चिल्लो छ । उता एमएस थापाको काँडाको घोचाईले शिवलाल थापा मानसिक र भौतिक पीडा खेप्नु पनि छैन । साँसद पद मात्र सुरक्षित भएन अझै एककदम अगाडि मन्त्री पद प्राप्त गरिछाडे । कुनै वेला डा.वावुराम भट्टराईको नेतृत्वको सरकारमा एमएस थापा पनि श्रममन्त्री भएका थिए । तर उनको पदावधि मात्र २८ दिन थियो रे । २८ दिने पदावधिले मात्र धित मरेन अर्को कीर्तिमान पनि कायम गरेका थिए रे त्यो के भने आफु आवद्ध पार्टीको आव्हानमा नेपाल वन्द गरी आफनै सरकारको विरोध गरे । मलाई विश्वास छ मन्त्री शिवलाल थापाले यस्तो घटिया काम पक्कै गर्ने छैनन् ।

माननीय मन्त्री राजनीतिक जीवनमा इमान्दार र सरल यात्रा मानिन्छन् । उनको राजनीतिक यात्रा नेपाल मगर सँघको भट्टीवाट उत्पत्ति भएको हो । शिवलाल थापाजस्ता कैयन कार्यकर्ताहरु नेपाल मगर संघको वीर्यधारणवाट भएका थिए । यो कुरा सत्ताधारीवर्गलाई थाहा भयो । वीर्यपतन गराउन सत्ताधारीवर्गले एमएस थापालाई अगाडि सा–यो । अहिले युवा कार्यकर्ता उत्पादन हुनछाडे । यदाकदा उत्पादन भए पनि भुमिमुक्तिको दिशातर्फ वरालिन विवश छन् । यसो हुनुको मुल कारण वीर्यपतन हो । तर यो कुराको ज्ञान नहुदा हामी मुर्छित छौं ।

माननीय मन्त्री शिवलाल थापाको मन्त्रीत्व अन्य मन्त्रीहरु सरहको दृष्टि राखिनु पक्कै हाम्रो धरातललाई अन्याय हुनेछ । हाम्रो धरातल भनेको जनजाती समाज हो । मन्त्री थापालाई पुनः शुभकामना ।

१३ पौष २०७२

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %