अनेसास युकेद्वारा नेपाली साहित्य फाटका तीन ताराको स्‍मृति दिवस

Read Time:5 Minute, 19 Second

-सुमल कुमार गुरुङ 

लण्डनः नेपाली साहित्य, संगीत र चित्रकलाका त्रिवेणी, तीन चम्कीला नक्षत्रहरु क्रमशः मास्टर मित्रसेन थापा, लैनसिंह वाङ्गदेल र भूपी शेरचनका जन्मजयन्ती दिनांक २६ डिसेम्बर २०१५का दिन प्लमस्टिड, लण्डन स्थित अश्मिता असोसिएट्सका कक्षाहलमा संयुक्त रुपमा अत्यन्त भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरका अध्यक्ष डा. रुपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको थियो भने यस कार्यक्रमको संयोजक तथा अनेसासका केन्द्रिय उपाध्यक्ष, अनेसास बेलायत च्याप्टरका सल्लाहकार सुमलकुमार गुरुङले सञ्चालन गरेका थिए । बक्सिंग डेको दिनमा सम्पन्न गरिएको कार्यक्रममा आपेक्षा गरिएको भन्दा बढि सर्जकहरुले आ–आफ्नो कृतिहरु वाचन गरेका थिए ।


अनेसास बेलायत च्याप्टरले प्रत्येकवर्ष मनाउँदै आएको लैनसिंह वाङ्देल र भूपी शेरचनको जन्म जयन्तीमा यसपाली मास्टर मित्रसेन थापा (बहुमुखी प्रत्तिभाका धनी, नेपाली संगीत क्षेत्रका अग्रज) समेतलाई संयुक्त रुपमा संलग्न गरि मनाउँदा कार्यक्रमलाई थप गरिमा प्रदान गरेको महशुस भएको थियो । यी साहित्य, संगीत र कलाका त्रिवेणी, नेपाली र्सजकहरुको जन्मजयन्ती यसै डिसेम्बर महिनामा पर्नेहुँदा साहित्याकाशका तीन नक्षेत्रहरुलाई एकैपटकमा श्रद्धान्जली अर्पण गर्न पाउँदा सहभागीहरुलाई गर्वानुभूति भएको कुरा सहभागीहरुले व्यक्त गरेका थिए । कार्यक्रमलाई सहभागीहरुद्वारा द्वीप प्रज्वलन तथा माल्यार्पण गरेर प्रारम्भ गरिएको थियो ।

यस कार्यक्रममा रोयल ग्रिनविच नेपाली समाजका अध्यक्ष कुमार श्रेष्ठ, क्षेत्री समाज यूकेका पूर्वाध्यक्ष कृष्णा थापाक्षेत्री, सोंपाल समाज यूकेका पूर्वाध्यक्ष विजय गुरुङ तथा सोंपाल समाजकी पूर्व उपाध्यक्ष पार्वती गुरुङ, मगर समाज यूके कि सल्लाहकार देवी आले मगर, एनआरएन बेलायतका प्रत्तिनिधि ललित न्यौपाने लगायत अन्य संघसंस्थाहरुबाट तथा साहित्यिक संस्थाहरुबाट समेत सहभागिता रहेको थियो ।

Image
कार्यक्रमको औचित्य बारे सञ्चालक तथा संयोजक सुमलकुमार गुरुङले प्रकाश पार्दै मास्टर मित्रसेन थापा मगर र लैनसिंहका जीवनीबारे पावर प्वाईन्टको माध्यमबाट संक्षिप्त रुपमा प्रकाश पारेका थिए । मित्रसेन बारेको पावरपोइन्ट साहित्यकार तथा मित्रसेनका ज्ञाता बिजय हितान ज्युले उपलब्ध गराएर सहयोग पुर्‍याउनु भएको थियो । डा. रुपक श्रेष्ठले भूपी शेरचनको जीवनी र अहिलेको परिप्रेक्ष्यमा हामीले उनको कृतिहरुबाट के शिक्षा पायौ भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए । सृष्टाहरुको जीवनी प्रकाश पार्नेक्रममा बिचबिचमा कविता, गजल र मुक्तकहरुको वाचनले यस कार्यक्रमलाई अन्तसम्म उर्जा दिईरहेको थियो । यस कार्यक्रममा सिर्जनामा गहन रुची राख्ने तर बेलायती परिवेशमा कहिलेकाँही मात्र देखा पर्ने सिर्जनामा उत्कृष्ट दखल भएका कविहरुको उपस्थिति रहेको थियो । सारादेवी गुरुङको आतिथ्य, जलपान व्यवस्थापन तथा हल उपलब्ध गराईदिने एनसीआई लिमिटेडका महासचिव अर्क तिम्सिना साथै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेर डा. रुपक श्रेष्ठले कार्यक्रम समापन गरेका थिए ।

यस कार्यक्रममा कविता वाचन गर्नेहरु क्रमशः बासु शर्मा, देबी आले, दिनेश पौड्याल, विनोद न्यौपाने, संगम भण्डारी, रेखा खरेल, माया गुरुङ, सन्तोष कार्की, कृष्ण थापाक्षेत्री, ललित न्यौपाने, सुमलकुमार गुरुङ, सारादेवी गुरुङ, डा. रुपक श्रेष्ठ, पार्वती गुरुङ आदि थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %