नेपाली कांग्रेसमा गुटले गर्दा समस्या : कोइराला

Read Time:2 Minute, 10 Second

राज्यसत्ता, २५ डिसेम्वर, हंगकंग, नेपाली जनसर्म्पक समिति हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा १९ औ बार्षिकउत्सब सम्पन्न गरेको छ । पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य तथा सांसद सुजता कोइरालाले प्रमुख अतिथ्य ग्रहण गर्दै सम्बोधन गरेकी थिइन । नेपाली काग्रेसमा गुटका कारण धेरै समस्या भएको र यसको अन्त गर्नको लागि कुनै गुटमा नलागी सक्रिय भएको बताइन । विदेश जादा धेरै युवाहरू बिदेशीयको देखेर अब युवाहरू पलायन रोक्न काम शुरू गरी सकेको र युवाहरूको लागि केही गर्दैछु भनिन । विशेष अतिथिमा पर्वतका पुर्व जिल्ला सभापति नवराज गुरूङ, लमजुङ क्षेत्र नं. २ का सांसद चन्द्र प्रसाद, पाल्पा जिल्लाकी जमीन मिया, प्रेश युनियनका केन्द्रीय सचिब तथा नेपाल मगर विद्यार्थी संघका केन्दिय अध्यक्ष दीपा आले मगर, गम कुमारी गुरूङ तथा जन सर्म्पक समिति मकाउका अध्यक्ष सुदर्शन थापा रहेका थिए । हंगकंगका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले अतिथिको अशन ग्रहण गरेका थिए । समितिलार्इ बिशेष योगदान दिने ब्यक्तित्वहरूलार्इ सम्मान पनि गरीएको थियो ।

समितिका सभापति बसन्त श्रीनेटको सभापतित्वमा महामन्त्री मीन गुरूङको सञ्चालनमा उपसभापति किसन देवानले स्वागत मन्तब्य दिएका थिए । समयअभावले गर्दा टिम्वुरबोटे कान्ड बृत्तचित्र प्रदर्शन हुन सकेन र यसमा आयोजकले क्षमा मागेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %