देब पचभैया
पाल्पा, १० पौष
पहाडकी रानी भनेर चिनिने पाल्पाको तानसेन क्षेत्रमा खेल पर्यटनको विकास गर्न साईक्लिङ र हाफ म्याराथन प्रतियोगिता शनिबारदेखि हुने भएको छ । तिन दिनसम्म चल्ने प्रतियोगितामा साइक्लिङ्को विभिन्न विद्या समावेश गरिएको छ । डाउनहिल, अर्वान, क्रस कन्ट्री लगायतका विद्यामा प्रतियोगिता हुने आयोजक काठमाडौस्थित ‘नार्र्ली’ र जिल्लाको ‘धरोहर एडभेन्चर’ ले जनाएको छ ।
शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलो दिन शनिबार तानसेनमा ५ किलोमिटरको च्यारिटी दौड हुनेछ । बजारमा प्रचारप्रसार गर्नसमेत यो सहयोगी हुने आयोजकले बताएका छन् । दौडमा तानसेनका स्थानीयका साथै साईक्लिङ र ट्रेल रनिङ (हाफ म्याराथन) मा आएकाकोसमेत सहभागिता हुने आयोजक नार्लीका निर्देशक अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार तानसेनको मखनटोलबाट सुरु भएको दौड बजारका विभिन्न स्थानमा पुगेर पुनः सोही स्थानमै फर्कनेछन् । च्यारिटी दौडका रुपमा लिइएको यसमा लिइने दर्ता शुल्क इन्दिरा रानाको संस्था प्रिजनर्सस एसिस्टेन्स नेपालाई दिइनेछ । दौडमा सहभागी हुनेले ५ सय रुपैया दर्ता शुल्क तिर्नुपर्ने छ ।
तानसेनदेखि रानीमहलसम्मको २१ किलोमिटर हाफ म्याराथनसमेत राखिएको छ । ट्रेल रनिङ् भनेका छन् । यसमा नेपाली मात्र नभई विदेशीसमेत सहभागी हुनेछन् । जसकालागि भारत, वेलायत र अमेरिकनको साथै नेपालका नेपाली सेना र सशस्त्र प्रहरी बलबाटसमेत सहभागी हुने आयोजक नार्लीका अर्का निर्देशक श्याम लिम्बुले बताए ।
डाउनहिल साईकल दौड पनि खुल्ला र ईलिट हुनेछ । अर्वान क्रस कन्ट्री समेत साइकलकै दौड राखिएको छ । जसमा ईलिट, महिला, पुरुष, खुल्ला र जुनियरको राखिएको छ । छोटो दुरीको साईकिलिङ् जो माथिदेखि तल आउनु पर्छ त्यसलाई उपर्युक्त स्थान तानसेन हो । डाउनहिल श्रीनगरडा“डाको टावरदेखि बजारका विभिन्न स्थान क्रस गरेर मखनटोल (दरबारअगाडी) आउनुपर्ने हुन्छ । डेढ किलोमिटरको दुरी बढीमा ४ मिनेटमा आईपुग्ने धरोहर एडभेन्चरका कार्यकारी निर्देशक सुवास कक्षपतिले बताए ।
क्रस कन्ट्री साईकिलिङ्कालागि अमेरिका, वेलायत, भूटान, थाइल्याण्ड, भारत र नेपालकै चर्चित साईकिलिस्टको सहभागीता हुनेछ । जसमा विभिन्न क्याटोगोरी राखिएको छ । ९ लाख बढी खर्च हुने भएपनि यसलाई व्यवस्थापन गर्न निकै समस्या भएको नेपाल टुर एण्ड ट्राभल्स पाल्पा च्याप्टरका सचिव सागरमान महर्जनले बताए । आयोजकले डाउनहिल साईक्लिङ्, क्रस कन्ट्री ईलिट, महिला, पुरुष र खुल्ला साथै ट्रेल रनिङ (हाफ म्याराथन) का सहभागी मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश २०, १५ र १० हजार नगद पुरस्कारका साथै गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएका छन् ।
शनिबार देखि पाल्पामा हुदैछ साईक्लिङ र हाफ म्याराथन प्रतियोगिता
Read Time:4 Minute, 8 Second