पुर्वमा उधौली पर्वको रौनक छायो

Read Time:7 Minute, 19 Second

सन्जु राई
यतिबेला पुर्वका किराती बस्ती उधौलीमय भएको छ । प्रकृति पुजक किरातहरु पहिलो पाकेको अन्नवाली आफनो पुर्खा, ईष्ट देवता प्रकृतिलाई चढाएर मात्रै खाने गर्दछन् । त्यसैले अहिले पुर्वका किराती वस्तीका किरातीहरु आ-आफनो मौलिक परम्परा अनुसार उधौली पर्व मनाईरहेका छन् । मंसिरे पुर्णिमाका दिन पुर्वमा वसोवास गर्ने चार किरात राई, लिम्वू, याक्खा र सुनुवारले न्वागी पुजा गर्दे उधौली पर्व मनाउने गर्दछन् । मंसिरपुर्णिमालाई सरकारले किरात चाड भन्दै सार्वजानिक विदा दिए पछि यो उधौली पर्वले थप महत्व पाउदै आएको छ । पुर्वमा विषेश गरी किरात लिम्वूहरुले मंसिरपुर्णिमालाई चासोक तङनाम भनेर धुमधामका साथ मनाउदै आएका छन् । आदिवासीहरुले दशैको विकल्पमा आफनो मौलिक पर्व मान्न थाले पछि झन अहिले यो उधौली किरातीहरुको अर्काे मौलिक पर्वकोरुपमा मनाईन थालिएको छ ।

पुर्वमा वसोवास गर्ने किरातजन्य संघ संस्थाहरुले त यो पर्वलाई सामुहिक तरिकाले मनाउन थालेका छन् । यसले गर्दा उधौलि पर्वको रौनक पुर्वमा देखिन थालेको छ । यस पटक पनि मंसिरपुर्णिमाको दिन आफनो पुर्खा, ईष्ट देवतालाई पहिलो पाकेको अन्नवाली चढाएर मात्रै खाने परम्परा अनुसार न्वागी चासोक, साकेवा। साक्माफ, चासुवा र फोलाष्यादर गर्दे मनाईन्छ । मंसिरपुर्णिमामा गरिने न्वागीलाई राईले साकेवा, लिम्वूहरुले चासोक, याक्खाहरुले साक्माफु , चासुवा र सुनुवारहरुले फोलष्याँदर भनेर मनाउने गर्दछन् । यहीक्रममा यो वर्ष किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले सुनसरीको धरानमा पाच दिने चासोक महोत्सव गर्दै चासोक तङनाम मनाउदैछ । विभिन्न कार्यक्रम गर्दे धरानमा चासोक तङनाम मनाउने चुम्लुङले निर्णय गरेको किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवासचन्द्र हुक्पाचोङबाङले बताउनुभयो । यसैगरी किरात राईहरुको संस्था किरात राई यायोक्खाले विभिन्न प्रारम्भिक कार्य समितिहरु मार्फत नयाँ अन्न बालीहरु ईष्ट देवतालाई चढाएर, ढोल, झयाम्टा बजाएर साकेला नाच्दै मनाउने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष शुभचन्द्र राईले बताउनुभयो ।

यसैगरी याक्खाहरुले किरात याक्खा छु्म्मा जिल्ला कार्य समिति सुनसरीको आयोजनामा, हासपोसा प्रारम्भिक कार्य समिति र धरान नगर समितिको संयोजनमा सुनसरीको तरहरा स्थीत बरमपुरमा संयुक्त रुपमा साक्माफु, चसुवा मनाउने कार्यक्रम रहेको याक्खा छु्म्मा जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष जनक याक्खाले बताउनुभयो । परलोक भएका पितृ र पुर्खाहरुलाई भित्रीएको नयाँ बाली पुजाआजा गरी चढाएर साक्माफु, चसुवा मनाउने चलन याक्खा जातिमा रहि आएको पनि उहाले बताउनुभयो । उहाका अनुसार सोही पर्वमा याक्खाहरुको साँस्कृतिक नृत्य केईलाक (च्याब्रङ÷ढोल नाच) सँगै डोकेनी नृत्य गर्दै मनाईन्छ ।


सुनुवारहरुले फोलष्याँदर पर्वको रुपमा मनाउने उधौली पर्वको दिन पुजाथान (भुमेथान÷ ष्याँदरथान)मा आफना सुनुवार समुदायका व्यक्तिहरु भेला भई वर्ष दिनको पाकेको नयाँ अन्न दुधमा पकाएर अर्थात् खीर बनाएर भुमि देवतासँगै आफना ईष्ट देवतालाई चढाई सह रहोस् भन्ने कामना गर्दै साथै एकअर्कालाई शुभकामना आदनप्रदान गर्दै मनाउने गर्दछन । यस पाली पनि सुनुवार सेवा समाज सुनसरीको आयोजनामा उधौली पर्व धरान–१७ स्थीत पुजाथान (भुमेथान÷ ष्याँदरथान)मा सुनुवार सेवा समाज क्षेत्रिय समिति सुनसरी, नगर समिति धरान, नगर समिति ईटहरी र गाउँ समिति महेन्द्रनगर संयुक्त रुपमा भेला भई हर्सोउल्लासका साथ दिगो उपलब्धीले निरन्तरता पाओस् भनि कामना गर्दै फलफुलले पुजाआजा गरिने क्षेत्रिय सचिव गजेन्द्र मुखियाले बताउनुभयो । राई र सुनुवार जातीले उधौली भन्दा पनि उभौलीलाई निकै प्राथमिकताको साथ मनाउने गरेको छ भने याक्खा र लिम्बु जातीहरुले उधौली पर्व निकै हर्सोउल्लास र प्राथमिकताको साथ उधौली मनाउने गर्दछन् । यसरी पुर्वमा वसोवास गर्ने किरात जन्य चार संस्थाले संस्थागत निर्णयनै गरेर उधौलि पर्व मनाउन थालेका छन् । यतिमात्रै नभएर चारै संस्थाले छुट्टाछुट्ै कार्यक्रमको आयोजना गरी सामुहिक पनि पर्व मनाउन थालेका छन् । संस्थागत भाईचारा संगै एक अर्का विच शुभकामना आदनप्रदान गरेर पनि यो पर्व मनाउन थालिएको छ । विषेश गरी किरातीहरुको यो पर्वमा पछिल्लो समयमा गैर किरातीले पनि थप महत्वका साथ लिन थालेका छन् । एक दिन भए पनि किरात पर्व भनेर सार्वजानिक विदा सरकारले दिनुनै यो पर्वको प्रर्वद्धन भएको बताईन्छ । यसपटक किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले भने धरानमा अलि वेग्लै तरिकाले चासोक तङनाम मनाउने बताएको छ । मौलिक पर्वकोरुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु पनि गर्ने वताईएको छ ।

पुर्वमा वसोवास गर्ने किरातीहरुले पछिल्लो समय आफनो मौलिक पर्व मनाउने र मौलिक पर्वलाई प्रर्वद्धन गर्न निक्कै अग्रसर देखिएका छन् ।
तस्बीर ः भैरब आङ्ला

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %