हिन्दू धर्म भित्र भएको अन्धबिश्वास र नारी विवेधका कारण राष्ट्रप्रमुख अपमानित

Read Time:8 Minute, 54 Second

हिन्दू राष्ट्रप्रेमी राष्ट्रप्रमुख हिन्दू धर्मकै कारण जनकपुर मन्दिरमा अपहेलित 

राज्यसत्ता ,

गत पुस १ गते विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरको दर्शन गर्न राष्ट्रप्रमुख विद्यादेवी भण्डारी जनकपुर पुग्दा व्यापक बिरोध भयो त्यस लगत्तै बिभिन्न टिकाटिपन्नी र समाचारहरु मिडियामा आए , मन्दिर तोडफोडदेखि ‘चोख्याउने’सम्मका हर्कतका समाचारले पृष्‍ठ रङिय – 
पौष ४ गते “राष्ट्रपतिलाई बिधुवा भन्दै अपमान”शिर्षकको लेख र सरसफाईको फोटो सहितको लेख अन्नपूर्ण पोस्ट्ले छाप्यो -लेखको पहिलो हरफहरु यस् प्रकारका थिए –
– मिथिलाकी छोरी सीताको विवाहको दिन ‘बिधुवा महिला’ राष्ट्रपति विद्यादेवी भण्डारी प्रवेश गरी जानकी मन्दिर अपवित्र बनाएको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले शुक्रबार गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गरेका छन्।

मोर्चाका कार्यकर्ताले गंगासागरबाट ल्याएको जल छर्केपछि पवित्र बनाउन भन्दै मन्दिर धोएका थिए। ‘बिधुवा प्रवेश गरेको’ दोष कट्टी गर्न उनीहरूले साँझ मन्दिरमा दीप प्रज्ज्वलनसमेत गरे।मधेसी युवाको एक समूहले बिहीबार पनि ‘बिधुवा प्रवेश गरेको’ भन्दै मन्दिरपरिसर पानीले पखाली विरोध जनाएको थियो ।

मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि नै ‘बिधुवा राष्ट्रपति मन्दिर प्रवेश गरी अपवित्र बनाएको’ भन्दै स्थानीय एफएम रेडियोहरूमा अन्तर्वार्ता दिएका थिए भने जनकपुरका विभिन्न ठाउँमा कोणसभा गरी भाषणसमेत गरेका थिए।’बिधुवा’ राष्ट्रपति भण्डारीलाई मन्दिरमा विशेष सम्मान गरिएको भन्दै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले विरोध जनाएका थिए ।

झन्डै यस्तै प्रकृतिको हेडलाइन,लेख सामाग्री फोटो सहित दर्जनौ मुल्धारका भनिने मिडिया र अन्लाइन पत्रपत्रीकाले छापे त्यसको खन्डन गरिएको समाचार भने एकाध अनलाइन बाहेक कुनै ठुला भनिने मिडियाहरुमा आएन , राष्ट्रप्रमुख बिधवा भएकोले सरसफाई गरेको भन्ने समाचारले भ्रम छरेको त्यसो नभई पवित्र मन्दिर भित्र जुट्त्ता चप्पल केही पनि नलगाई प्रवेश गर्नु पर्नेमा राष्ट्रपती सैनिक दल बल कुकुर सहित जुत्ता सँगई मन्दिर प्रवेश गरेकाले सरसफाई गरेको जानकारी दिईयो ।

सामान्यता हिंन्दु धर्म अनुसार अपवित्र भयो भनी चोख्याउने प्रचलन छ त्यो स्वोभाविक हुन सक्छ हिन्दू समाजमा महिनावारी हुँदा नारीलाई अपवित्र मानिन्छ त्यसरी नै बिधवा नारी पनि अपवित्र नै मानिन्छ यस्ता थुप्रै अन्धविश्वासी रुदिवादी परम्परा ज्युका त्यु छन त्यस हिसाबमा मन्दिरमा त्यो हर्कत भएको हुन सक्छ भने आन्दोलन पक्छधरले भने झै कुनै पनि पूजा पाठ ,उत्सव समारोह पछी फोहोर मैला हुने नै भयो सरसफाई कार्यक्रम हुने नै भयो ।  

साचो के हो ठुला भनिने मिडिया र आन्दोलनकारी नै जानुन तर सत्य के हो भने कुनै पनि हिन्दू मन्दिरमा जस्तै पसुपती मन्दिरमा हिन्दू बाहेक अन्यलाई छालाको रङ हेरी भित्र छिर्न दिईदैन ,छालाको पेटी ,चप्पल जुत्ता आदी बाहिरै राखेर प्रवेश गर्नु पर्दछ ठीक त्यसरी नै जानकी मन्दिरमा पनि हुनु पर्थ्यो तर त्यहा हिन्दू धर्मको आस्था मान्यता भत्किएर राष्ट्रप्रमुखको अहम र मधेसीको तुच्छ मन्दिर हुन पुग्यो । हिन्दू धर्ममा विधवा महिलामाथि गरिने अमानवीय व्यवहार आज सम्म पनि जिउदै छ त्यसको ज्वोलन्त उदाहरण त स्वोयम राष्ट्रप्रमुखले पती रुप धारण गरी राष्ट्रपती जो हुनु भएको छ । सामाजिक र धार्मिक कार्यहरुमा विधवालाई अपवित्र मान्ने चलन अझैसम्म हिन्दु समाजमा छ । विभेदको श्रोत हिन्दु धर्मका शास्त्रहरु हुन् ।कुनै समयमा हिन्दु समाजमा पहिले वैधव्य जीवन व्यतित गर्नुभन्दा मृत श्रीमानको लाससँगै ज्यूँदै जल्नुलाई निको ठानिन्थ्यो । अर्थात विधवा भएपछि पाउने सामाजिक/धार्मिक प्रताडनाको दाँजोमा ज्यूँदै जल्नु ठिक थियो ।जनकपुरमा केही धार्मिक उद्दण्डहरुले मन्दिरभित्र विधवा पसेर अपवित्र पारेको भन्दै चोख्याउने र सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्ने गरेपछि विधवाको अपमान भयो भनेर अहिले कोकोहोलो गरियो तर जानकार मिडिया हरु निस्पक्छ भएर बस्तुगत अध्ययन र जानकारी दिनु पर्नेमा एक तर्फी भ्रम छर्ने काम गरे । यस्तो अंानविय कार्यको श्रोत हिन्दू धर्म ग्रन्थ भएकोले त्यसको बिरोध हुनु पर्नेमा त्यसो नभई मधेसीको बिरोध हुँदै छ ।

सम्माननीय राष्ट्रपतिको जानकी मन्दिरको दर्शनमा भएको दुखद घटनाले हिन्दु समाजमा बिधुवा नारीलाई गरिने अमानवीय व्यवहाँरको पराकाष्ठ छटॉछुल्ल भएको युवा अधिकार कर्मी पदम गाहा लेख्छन ,उनी थप्छन राट्रपतिको घटना एउटा प्रतिनिधि मूलक घटना मात्र हो ,हाम्रो हिन्दु समाजमा बिधुवा नारीलें यस्ता अ।मानयीय ब्यवार सदियौ बर्ष देखि दिनहुँ भोगीरहेका छन ।नारी बिधुवा हुना साथ सिन्दुर पोते मात्र होइन् , बिवाह हुनु भन्दा अगावै लगाईएको चुरा फुटाइने देखि सेतो वस्त्र धारण गराई सबैको अगाडि बिधुवा भएको प्रमाण दिलाइन्छ । विवाह-वर्तन , पाठ पूजा , नाच गान जस्ता रमांइलो कार्यक्रमहरुमा बिधुवा नारीको उपस्थिती भयो भने अशुभ हुन्छ भनेर रोक लगाइन्छ , सायद यस्टैं अन्ध बिश्वास र कुरितिलाई चिर्नको लागि होला नेपाली चलचित्रका सफल निर्माता तथा निर्देशक प्रकाश थापाले दुई दशक अगाडिनै “कन्यादान ” नामक चलचित्र मार्फत हाम्रो हिन्दु समाजको वास्तविक चेहेरा उतारेका छन ।

राष्ट्रपति भण्डारी बिधुवा रहेको र उनी बिहेको उत्सवमा सहभागी हुँदा सम्पूर्ण विवाहस्थल नै अशुद्ध भएको आन्दोलनकारीले बताएको समाचार आएपनी त्यस प्रती छानबिन आयोग बनाई सजाय दिने कुरा त गरियो तर बिधवा,अछुतले मन्दिर प्रवेश गर्न हुन्न भन्ने दरिद्र मानसिकता निर्माण गर्न सहयोग पुर्याउने पन्डितहरुलाई दन्डित गर्नु पर्छ भन्ने कानुन बनाई ” स्वोयम धार्मिक बिबेधमा परेकी राष्ट्रप्रमुख बिद्या देवीले ” हिन्दू धर्मको कलन्कको रुपमा रहेको लैङिक भेद्भभाव अन्त गरी नारी आत्म सम्मान जोगाउलिन त ?

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %