बहराईनमा जनजाती महासंघले प्रथम वार्षिक उत्सव मनायो

Read Time:2 Minute, 31 Second

-कृष्ण सारू मगर
मानमा बहराईन, नेपाल आदिवासी जनजाती महासंघ बहराइनले नेपाली क्लवका मानार्थ समेत रहेका महान समाजसेवी गम बहादुर गुरुङको प्रमुख आतिथ्यमा बिबिध कार्य्क्रमका साथ प्रथम वार्षिक उत्सव सम्पन्न गरेको छ । संघका अध्यक्ष जयेन्द्र घिसिङको अध्यक्षतामा सेवारो नेपाली रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त समारोहमा वर्षभरिका कार्य प्रगती प्रतिवेदन महासचिव प्रल्हाद लिङ्देनले प्रस्तुत गरेका थिए भने संस्थाको आर्थिक प्रगती विवरण कोषाध्यक्ष झहर थेबेले प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा आदिवासी जनजाति महासंघ बहराईबाट बिदा हुन लागेका अध्यक्ष जयेन्द्र घिसिङ तामाङ र सल्हाकार सदस्य ज्योती पाख्रिन तामाङ दुवैजनालाई महासंघका उपाध्यक्ष ज्ञानेन्द्र तमुको सभापतित्वमा प्रमुख अतिथि गम ब.गुरूङको सह्योगमा मायाको चिनो कदर पत्र मोमेन्टो प्रदान गरिएको थियो ।

महासंघलाई स्थापनाकाल देखि नै जिम्मेवार पदमा रहेर अतुलनिय योगदान गरेबापत उहाहरुको उच्च मुल्यांकन गर्दै अन्य जातिय भात् संस्थाहरू तामाङ सेवा समाज, किराँत याक्थुम चुम्लुङ्ग, तमु समाजले पनि सम्मान गर्दै मायाँको चिनो मोमेन्टोलाई सोही अवसरमा प्रदान गरेको थियो भने किराँत राई यायोख्खा र मगर संघले पनि ऊहाँहरू प्रती विशेष आभार प्रकट गर्दै खदाले अभिनन्दन गर्दै विदाई गरेको छ ।

महासंघका उप-अध्यक्ष बुद्दीराज राईले २०१६ जनवरीको पहिलो बैठक बस्ने गरी विभिन्न पाँच भात् संस्थाको सर्व सहमतिमा बाँकी पदपूर्तिलाई अनुमोदन गर्ने जानकारी गराएका थिए । कार्यक्रम संचालन प्रल्हाद लिङदेनले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %