कृष्ण सारु मगर
मानमा बहराईन ,
तमु समाज बहराईनले यही आउँदो १ जनवरी २०१६ अंग्रेजी बर्ष शुक्रबारका दिन बहराईनको राजधानी मानमा स्थित डेलमोन इन्टरनेश्नल होटलमा गुरूङ समुदायहरूको महान पर्व १५ पौष तमु ल्होसार अर्थात नयाँ वर्ष प्रल्हो लाई तमु समाज बहराईनले साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।”प्ये म्हस्याँ क्ष्या म्हमु, क्ष्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँम्हि म्हमु”अर्थात: शास्त्र हराए संस्कार हराउँछ !संस्कार हराए, संस्कृति र परम्परा हराउँछ, मान्छेको ईतिहास, पहिचान र अस्तित्व नै हराउँछ !भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापना काल देखि यस राष्ट्रिय पर्व पौष-१५ ,ल्होसारलाई मान्दै आएको छ ।
बहराईनमा रहेका विभिन्न संघ, संस्था, संगठन समाजसेवी, वुद्धिजिवि लगायत समस्त गीत, संगीत पारखी, कलाप्रेमी नेपालीजनहरुलाई उक्त कार्यक्रमलाई भब्य र सभ्य सफल बनाउन उपस्थितिको लागि आयोजक परिवार हार्दिक आव्हान गरेको छ ।
भरपुर सास्कृतिक मनोरञ्जन दिनका लागी नेपाल बाट राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरू आधुनिक तथा पप गायिका मेलिना राई, गायिका तथा नृत्यागना, सुमिना लामा, नायिका रजनी गुरुङको साथमा बहु चर्चित हाँस्यकलाकार दिपक थापा मगरको बेजोड प्रस्तुति संगै थप रोचकका लागि स्थानिक कलाकारहरूको बेजोर्ड प्रस्तुति रहने समाजका प्रवक्ता पदम गुरूङले राज्यसत्ता डटकमलाई बताए ।