देव पचभैया
पाल्पा, मंशिर २६पाल्पामा तेक्वाण्डो सम्बन्धी ६ जिल्लाका खेलाडीहरु बिच एक दिने रेफ्री तथा टेक्निकल सेमिनार सम्पन्न भएको छ । पाल्पा आई,टि, एफ तेक्वाण्डो संघको आयोजना र नेपाल तेक्वाण्डो महासंघ केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कालोपेटी माथिका खेलाडीहरु बिच भएको पहिलो चरणको रेफ्रि तथा टेक्निकल सेमिनारलाई नेपाल तेक्वाण्डो महासंघका केन्द्रिय उपाध्यक्ष अन्जन धमला र टुनामेन्ट डाईरेक्टर उमेश राजथलाले सहजीकरण गरेका थिए । प्रशिक्षण कार्यक्रममा पाल्पा, गुल्मी, बाग्लुङ्ग, नवलपरासी, रुपन्देही र स्याङ्जाका खेलाडीहरुको सहभागीता रहेको पाल्पा तेक्वाण्डो संघका अध्यक्ष निर बहादुर सारुले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै क्षेत्रिय खेलकुद बिकास समितिका कोषाध्यक्ष बसन्त जि,आरले खेलाडीहरुलाई हेर्ने राज्यको नजर बिस्तारै परिबर्तन भएपनि प्रयाप्त नभएको बताए ।
सरकारले कुल बजेटको एक प्रतिशत पनि खेल क्षेत्रमा नछुट्याएको भन्दै उहाले खेलाडीलाई राज्यले ध्यान नदिनु दुःखद भएको बताए ।
कार्यक्रममा नेपाल तेक्वाण्डो महासंघका उपाध्यक्ष अन्जन धमलाले राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा समेत बिजयी भई नेपालकै नाम उचो पार्न सफल आई, टि, एफ, तेक्वाण्डो र यसका खेलाडीलाई राज्यले बेवास्ता गरेको गुनासो गरे ।
खेलक्षेत्रमा पनि राजनितिको प्रभाब पर्नु दुःखद भएको भन्दै उहाले आई,टि,एफ लाई पनि अरु सरह राज्यले मान्यता र अवसर दिनुपर्नेमा जोड दिए ।
हरेक बर्ष आफ्ना खेलाडीहरुलाई प्रशिक्षण दिने अभियान अन्र्तगत पाल्पामा पनि एक दिने कार्यक्रमको आयोजना गरिएको उहाको भनाई थियो ।
समय अनुसार फेरिदै गएका नया शैली र तौर तरिकाहरुको बारेमा ज्ञान लिन पाएकोमा सहभागीहरुले खुशि ब्यक्त गरेका थिए । निर बहादुर सारुको अध्यक्षतामा भएको सेमिनारको उद्घाटन शत्रको संचालन पाल्पा आई,टि,एफ,का सचिब नगेन्द्र मल्लले गरेका थिए ।