कवि केशर स्मृति सम्मानकालागि प्रतिभा छनौट समिति गठन

Read Time:1 Minute, 30 Second

रूद्र श्रीस मगर

पोखरा, १६ मंसिर

मगर भाषाका स्वर्गीय कवि केशर नाम्जाली भुरुङ मगरको ४९ औं जन्मजयन्ती आगामी पुस २ गते पोखरामा मनाइने भएको छ ।

मगर भाषा प्रतिष्ठान कास्की शाखाको मंगलबार बसेको बैठकले कवि भुरुङको जन्मजयन्ती विविध कार्यक्रमसहित मनाउने निर्णय गरेको अध्यक्ष फूल कुमारी थापा मगरले जानकारी दिइन ।

साथै, कविका नाममा स्थापित कवि केशर नाम्जाली मगर स्मृति अक्षयकोषबाट हरेक दुई/दुई वर्षमा मगर भाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याएका एक जना साहित्यकारलाई सम्मान गर्ने समेत बैठकले निर्णय गरेको छ । जस अनुसार प्रतिभा छनौटका लागि अधिवक्ता सुरेन्द्र थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति समेत गठन गरिएको छ ।
समितिका सदस्यहरूमा नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्ण बहादुर राना मगर, अक्षयकोषका संरक्षक क्या. नरेश थापा मगर, प्रतिष्ठानका अध्यक्ष फूल कुमारी थापा मगर र संस्थापक अध्यक्ष निर्मल सिंजाली मगर रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %