काठमाडौँ, १२ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्धचेत अवस्थामा रहनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका पूर्वमहासचिव,तथा लिबरल डेमोक्र्यटिक पार्टिका अध्यक्ष ,पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ललितपुरको नख्खु दोबाटोस्थित डेरामा आज पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्यस्थितिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले खपाङ्गीका परिवारलाई सरकारका तर्फबाट गर्न सक्ने सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतम र सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईका साथ प्रधानमन्त्री ओली पूर्वमन्त्री खपाङ्गीलाई भेट्न त्यहाँ पुगेका थिए ।
विसं २०६९ वैशाख १२ गते काठमाडौँको प्रदर्शनीमार्गमा मोटरसाइकलको ठक्करबाट लडेर अशक्त हुनु भएका खपाङ्गीको चार पटक शल्यक्रिया भइसकेको छ । सुरुमा वीर अस्पताल, न्युरो अस्पताल र नर्भिक अस्पतालमा उपचार गरिए पनि नेपालमा उपचार हुन नसके पछी डाक्टरहरुको सल्लाह अनुसार बिदेशलाने सुझाव दिदा समाज सेवी हुम सुनारी मगरको पहलमा देश बिदेशका मगर संघ संस्था आदिवासी जनजाती लगायतका चन्दा दाताहरुको सह्योगमा सिङ्गापुरसम्म पुर्याएर उनको उपचार गरिए पनि स्वास्थ्य अवस्था भने आवश्यक सुधार हुन नसकेको परिवारले जनाएको छ । टाउकामा लागेको गम्भीर चोटका कारण उनको शरीरको एकापट्टिको भाग चल्दैन भने उनी बोल्न सक्दैनन् ।
उदयपुरमा जन्मेर महोत्तरीको रामनगरमा शिक्षा हासिल गरेका खपाङ्गी रामेछापको गौरीशङ्कर माविमा केही समय प्रअ रहेका समयमा तत्कालीन पञ्चायतविरुद्ध गतिविधिमा संलग्न भएको आरोपमा स्थानीय प्रशासनले जिल्ला निष्काशन गरेको थियो । सोलगत्तै उनलाई जलेश्वर कारागारमा बन्दी तुल्याइएको थियो ।
एकहत्तर वर्षीय खपाङ्गीको उपचारका लागि हालसम्म शुभचिन्तक, आफन्तले सहयोग पुर्याउँदै आएका छन् । हालसम्म उनको उपचारका लागि रु एक करोड ७५ लाख खर्च भइसकेको छ । उनी २०५८ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रीसमेत थिए ।
अत्यन्त नाजुक अस्वस्थ अवस्थामा रहनुभएका खपाङ्गीलाई पुर्व मन्त्रिको हैसियतमा सरकारसँग उपचार सहयोगको लागि पटक पटक अनुरोध गर्दा खिलराज रेग्मी नेतृत्वको सरकारले मुस्किल्ले रु पाँच लाख सहयोग उपलब्ध गराएको थियो भने साधाराण टाउको दुख्दा करोडौ खर्छ गर्ने आफुलाई भौतिक बादी भन्न रुचाउने कथित माओवादी प्रचन्ड दाहाल ,बाबुराम भट्टराईले होम यज्ञ लगाउदा करोडौ खर्छ गर्ने ,भेडाको बली दिन हेली चढेर म्याग्दी पुग्ने नन्द बहादुर पुन पासँगहरु लगायत सुसिल कोइराला सरकारले भने एक शब्द स्वास्थ्य लाभको कामना समेट गर्न कन्जुस्याई गरेको थियो ।