किन पुगे मन्त्री राई वरिस्ठ नेता खपाङि निवास ?

Read Time:6 Minute, 53 Second

 राज्यसत्ता 

उत्पिडनमा परेका जनताको अधिकारको लागि सर्वोस्व सुम्पेका वरिस्ठ नेता गोरे बहादुर खपाङी सुनियोजित दुर्घतनामा परी थला परेको २ बर्ष बढी भएको छ । उक्त समयाबधी भित्र अनेकौ राजनीतिक उथल पुथल भएको छ तर सत्ता एकल जातिय हिन्दूवादिको कब्जाबाट फुत्केर शोषित पीडित जनतामा पुग्न सकेको छैन । माओवादी, काङ्रेस हुँदै अहिले एमालेले सरकारको नेत्रित्वो गरेको छ, धेरै प्रधानमन्त्री भए ,नेता मन्त्री बने ,खपाङी र उनको पार्टिको निती सिद्दान्त चोरी रात रात बिधोव्न्स गरेर आएको  माओवादी पनि सरकारमा गयो तर त्यत्रो १७००० हजार जनताको ज्यान लिएर ,लाखौं जनता अपाङ्ग,  लाखौं घरबार बिहिन भए ,तर सरकारमा जादा साथ जनताको  भावना विपरित राजावादी र काङ्रेस भन्दा प्रतिगमन हर्कत माओवादीले गर्न पुग्दा देश नराम्ररी दुर्घतना बाट गुज्री रहेको छ ,सारा जनता नेता खापाङिको विचार धारा बाट प्रभावित हुँदै जनमत तयार हुँदै गर्दा उनैलाई सखाप पार्ने योजना अनुसार भूमिगत माओवादीले  कथित जनयुद्द घोषणा भयो जसको फल स्वोरुप देश नराम्ररी थला पर्‍यो । न काङ्रेस सरकारको नेता ,न त माओवादीका नेता मन्त्री अरु त अरु मगरकै उत्थान ,शोषित उत्पीडित जनताको उथान भनेर हिंड्ने माओवादीको बिभिन्न मोर्चाको नेता तथा मगर नेता मन्त्रीले खापाङिलाई एक शब्दको स्वाथ लाभको कामना गर्न सकेनन ,न त बर्षमान पुन न त ओनसरी घरती न त हेलीकोप्टर चढेर दुर्गम जिल्लामा पूजामा सरिक हुन सक्ने उपरास्त्रपती नन्द प्रशाद पुन उर्फ पासँगले उनको स्वास्थ्य अवस्था बारे जान्ने कोशीस गरे ,यसरी उनकै विचार धारमा टिकेर जनता धाट्ने नेताहरुले उनको वेवास्ता गरी रहेको अवस्थामा कसरी उग्र अनी फन्टुस कुराले देश चलाऊने एमाले सरकारका मन्त्री शेरधन राइले नेता खापाङिलाई सम्झिन पुगे ?के ले छोयो मन्त्री राइलाई ,के पि ओलीलाई के आपत्ति लाग्यो जसले नेता खापाङी लाई भेट्न दुत पठाएँ -यी यस्ता जिज्ञासा बारे नद बहादुर घरती मगर को बिश्लेशन——-

नन्द घर्ती मगर

-काठमाण्डौ,११ मंसिर २०७२ – राज्य असफल हुदै गएपछि देशका वर्तमान प्रधानमन्त्री केपी ओलीले नेता खपांगीलाई खुवै सम्झे रे !

१० मंसिर २०७२ तदनुसार २६ नोभेम्वर २०१५ को विहान नेता खपांगीको डेराको वेडमा मृत्युसँग लडिरहेका नेता खपांगीलाई सूचना तथा संचार मन्त्री शेरधन राईले भेट गरे । भेटमा नढाटिकन मन्त्री राईले खपांगी परिवारजनलाई भने, “प्रम ओलीले मलाई भेट गर्न यहाँ पठाएको हो ।”

नेता खपांगीको घटना घटाईएको आज २ वर्ष ७ महिना वित्यो । यी वीचमा नेपालमा ठूला ठूला राष्ट्रिय घटनाहरु घटे । वहालवाला प्रधानन्यायाधीस खिलराज रेग्मीको सरकारको नेतृत्वमा दोश्रो संविधानसभाको निर्वाचन, जनजातीहरुको भूमिमुक्तिको आन्दोलन, चीन र पश्चिमा शक्तिको तागतले सिंहदरवारमा भारतको प्रभावलाई विस्थापन गरी नयाँ संविधानको घोषणा, थरुहट र मधेसकेन्द्रित आन्दोलन तथा भारतको प्रभाव विस्थापित भई वीरगञ्जमा सीमित हुनपुगेको स्थितिमा भारतको अघोषित नाकावन्दी आदि महत्वपूर्ण राष्ट्रिय घटनाहरु हुन । घटनाक्रम जटिल वन्दैछ र आउदा दिन अझ भयावह स्थितितिर देश गुज्रदैछ ।

नेता खपांगी ज्ञानको श्रोत हो, विचारको श्रोत हो । खपांगीवारे जति अध्ययन ग–यो उति गहिराईमा पुग्नसकिन्छ । यसको कुनै सीमा छैन । तर, सत्ताधारी जातीको विचारको प्रभावमा परेर खपांगी विचारधारावाट हामी निकै टाढा छौं । त्यो दीगो छैन । उसो त भगवान वुद्धको जीवनकालमा वुद्धलाई वदनाम गराउन धेरै प्रयत्न नभएका होइनन तर असफल भइरह्यो । सत्यको वाटो कहिल्यै धर्मराउदैन, सिधा हुन्छ ।

जुन शक्ति र त्यसको नेतृत्वले नेता खपांगी विचारधारावाट जनतालाई अलग्याउन पहिलो चरणमा नानाभाटिका भ्रम छरेर जनजातीहरुलाई वरालिरह्यो । वराल्नेमात्र गरेन दोश्रो चरणमा केहि जनजाती अगुवालाई खपांगीको वैकल्पिक नेताको रुपमा खडा गरायो, सन्कायो । तेश्रो चरणमा खपांगी विचारधारा विरुद्ध डटेर लड्न जनजातीलाई भरमग्दूर प्रयोग ग–यो । यतिले मात्र धित नमरेपछि चौथो चरण अन्तरगतको अन्त्यमा भौतिक सफायासमेत भयो । उसो त जेसिस क्राइष्टले पनि नेता खपांगीको जस्तो यातना भोगेनन । यातना भोगिरहेको वेला क्राइष्टले भन्ने गरे रे, “जनताको अज्ञानताको कारण म यातना खादैछु ।” नेता खपांगीको सन्दर्भमा पनि यहि भएको छ । टुलुटुलु हेर्ने सिवाय अरु छैन । किनकि हामीमा अज्ञानताले भरिभराउ छ । 

अहिले देश संकटतिर भासिदै जादा आज उहि शक्ति र नेतृत्वले नेता खपांगीको याद ग–यो । भनौं राज्यको मनमा खपांगीको फोटो आयो । ढिलैभए पनि खपांगीको याद आउनु सिंगो मुलुकको सन्दर्भमा यो सकारात्मक कुरा हो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %