दिउँसो–दिउँसो चर्को राष्ट्रवाद, रात परेपछि भारतीय राजदूतसँग रंगेहात !
राज्यसत्ता
-बहु संख्यक नेपाली जनताको मनोभावना विपरित बलजफ्त संबिधान जारी गर्दा के पि ओलीको सरकार अहिले ठुलो भुमरिमा फसेको छ, जनता भुकम्पले प्रतादित भएको मौका पारी हतार हतार एकल काटे संबिधान जारी गर्दा के पि ओलि सरकारले अहिले नचिताएको कस्टको सामना गर्नु परेको छ, छलकपत गरेरै राज गर्छु भन्ने दुष्ट मनोबिज्ञानले काम गर्दा थारु र मधेश आन्दोलन जबर जस्त उठ्न पुगेको छ, ५० भन्दा बढी मधेसी थारु के पि ओली सरकारको गोली निल्न पुगे भने हजारौ घाइते छन । आन्दोलन जारी छ तर भारतले नाका बन्दी गरेको भन्दै उत्पिडनको आन्दोलन सम्बोधन गर्नु साटो नक्कली राष्ट्रबाद्को धोङ रची मोदी सत्तामा आउँदा साथ मोदिको पाउमा लम्पसार परेर शास्ताङग दण्डवत गर्ने नेपालका उग्र क्रान्तिकारी भन्न रुचाउने पार्टी माओवादी देखी राजा र हिन्दू राज्यको वोकालत गर्ने पार्टीहरुले अहिले राता रात कहिले मोदी बिरुद्द देश विदेश्मा बिरोध जारी गर्न लगाउछन भने कहिले स्वाभिमानी बन्न चाइना बाट इन्धन आपुर्ती गर्ने हावा गफ खोकदैछन त कहिले हरियो वन नेपालको धन भनिने वनजंगल मास्ने काम सुरु गरेको छ ।
एका तिर भारतको नाका बन्दी बिरुद्द सर्वसाधारणलाई उछल्ने अर्को तर्फ भित्र भित्रै भारत सँग मिली मधेसी थारु लगायतका अधिकारका मागलाई दबाउने दाउ रहेको खुल्न आएको छ । सरकार बनाउन भारत नगई बनाउन नसक्ने लम्फु नेताहरु, नेपालमा भएको नदी नाला सबै बेचेर नेपाली जनतालाई अन्धकारमा राख्ने, स्वदेशमा सियो बनाउने उध्योग पनि खोल्न नसक्ने, खाने दाल, चामल लत्ता कपडा, नुन, तेल, कापी कलम, औषधी देखी लिएर चाड बाड रिती रिवाज संस्कृती फिल्म गीत संगीत सबै सबैइ भारतमै निर्भर बनाउन वाध्य पार्ने दलाल नेता हरुले कसरी एका एक भारत बिरोधी जनमत खडा गर्दैछन, यसको आधार के ? परजिवी नेपाली के भोक भोकै मर्छन त ? भारतले अब देखी केही भित्रिन दिएन भने, भन्ने सर्व साधारणको जिज्ञासाको उत्तर भने मुखमा राम राम बगलिमा छुरा टुक्का ओलिले प्रयोग गरेर नेपाल डामाडोल बनाएको खुलस्त हुन आएको छ । यो खाली नक्कली खोक्रो राष्ट्रवादको नाराले आफ्नो सत्ता टिकाउने दाउ मात्रा रहेको बुझीएको छ । यसै सन्दर्भमा एक पत्रीकाले प्रधान मन्त्री के पि ओली र भारतीय राजदुत रन्जित रेको राती राती गोप्य भेतघात हुने गरेको खुलासा गरेको छ ।
बाहिर तिक्त सम्बन्ध भए पनि व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली र भारतीय राजदूत रणजीत रेबीच राम्रो सम्बन्ध छ भन्ने कुरा शुक्रबार रातीसम्म बालुवाटार बसेकाहरुले राम्रैसँग बुझ्न पाए । भेट्न आएकाहरुको भीडलाई छोडेर प्रधानमन्त्री ओलीले राजदूत रेसँग करिब डेढ घन्टा कुराकानी गरेका थिए ।
प्रधान मन्त्री ओली र रे बिच गोप्य वार्ता हुँदै
उक्त भेटका लागि भारतीय राजदूत रे स्वयमले समय मागेका थिए । औपचारिक भेटका लागि सरकारी कार्यालय ठीक हुने भए पनि उनले विशेष कुरा गर्न चाहेको बुझेपछि निवासमा त्यो पनि रातीको समय मिलाइएको थियो ।
आधा घन्टाका लागि भनेर तय गरिएको भेटघाट डेढ घन्टासम्म तन्किँदा अरु धेरै त के कुरा भए थाहा हुन सकेन, तर त्यसपछि भेटेका एक मन्त्रीसँग प्रधानमन्त्री ओलीले भनेअनुसार, भारतीय राजदूतले सीमामा देखिएको समस्या आफ्ना लागि समेत बोझ भएको खुलेरै बताएछन् ।
उनको भनाई रहेछ, ‘हामीलाई नै बोझ भइसक्यो । तपाई आफ्ना मानिसलाई सम्झाउनुस् ।’ आफ्ना मानिस भनेर उनले महन्थ ठाकुर, उपेन्द्र यादवहरुलाई भन्न खोजेका हुन् । यसबाट निकालिएको निष्कर्ष के छ भने नाकाबन्दी गरिदिनुपर्यो भनेर उनीहरुले नै भारतीय पक्षमाथि दबाब दिइरहेका छन् ।
हात हालिसकेपछि कुनै निष्कर्ष ननिकालेरै यत्तिकै पछि फर्किंदा भारतको थप बेइज्जत हुने र नेपालमा यसले भनेको अब केही पनि लाग्दैन भन्ने प्रमाणित हुने भएका कारण लाज छोप्ने कुनै सम्झौता नभएसम्म भारत पछि फर्किन नसक्ने संकेत पनि राजदूत रेले कुटनीतिक रुपमा गरेका थिए । बुधबार साप्ताहिकमा खबर छ ।