अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगितामा बुटवल र कावासोती फाइनलमा प्रवेश

Read Time:2 Minute, 37 Second

गोविन्द घर्ती देवदह मंसीर ४ ।

रुपन्देहीको देवदहमा संचालित प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगितामा बुटवल उपमहानगरपालिका र कावासोती नगरपालिका फाईनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाईनलमा कावासोती नगरपालिका र तिलोत्तमा नगरपालिका वीच भएको खेलमा ट्राईवेरको आधारमा २ का विरुद्ध ३ गोलगरी कावासोती नगरपालिका फाईनलमा प्रवेश गरेको हो । खेलको दोश्रो हाफमा तिलोत्तमाका जर्सी नं १० का हरी खतिवडाले पहिलो गोलगरी टिमलाई अग्रता दिलाएका थिए । कावासोतीका खेलाडी सुजन सापकोटाले एक गोलगरी खेलबरावरीमा पु¥याएका थिए । त्यसैगरी कावासोतीका खेलाडी विनयी वस्तीले दोश्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा तिलोत्तमाका जर्सी नं ९ का विनोद तिवारीले दोश्रो गोल गरी खेललाई बरावरीमा पु¥याएका थिए । त्यसैगरी दोश्रो सेमिफाईनलमा देवचुली नगरपालिकालाई सून्यका विरुद्ध ५ गोलगरी बुटवल उपमहानगरपालिका फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाका जर्सी नं १० का विवेक वस्यालले २ गोल, जर्सी नं ७ का दिनेश बज्रचार्यले २ गोल र जर्सी नं ८ का दिलबहादुर थापाले एक गोल गरी सून्यका विरुद्ध ५ गोलगरी टिमलाई फाईनलमा पु¥याएको छ । नेपाल कर्मचारी एशोसियसन ईकाई समिति देवदहले आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्वास्थ्य विकासको लागि खेलकुद भन्ने नाराका साथ प्रथम देवदह अन्तरनगरपालिका मैत्रीपूर्ण नकआउट फुटवल प्रतियोगिताको आयोजना गरेको हो । रेडियो देवदह, देवदह साप्ताहिक, त्रिवेणी सामुदायिक टेलिभिजन र लुम्विनी सामुदायिक टेलिभिजन मिडिया पार्टरको रुपमा रहेका छन् । फाईनल खेल भोली बुटवल उपमहानगरपालिका र कावासोती नगरपालिका वीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %