हङकङमा देवकोटा जयन्ती मनाउदै नेपाली संस्कृति कार्यक्रमको ऐतिहासिक वृजारोपण !!!

Read Time:4 Minute, 38 Second

-वल्लव रोक्का
हङकङ १८ नोेभेम्वर, स्थानीय याउमाताई स्थित हिन्सको सभाहलमा विश्व नेपाली साहित्य महासङ्घ हङकङ शाखाको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती र सांस्कृतिक कार्यक्रम हङकङका अध्यक्ष कवि चन्द्र मादेन ‘आन्छन्’को सभापतित्वमा सुसम्पन् भएकोछ | उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ट संगीतकार एंव हिमालय टोन्सका प्रोपाईटर दिनेश सुव्वा, विशेष अतिथि एनआरएन हङकङका अध्यक्ष ललित आङवुहाङ र अन्य अतिथिमा अनेसा हङकङका अध्यक्ष कमल पौडेल, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फे, जनजाति साहित्य समुहका अध्यक्ष भुपेन्द्र चेम्जोङ, एकिकृत नेपाली समाजका अध्यक्ष विनय शाह लगायत प्रतिनिधिहरु, साहित्कार,पत्रकार,शिक्षक र व्यक्तिहरुको वाक्लो उपस्थित रहेको थियो |

पहिलो चरणको कार्यक्रम अनुरुप आयोजक संस्थाका अध्यक्ष, प्रमुख अतिथि लगायत उपस्थित सवैवाट महाकवि लक्ष्मी प्रसाद देवकोटाको तस्विरमा फूलका गुच्छा र मालाहरुले माल्यार्पण गरिएको थियो | देवकोटाको छोटो चर्चाका साथ शाखाकी कोषाध्यक्ष एवं कवयित्री पूर्णिमा शाहद्वारा स्वागत मन्तव्य गरिएको उक्त साहित्यिक शुभअवसरमा स्रष्टाहरु दीनेश सुव्वा, कमल पौड्याल पूर्णिमा शाह, दीपा एवाई, आयुषी क्षत्री, वल्लव रोक्का आदिवाट लक्ष्मी सम्वन्धि र अन्य परिवेशको सृजनाहरु विमुग्ध पार्ने वाचन गरिएको थियो |

उक्त सृजनशिल देवकोटा जयन्तिमा कवि एवं गीतकार टंक सम्वाहाम्फेद्वारा रचित देउसी गीतको प्रमुख अतिथि स्रष्टा सुव्वाको वाहुलीवाट विमोचन गरि हललाई नंया देउसी गीतले गुञ्ज्यमान वनाईएको थियो | सो गीतका गायक एवं संगीतकार ध्यानु ग्याङ्मी मगर भनेर सुनाईएको थियो |

दोस्रो चरणको सांस्कृतिक कार्यक्रम अनुरुप, विभिन्न रङ्गीविरङगी वत्तिहरुले चम्किएको मञ्चको कार्यक्रममा ठेट नेपाली ढाका टोपी, गुन्यु चोलोमा आयोजकहरुद्वारा गीटार, हारमोनियम र मादलमा देउसी खेलिएको थियो भने उपस्थितहरु प्रत्येकलाई मखमली सुपारी फूलको मालाले स्वागत गरि तिहारे सेल तरकारी नास्ताको व्यावस्था गरिएको थियो | उक्त स्वर्णिम सांस्कृतिक कार्यक्रममा छ वर्षकी कन्या मनिष गुरुङद्वारा आकर्षण स्वागत नृत्य सुरु गरिएको थियो भने आयुषी पौड्यालले निख्खर राष्ट्रिय गीतमा वैशालु नृत्य प्रस्तुत गरि उपस्थित जनको मन जितेकी थिईन | त्यस्तै नवगायिका धनमाया मगरको सुमधुर मार्मिक गीतको मनोरञ्जनवाट उपस्थितहरुले झण्डै चार घण्टा समय सिध्दिएको पत्तै पाएको थिएन |

सो कार्यक्रमलाई प्रमुख अतिथि स्रष्टा दीनेश सुव्वा र विशेष अतिथि ललित आङवुहाङ द्वयले महाकवि देवकोटा अनि सहित्यिक कार्यक्रमको प्रशंसा गर्दै सवैलाई दीपावलीको शुभकामना मन्तव्य दिएका थिए | कार्यक्रमलाई संचालन संस्थाका सचिव एवं कवि वल्लव रोक्कावाट गरिएको थियो |
स्मरणिय रहोस -महासंङ्घले नेपालको विभिन्न स्रष्टाहरुको जन्मजयन्ती मनाउदै आएतापनि “देउसी भैलो संस्कृति कार्यक्रम भने हङकङको इतिहासमै साहित्यिक संस्थावाट पहिलोचोटी” सुरुवात गरिएको हो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %