बिजय कुमार मगर, दोहा, कतार
गत शुक्रवार मिति १३ नोवेम्बर २०१५ मा नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृति बिभागले नेपालीहरुको विशेष चाड तिहारको अवसर पारेर तिहार – २०७२ शुभकामना अदानप्रदान तथा देउसी भैलो कार्यक्रम उमघुलिनाको वेलकम रेष्टुरेण्टमा सम्पन भएको छ ।
कला तथा संस्कृति बिभागका संयोजक रबि पुलामी मगरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर र बिशिस्ट अतिथिहरुमा (२०१५÷०१६ )का लागि संस्कृतिक बाङ (राजा) रबिन थापा मगर र संस्थाका केन्द्रिय प्रमुख सल्लाहकार भिम तरामु मगर रहेका थिए भने कार्यक्रमको सञ्चालन कला तथा संस्कृति बिभागका सचिव सोम थापा मगर र इशोरा थापा मगरले गरेकी थिईन ।
अन्य अतिथिहरुमा संस्थाका विभागिय संयोजकहरु विदेश विभाग संयोजक तथा प्रथम उपाध्यक्ष शेर रोका मगर,अनुशासन विभाग संयोजक तथा द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगर, सुचना तथा प्रचार प्रसार बिभाग संयोजक तथा महासचिव बिजय कुमार मगर, संगठन बिभाग संयोजक तथा सचिव बिबेक पुलामी मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर, डि एन पाङ्मी मगर थिए ।यसरी नै यस संस्थाको मातहतमा रहेको दोहा एरिया समितिका अध्यक्ष उद्धब सारु मगर, सनैया “ए“ एरिया समितिका अध्यक्ष मिन थापा मगर, सनैया “बि“ एरिया समितिका अध्यक्ष धन सारु मगर , वक्रा एरिया समितिका कोषाध्यक्ष श्याम पुलामी मगर र उमसलाल एरिया समितिका अध्यक्ष टोप थापा मगर थिए । यसै गरी नव प्रतिभा सांस्कृतिक समुहका अध्यक्ष सत्यनारायण चौधरी, एम.जि.एच. ग्लोवल ग्रुपका लोकेन्द्र पिठाकोटे मगर, राज्यसत्ता अनलाईन मिडियाका कृष्ण सारुमगर र कला तथा सांस्कृतिक विभागका कलाकार तथा सदस्यहरु अन्य संस्थालाई मायां गरी आउनु भएका शुभचिन्तकहरु हुनुहुन्थ्यो ।
प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रममाको ब्यानर अनावरण र दिप प्रज्वलन गरेर शुरु भएको कार्यक्रम मा आगन्तुक पाहुनाहरुलाई मगरहरुको वलिहाङ तिहार—२०७२, हिन्दुहरुको महान चाड शुभ दिपावली, किंरातीहरुकोे बलिहाङ तङनाम, नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११३६ न्हूदयाँ भिन्तुना, नेपालका १६ औँ राष्ट्रिय बिभुति फाल्गुनन्द लिंदेन ज्युको १३१ औँ शुभ जन्म जयन्तीको अवसरमा संपूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामनाका साथै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तररोत्तर प्रगतिको कामना गर्दै विभागका सदस्य नन्द थापा मगरले स्वागत मन्तव्य राख्नुका साथ देउसी खेलेर आकर्षक बनाएको थिए ।
कला तथा संस्कृतिक बिभागका कलाकारहरुले देउसी खेलेर आकर्षक बनेको उक्त कार्यक्रममा राजेन्द्र महरा र जनक पौडेलले देउसी भट्टाएका थिए भने वाध्यवादनमा हार्मोनियममा दिवश याख्खखा, बांसुरीमा अग्नी घिसिङ, गितारमा नन्द थापामगर र मादलमा देबिन पुनमगर, खम्वराज थापा मगर र केशव आचार्यले साथ दिएका थिए । कार्यक्रममा कला तथा सास्कृतिक बिभागका कलाकारहरु मोहन थापा मगरले हेलम्वुको वजारमा भन्ने गितमा, जिना पुलामी मगर, अन्जाना तामाङ गाई तिहारो भैलो भन्ने गितमा र राज लोप्चनले बाबरप फुलको वोट भन्ने नृत्य गरेर मनोरञ्जन गरेका थिए त्यसै गरि कला तथा सस्कृतिक बिभागका सदस्य देबिन पुन, बिजय कुमार मगर, डि एन मगरले मगर भाषामा गित गाउनु भएको थियो भने , धनकुटेली गायक दिवस याख्खाले सालैजो भाखा मा गाउंदा दर्शकहरु झुमी झुमी नाचेका थिए । यसरी नै कृष्ण वि.सी.ले तुलसी आंगनमा रोपौंला भन्ने गित र जनक पौडेलले पूर्वेली गीत गाएर मनोरज्जन दिएका थिए । ( स्मरण रहोस तमु समाज कतार ले आयोजना गरेको नेपाली तारा २०१६ मा नेपाल मगर संघ, शाखा कतार कला तथा संस्कृतिक बिभागका सचिव सोम थापा मगर गायन तर्फ र सह कोषाध्यक्ष मोहन थापा मगर नृत्यमा सेमिफाइनल मा प्रवेश गरेका छन् भने कार्यक्रममा मगर तथा गैर मगर बाक्लो उपस्तिथिरहेको थियो ।
कार्यक्रम मा शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ, शाखा कतार उमसलाल एरिया समितिका अध्यक्ष टोप थापा मगरले सम्पुर्ण एरिया समितिको तर्फ बाट तिहारको शुभकामना दिएका थिए । नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगरले कला तथा संस्कृति बिभागले पहिलो पटक आयोजना गरेको कार्यक्रम सफल रहेको र परदेशमा पनि हाम्रो रितिरिवाज कायम राखेकोमा धन्यवाद दिनुभयो त्येसै गरि कतारका मगरहरुको संस्कृतिक बाङ ( २०१५÷०१६ ) राजाले पनि आफ्नो शुभकामना मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले प्रवासमा रहेर पनि नेपाल मगर संघ, शाखा कतारको यस विभागले नेपाली कला र संस्कृति तथा मगरहरुको संस्कृतिलाई जोगाउने र दोहा कतारमा सांस्कृतिक कार्यक्रमहरुमा उपस्थिति भई कला देखाई रहेकोमा यस विभागलाई धन्यवाद दिनुभएको थियो भने उपस्थित सम्पुर्णलाई साथै देश बिदेशमा रहेको मगर तथा गैरमगर नेपालीहरुलाई बलिहाङ तिहारको उपलक्ष्यमा नेपाल मगर संघ, शाखा कतारको तर्फवाट देशमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य छाओस भनि हार्दिक मंगलमय शुभकामनाका दिएका थिए ।
अन्तमा, कार्यक्रममा देउसीको आशीर्वाद नेपाल मगर संघ, शाखा कतार सल्लाहकार सदस्य डि. एन. मगरका समुहले दिएको थियो । कार्यक्रमको लागि पानी, पेप्सीको प्रायोजन उमेश राई, रोटि बनाएर सहयोग गर्नु हुने शानु पुलामीको समुह, अचार बनाउनु हुने अञ्जना तामाङको समुह, जनक थापा मगरको समुह र ब्यानर प्रायोजनमा रविन थापा मगरलाई विशेष धन्यवाद दिनु हुंदै कार्यक्रममा उपस्थित भएर सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिदै तिहार–२०७२ शुभकामना आदनप्रदान तथा देउसी भैलो कार्यक्रमका सभापति रबि पुलामी मगरले कार्यक्रम समापन गरेका थिए ।