बोर्डरमा आन्दोलन गरेर अधिकारी आउदैन ः महासचिब सुर्यबंशी

Read Time:5 Minute, 4 Second

देब पचभैया

पाल्पा, मंशिर १

संघिय गणतान्त्रिक जनमुक्ती पार्टीका महासचिब केशब सुर्यबंशीले बोर्डरमा आन्दोलन गरेर अधिकार नआउने भएकाले राजधानी केन्द्रित आन्दोलन गर्न तराई मधेसका नेतालाई सुझाब दिएका छन ।

अन्तरिम संबिधानले दिएको अधिकार प्राप्तीको लागी तराई मधेसमा उठेको आवाज जायज भएको भन्दै महासचिब सुर्यबंशीले राजधानी केन्द्रित आन्दोलन गरे आफुहरुको पुर्ण सहयोग रहने बताए ।

निति नियम बनाउने देखि अधिकार दिने सम्म सबै राजधानीमा रहेकाले काठमाण्डौ ठप्प पारे दुई हप्तामै आन्दोलन सफल हुने उनको दाबी छ ।

जनमुक्ती पार्टी पाल्पाले आज बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै संबिधान निर्माण पछि झन बहुआयामिक समस्या बल्झिएको जिकिर गर्दै समस्या समाधानको लागी अध्यादेश मार्फत निर्बाचनको कानुन ल्याउने र संघिय संसदको ताजा आदेश अनुसार अघि बढ्नुपर्नेमा उहाले जोड दिए ।

संबिधान निर्माण संगै मधेस र थारुमा मात्रै समस्या आएको नबुझ्न आग्रह गर्दे उअन्ले बहुआयामिक समस्या थपिएको बताए ।

गणितिय हिसाबले ९० प्रतिशत मतले निर्माण गरेको संबिधानलाई तिनैले ससोधन गरेर पनि समस्याको निकास नआउने र खारेज गर्न पनि नमिल्ने भएकाले ताजा जनादेशमा जानुनै उत्तम बिकल्प रहेकोमा सुर्यबंशीले जोड दिए ।

सत्ता टिकाउन र आफु माथि परिरहनको लागी नेपालका राजनितिज्ञहरुले भारतको शरण पर्दा जनताले दुख पाएको उनको भनाई छ ।

नागरिकताको फोटोकपी लिएर दाउरा लिनुपर्ने अवस्था आएकाले सरकारमा प्रधानमन्त्री र उपप्रधान मन्त्रीको दाबी गर्नु बेकार भएको भन्दै महासचिब सुर्यबंशीले सत्तासिन पार्टी र सरकार बाहिर रहेका सबै पार्टी बिच एकता हुनुपर्नेमा जोड दिए ।

श्रीलङ्कामा अल्पसङ्ख्यक जातिलाई वेवास्ता गर्दा दश वर्ष विद्रोह भएको स्मरण गर्दै उनले ठूला दलहरू धेरै नेपालीको संविधान नबनाई धेरै संख्या मात्रको संविधान भएको बताए ।

कांग्रेसमा सुशिल कोइरालाको बोली, सबै कांग्रेसको संविधान, एमालेमा केपी शर्मा ओलीको मत सबै एमाले प्रतिनिधिको र एमाओवादीका प्रचण्डको मत सबै माओवादीको बनाउँदा असन्तुष्टी बढेको सुर्यबंशीले बताए । उनले असोज ३ पछि देश बहुआयामिक द्वन्द्वमा फसेको दावी गर्दै राजनीतिक आन्दोलन समाप्त नभएको उल्लेख गरे ।

उनले भारतले नाकाबन्दी गरेर पहिलेदेखिको रबैया देखाएको बताउँदै देशका शासककै कारणले मुलुक परनिर्भर भएको बताए । महासचिव सुर्यबंशीले २००७ सालदेखि मुलुक निरन्तर परनिर्भर भईरहेको बताउँदै भएका उद्योग, कलकारखानालाई ध्वस्त बनाउने र इन्धन भारतबाट मात्रै आयात गर्ने सम्झौता गरेर राष्ट्रघाती काम गरिएको बताए ।

आगामी एक बर्ष भित्रै जनमुक्ती पार्टीको महाधिबेशन हुने र त्यस पछि पार्टी थप सशक्त बन्ने उनको दाबी छ ।

पत्रकार सम्मेलनमा जनमुक्ती पार्टीका केन्द्रिय उपमहासचिब एबं प्रचार बिभाग प्रमुख टोप अस्लामीले पार्टीले देशब्यापी रुपमा अगुबा कार्यकर्ता भेलाको शुरुवात गरेको जानकारी दिदै कार्यकर्ता संगै जनतासंगको जनजागरण अभियान पनि शुरु गरेको बताए ।

संघिय गणतान्त्रिक जनमुक्ती पार्टी पाल्पाका अध्यक्ष खुम बहादुर सिंजालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला सचिब उजिर सिंग दर्लामीले गरेका थिए ।

 नोट ः पत्रकार सम्मेलनमा के बोले सुर्यबंशीले ?

अडियोमा सुन्न नभुल्नु होला ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %