फुटवल प्रतियोगिता देवदहमा

Read Time:2 Minute, 9 Second

गोविन्द घर्ती

देवदह कार्तिक २२ । प्रथम देवदह अन्तर नगरपालिका नकआउट मैत्रीपूर्ण फुटवल प्रतियोगिता देवदहमा संचालन हुने भएको छ । नेपाल नगरपालिका कर्मचारी एशोसियसन देवदह ईकाई समितिको आयोजनाा ३ जिल्लाका नगरपालिका कर्मचारीहरु वीचमा नकआउट मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने भएको हो ।
रुपन्देहीको देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जानकारी दिईएको हो । पत्रकार सम्मेलनमा बोल्दै एशोसियसन देवदह ईकाई समितिका अध्यक्ष मित्र बहादुर थापाले प्रतियोगितामा करिव ५ लाख खर्च हुने अनुमान गरिएको बताए । थापाले देवदहलाई आन्तरिक पर्यटनको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको बताए । स्वास्थ्य विकासको लागि खेलकुद भन्ने मूलनाराका साथ प्रतियोगिताको आयोजना गरेको अध्यक्ष थापाले बताए । देवदह क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण स्थल रहेकोले यसको प्रचार प्रसार गर्नका लागि एशोसियसन देवदह ईकाई समितिले प्रतियोगिताको आयोजना गरेको खेल संयोजक नारायण प्रसाद काफ्लले बताए ।
मंसीर १ गते देखि ५ गते सम्म देवदह–६, को पानवारीमा हुने प्रतियोगिताको लागि विभिन्न संघसंस्थाहरुले सहयोग गरेको संयोजक काप्mलेले बताए । अध्यक्ष मित्र बहादुर थापाको अध्यक्षता र खेल संयोजक नारायण प्रसाद काप्mलेको स्वागत र सचिव सुरज पराुलीको संचालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %