बलेनीको भिआइपी शो

Read Time:2 Minute, 23 Second

मनाेज घर्ती मगर

पोखरामा हप्तैपिच्छे फिल्म शो भइरहन्छन् । यहाँ फिल्म शो गर्न अघोेषित प्रतिस्पर्धा जस्तै देखिन्छ । यहि भिडमा अर्को फिल्म थपिएको छ, बलेनी । टप माउण्टेन फिल्म प्रोडक्शन प्रालिले निर्माण गरेको बलेनी शुक्रबार पोखरामा भिआइपी शो गरिएको छ । हङकङ बस्ने मास्टर गणेश गुरुङ, अधिवक्ता देव गुरुङ, दुर्गा कोन्मे गुरुङ र मीन गुरुङ निर्माता रहेको फिल्ममा नायक गमन घले र नायिका सपना गुरुङ हुन् ।

फिल्ममा राम बहादुर गुरुङ, गजेन्द्र गुरुङ, फोटो पत्रकार भुपाल कुमार गुरुङ, दान बहादुर गुरुङ, क्या.लोक बहादुर गुरुङ, डिल माया गुरुङ, पशुपति खाँड, इन्दु मल्ल, लिल बहादुर गुरुङ, मुस्कान गुरुङ, सनम गुरुङ, ताराकुमारी गुरुङ, गौरी गुरुङको अभिनय रहेको निर्देशक कृष्ण कुमार गुरुङले जानकारी दिए । निर्देशक गुरुङका अनुसार २० लाखमा निर्माण भएको फिल्म पर्वतको दुर्लुङ, बाजुङ, आर्थर, कुश्मा लगायतका क्षेत्रमा छाँयाङ्कंन भएको हो ।
२ घण्टा ५ मिनेटको बलेनीमा फिल्म रेकर्डिङ तथा सम्पादन पोखराको बार डिजिटल स्टुडियोमा हुनेछ । क्यामेरामा सन्तोष पिठाकोटे मगर, द्धन्द्ध निर्देशक जनक गुरुङ, कला निर्देशक किशोर कुमार गुरुङ, गीत देव गुरुङ र कृष्णकुमार गुरुङ, संगीत केके गुरुङ, संगीत संयोजन धनबहादुर गुरुङ, श्यामसुङ तामाङ र सर्वज्ञमान शाक्य रहेका छन् । फिल्मका गीत धन बहादुर गुरुङ, रजनी राई, माया गुरुङ, शान्ति गुरुङ र ओम गुरुङले गाएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %