राज्यसत्ता, १ अक्टोवर, हंगकंग, म्याग्दी प्रवासी नेपाली संघ (मोना) हंगकंगको अयोजनामा मंकी हिलमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलोबाट उठेको रकमले म्याग्दी जिल्ला अस्पताललार्इ एक्सरे मेशिन किनिदीने भनी मेशिन खरीद समितिका संयोजक तथा संघका पुर्व अध्यक्ष दल शेरवुजा मगरले जानकारी गराएका थिए । देउसी भैलोबाट एक लाख तेइस हजार संकलन भएको संयोजक शेरवुजाले बताए ।
संघका अध्यक्ष इन्द्र एल जी थापाको अध्यक्षतामा, हंगकंग नेपाली महासंघकी अध्यक्ष रीता गुरूङको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथि रहेका थिए । उपाध्यक्ष पदम शेरचनले स्वागत मन्तब्य दिएका थिए । सचिब प्रमोद गरीले कार्यक्रम सञ्चालन गरेका थिए ।