गोरखाको स्कुल पुःन निर्माणको लागि देउसी भैलो

Read Time:1 Minute, 27 Second

राज्यसत्ता, १ अक्टोवर, हंगकंग, गोरखाली समाज हंगकंगको आयोजनामा याक एण्ड यति रेष्टुरेण्ट जोर्डनमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलोबाट उठेको रकमले गोरखा जिल्लाको स्कुल पुःन निर्माणमा सहयोग गरीने समाजका अध्यक्ष भिम थापाले बताए । गोरखा भुक्म्प पिडितलार्इ गोरखा गर्इ राहत बाडेकी मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर, कोषाध्यक्ष निलम थापा मगर र मिस मगर हंगकंग २०१५ की बिजेता पुजा राना मगर सम्मान गरीएको थियो । अन्य सहयोगी दाताहरूलार्इ पनि खादा र प्रशंसा पत्रले सम्मान गरीएको थियो ।

अध्यक्ष भिम थापाको अध्यक्षतामा तथा पुर्व अध्यक्ष इन गुरूङको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । अन्य बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू अतिथि रहेका थिए । उपाध्यक्ष गंगा रानाले स्वागत मन्तब्य दिएका थिए । सचिब रबिन गुरूङले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %