क्रिकेट लिगको उपाधी तानसेनलाई

Read Time:4 Minute, 16 Second

देब पचभैया

पाल्पा, १७ कार्तिक, पाल्पाको दमकडा क्रिकेट क्लव मदनपोखराले आयोजना गरेको छैटौँ दमकडा क्रिकेट लिगको उपाधी तानसेन क्रिकेट क्लवले जीतेको छ ।
प्रतियोगिताका विजेता खेलाडी तथा क्लवलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै पाल्पाका स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेले जिल्लामा क्रिकेटको राम्रो सम्भावना रहेको पुष्टी भएको बताए ।

व्यक्तित्वको निर्माण, सामाजिक एकता र भाइचाराको सम्बन्ध बिस्तार गर्न सकिने भएकाले खेलको विकास र विस्तारका लागि जिल्ला विकास समितिको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्लेले ग्रामीण क्षेत्रमा समेत क्रिकेटको माग र रुची बढेकाले यसको विकासका लागि आफू लागि पर्ने प्रविवद्धता व्यक्त गरे । क्रिकेट संघले दमकडा लिगलाई आधार बनाएर जिल्लास्तरीय खेलाडी छनौट गर्ने जनाएको छ ।

पाल्पाली क्रिकेट प्लेयर्सले दमकडा क्रिकेट क्लवलाई ४८ रनले पराजित गर्दै उपाधी चुमेको हो । पाल्पाली क्रिकेट प्लेयर्सले योसँगै पाँचौँ पटक उपाधी लैजान सफल भएको छ । टस जितेर पहिले व्याटिङ्ग रोजेको पाल्पालीले प्रारम्भिक व्याट्सम्यान अमित ज्ञवालीको ३२ र विशाल दर्नालको ३५ रनको मद्दतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२८ रन बनाउन सफल रह्यो ।

दमकडाको तर्फबाट संजय लुईटेल र अच्युत पाण्डेयले समान ३/३ विकेट लिन सफल भए । घरेलु मैदानमा २० ओभर खेल्दै दमकडा ८० रनमा समेटियो ।

पाल्पालीका रविन्द्र थापा, विनोद नेपाल र शिव भट्टराईले समान ३/३ विकेट लिए भने दमकडाका कप्तान नविन गैरेले २३ रन बनाएका थिए । खेलमा उत्कृष्ट व्याटिङ गर्ने पाल्पालीका विशाल दर्नाल म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगितामा वेष्ट व्याट्सम्यान रूपमा अमित ज्ञवाली, वेष्ट बलर विनोद नेपाल, वेष्ट क्याच र म्यान अफ दी सिरिजमा भुवन पाण्डेय चुनिन सफल भए ।

दमकडाका माधव न्यौपाने र संजय लुईटेलले इमर्जिङ प्लेयरका रूपमा पुरस्कृत भएका छन् ।

खेलाडीलाई उत्साह थप्न स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, नेपाली सेनाको चण्डी प्रसाद गणका प्रमुख दीर्घ बहादुर चन्द्र, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिना, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक देवराज अर्याल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष करुणा काफ्ले, जिल्ला क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठलगायतका व्यक्तिहरु मैदानमा पुगेका थिए ।

प्रतियोगितामा तानसेन, मिशन, गेझा, प्रभास, पिप्ले, मदनपोखरा लगायतका टिमको सहभागिता रहेको खेल संयोजक आदित्य पाण्डेयले जानकारी दिए । क्रिकेट लिगको आयोजनाले ग्रामीण क्षेत्रमा रहेका खेलाडीहरुमा उत्साह थपिएको आयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %