देब पचभैया
पाल्पा, कार्तिक १७
सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आईटीएफ तेक्वाण्डो पाल्पाको छनोट प्रतियोगिता सकिएको छ ।
तानसेनमा भएको छनोट प्रतियोगिताबाट सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आईटीएफ तेकवाण्डो पाल्पाका २१ जना खेलाडी छनोट भएका हुन । महिला तर्फ ४१ किजी समुह देखि ७० केजी समुह अन्तरगत ६ जना महिला र पुरुष तर्फ ५१ केजी समुह देखि ८० केजी समुह अन्र्तरगत ७ जना खेलाडीहरु छनोट भएका छन् । त्यस्तै प्याटन तर्फ महिला र पुरुष सहित ७ जना उत्कृष्ट खेलाडि छनोट भएका छन् ।
महिला तर्फ ४१–४५ किजीमा सुजता श्रेष्ठ, ४६–५० मा मुना दिशा, ५१–५५ मा आयुसा कार्की, ५६–६० मा सुस्मिता सुर्यबंसी, ६१–६५ मा अस्मिता राम्जाली, ६६–७० मा प्रेमकला राना सहभागी हुने भएका छन् ।
त्यस्तै पुरुष तर्फ ४६–५० केजीमा समुहमा प्रभाब कार्की, ५१–५५ मा स्याम बहादुर गाहा मगर, ५६–६० मा राजन रसायली, ६१–६५ मा प्रविन बुढा मगर, ६६–७० मा दान बहादुर सारु, ७१–७५ मा भुवन थापा, ७६–८० केजी समुहमा प्रकास गिरी सहभागी हुने भएका छन् ।
प्याटन तर्फ अस्मीता थापा, आयुसा कार्की, मनिका राना, सिमरन तामाङ्ग, प्रर्तिक बगाले, दिल बहादुर ढेगा, विमल राना छनोट भएका छन् ।
छनोट भएका खेलाडिहरुलाई थप आवश्यक प्रशिक्षण सहित राष्ट्रिय खेलमा सहभागि गराईने तेक्वाण्डो समितिले जनाएको छ । कार्यक्रममा तेक्वाण्डो जिल्ला समिति पाल्पाले छनोट भएका खेलाडिहरुलाई सफलताको शुभकामना समेत दिएको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका सदस्य अमित प्रधानको प्रमुख आतिथ्य र तेक्वाण्डो जिल्ला समिति पाल्पाका अध्यक्ष तथा अन्तराष्ट्रिय प्रशिक्षक निर बहादुर सारुको अध्यक्षतामा चलेको थियो ।