बिजय कुमार मगर
दोहा, कतार, २०१५ अक्टोबर ३१ – नेपाल मगर संघ, शाखा कतारले प्रत्येक बर्ष मनाउदै आएको मगरहरु को महान पर्व माघे संक्रान्ति मनाउनका लागि तयारी सुरु गरिएको छ ।
उक्त कार्यक्रम मिति जनवरी १५ २०१६ मा बृहत रुपले पिकनिक, विविध सास्कृतिक तथा खेलकुद कार्यक्रम गरेर मनाउनका लागि केन्द्रिय समितिको चौंथो बैठकद्धारा पारित संयोजक नेपाल मगर संघ, शाखा कतारका प्रथम उपाध्यक्षमा शेर बाहादुर रोका मगर को संयोजकत्वमा ९ सदस्यिय उपसमिति गठन गरिएकोछ ।
उक्त कार्यक्रम सफल पार्नका निम्ति मिति अक्टोबर ३० २०१५ का दिन एक विशेष कार्यक्रम गरी नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा संस्कृतिक बिभागका संयोजक रबि पुलामी मगर को सभापतित्वमा, नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर को विशेष उपस्थितिमा केन्द्रिय महासचिव बिजय कुमार मगरको सञ्चालनमा विभागका दोहाका उमघुलिनामा रहेको वेलकम रेस्टुरेन्टमा नाटेश्वरी देवीको सम्झनाको साथमा भगवान बुद्धको पुजा आरधना गरी कार्यक्रम विधिवत रुपमा उद्घाटन गरियो ।
उक्त कार्यक्रममा अन्य उपस्तिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका सल्लाहकार जनक थापा मगर, प्रथम उपाध्यक्ष तथा माघे संक्रान्ति २०७२ का संयोजक शेर रोका मगर ,संगठन सचिव विवेक पुलामी मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, केन्द्रिय सदस्य खम्वराज थापा मगर, शुक्र व. पुलामी मगर, मानर्थ सदस्य टेक रसाइली र कला तथा सांस्कृतिक विभागका कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कला तथा संस्कृतिक बिभागका नयाँ तथा पुराना कलाकार र केन्द्रीय समितीका सदस्यहरु बिच परिचयत्मक कार्यक्रमको साथमा उद्घाटन गरिएको भएको थियो । भने कार्यक्रम संयोजक शेर रोका मगरले उपस्थित संर्पुणमा कार्यक्रम सफल वनाउनका लागि हर किसिमले अगाढि बढ्नु पर्ने र सहयोग गर्नु हुनेछ भन्ने आशा राख्दै स्वागत गरेका थिए।
नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले मगरहरुको महान चाड मनाउनुको औचित्य र यसको महत्वको वारेमा वताउनु हुंदै माघे संक्रान्ति २०७२ लाई सफल पार्न कला तथा संस्कृति बिभागको महत्वपूर्ण भुमिका रहेको र नेपाल मगर संघ, शाखा कतारले विगतका वर्षहरुमा जस्तै आफ्नो मौलिक परम्परा कला, संस्कृति, तथा नेपालीहरुको संस्कृतिलाई संसार भरी चिनाउनका लागी अगाडि बढी रहेको जानकारी गराए। उपस्थित कलाकारहरुको हौसला र मनोबल बढाउदै सम्पुर्ण कलाकारहरुलाई अनुशाशित ढंगमा माघे संक्रान्ति २०७२ लाई सफल बनाउनका लागि हार्दिक अनुरोध गरे।
अन्तमा, कार्यक्रमका सभापति तथा नेपाल मगर संघ, कला तथा संस्कृति बिभागका संयोजक रबि पुलामी मगर ले माघे संक्रान्ति २०७२ कार्यक्रममा कला तथा संस्कृती बिभाग बाट कार्यक्रमलाई सफल पर्नको निम्ति मगरहरुको नाच हुर्रा, कौराह, सलैजो, सोरठी, झ्याउरे, भुम्या, लोक नृत्य प्रस्तुति रहने र साथै मनोरंजनका लागि अन्य मगर गीत, लोक दोहरी, फिल्मी गित, सांगितिक कोशेली रहने बताए।
र उपस्तिथ सम्पुर्ण कलाकारहरुलाइ कार्यक्रम सफल पार्न सहयोग गर्नका लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै उक्त कार्यक्रमको समापन गरेका थिए।