पासाङ भए उपराष्ट्रपति

Read Time:3 Minute, 24 Second

राज्यसत्ता
कार्तिक १४ काठमाडौं , आज भएको उपराष्ट्रपति चुनावमा पूर्व माओवादी लडाकू कमाण्डर नन्दकिशोर पुन “पासाङ” निर्वाचित भएका छन् ।

उपराष्ट्रपति पदको निर्वाचनमा ५४७ मत खसेको जनाइएको छ ।संविधानसभामा रहेको कुल ५९६ सांसद मध्ये ५४७ जनाले मतदानमा भाग लिएका हुन् ।आजको मतदानमा आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुले सहभागिता जनाएनन् ।

नयाँ बानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म मतदान चलेको थियो । उपराष्ट्रपतिका पदका लागि एनेकपा माओवादीका स्थायी समितिका सदस्य नन्दबहादुर पुन पासाङ र नेपाली काँग्रेसका पुराना नेता अमियकुमार यादव प्रतिस्पर्धा गरेका थिए । आजको निर्वाचनमा पासाङलाई एमालेसहित सत्तारुढ दलको समर्थन रहेकाले उनकै पक्षमा मतपरिमाण आउने सम्भावना बढी रहेको थियो ।प्रधानमन्त्री ओलीले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गरेका थिए ।

सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन,पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उहाँले पुर्याउनु भएको योगदानलाई संस्थागत गर्न पासाङलाई जिताउन आग्रह गरेका थिए ।उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन उहाँले देखाउनुभएको सकारात्मक भूमिका अतुलनीय रहेको भनाई  प्रधानमन्त्री ओलीले व्यक्त गरेका थिए ।
१० बर्षे माओवादी बिद्रोहमा उनले शशक्त भूमिका निर्वहा गरेका थिए ।इमान्दार स्वभावका पासाङ दुबै किड्नी फेल हुँदा पनि बिदेश नगै स्वोदेशमै उपचार गराए राष्ट्रप्रेमको भाव र लगाव रहेको भनी धेरैले उनको प्रसङ्सा गरेका थिए ।
कतिपयले पासाङ जस्तो उर्जावन व्यक्तिलाई प्रचन्डले उपरास्ट्रपती जस्तो अधिकार विहिन पद दिएर पाखा लगाउन लागेकोमा आपत्ति पनि जनाएका छन ।
मत गणनामा सहभागीहरु नेताहरुका अनुसार पासाङले ३२५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार अमियकुमार यादवले २१२ मत पाएका छन्

संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओवनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा गर्नेछन । 
तस्विर श्रोत : अनलाइन खबर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %