कृष्ण सारू मगर
दोहा-कतार, ३१ अक्टुवर – नेपाल प्रवासी जनजाति महासंघ कतारले तदर्थ समितिका सदस्य लक्ष्मी कुमार गुरूङको विशेष आतिथि तथा दश जातिय मातृ संस्थाहरूका पदाधिकारीहरू एवंम् जनजाति महासंघ बहराईनका सुचना तथा संचार प्रमुख कृष्ण सारू मगर, अतिथिहरूको उपस्थितिमा महासंघको तेस्रो संघिय परिसदले सियाराम चौधरीको अध्यक्षतामा भुईयान रेष्टुरेन्टको सभाहलमा कार्यक्रम संपन्न गरेको छ ।
महासंघमा आवद्ध मातृ संस्थाहरू क्रमश: नेपाल मगर संघ शाखा, तमु समाज, किराँत याक्थुम चुम्लुङ, किराँत राई यायोक्खा, नेपाल प्रवासी तामाङ समाज, थारू कल्याणकारी सभा च्याप्टर, भुजेल समाज, सुनुवार समाज, नेवा पु:च दोहा, माझी सेवा समाज कतारमा स्थापित निम्न तपशीलका मातृ संस्थाहरूको अध्यक्ष तथा प्रतिनिधि वक्ताहरूले प्रतिवेदन माथी आ-आफ्नो धारणा राख्दै भाषिक, तथा जनचेतना स्तरको प्रशिक्षण कार्यक्म अबिलम्व राख्ने उक्त भेलाले तय गरेको छ ।
जनजाति महासंघलाई २००६मा स्थापित विशुद्ध जातिय संगठनहरूको मातृ संस्थाको तदर्थ समितिमा सदस्य समेत रहेका कर्तब्य निष्ठावान गुरूङलाई दश जातिय मातृ संस्थाहरूका पदाधिकारीहरूले खादा ओढाई सम्मान जनक विदाई गरेको छ भने, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ संघिय परिसदले गूरूङलाई लामो समय देखि संस्थालाई दिएको योगदानको उच्च मुल्यांकन गर्दै महासंघका अध्यक्ष सियाराम चौधरीले सम्मान पत्र प्रदान गरेको हो ।
कार्यक्रमका सभापतित्व सियाराम चौधरीले गरेकोमा संचालन पुर्षोतम सुनुवार र स्वागत मंतब्य लिलम चिदि मगरले दिएको थिए । आर्थिक प्रतिवेदन नरेन्द्र एभेङ लिम्वुले प्रस्तुत गरेको थिए ।