मधेश र मधेशी

Read Time:11 Minute, 26 Second

चन्द्रबहादुर श्रीस मगर

नेपालको भौगोलिक विविधता भित्र पूर्व पश्चिम फैलिएको समथर भुभागमा बसोबास गर्ने भाषिक रुपमा मैथली, भोजपुरी, र अवधी भाषा बोल्ने र भेषभुषा, पहिरन, भाषागत रुपमा फरक भए पनि झण्डै एउटै जस्तो देखिने समुदायलाई पहाडमा बस्ने नेपालीहरुले मधेश र मधेशी भन्दै आए । आज पनि मधेशमा बस्ने मधेशीहरुलाई राज्यले विभेद गर्दै आईरहेको हुनाले राजनिति अधिकारको लागी मधेश अहिले मुद्दा बनेको छ । यो मधेश र मधेशी शब्द कसले र के कारणको लागी नामाकरण गरीयो थाहा छैन तर यो अहिले पहिचानको रुपमा स्थापित बनेको छ ।

नेपालको शरदभित्र पर्ने झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, सर्लाही, महोत्तरी, धनुषा, रौताहट, बारा, पर्सा यी एघार जिल्ला नक्सामा चुरे पर्वतमालाले अर्थात चुरीयापर्वतले छुट्टाईएको छ । यस पछि मकवानपुर (हेटौडा), चितवन, र नवलपरासीको दाउन्ने देखी पूर्व नवलपुर क्षेत्र भित्रि मधेशबाट परिचित छन् भने नवलपरासीको दाउन्ने देखी पश्चिम तर्फ परासी, रुपन्देही र कपिलवस्तु भौगोलिक रुपमा एक भुभागमा पर्दछ । कपिलवस्तु र दाँङ जिल्लाको कोईलावास उत्तर तर्फ चुरे पर्वतमालाले छुट्टाएको छ र त्यस पछि दाँङ जिल्लाको देउखुरी भित्रि मधेश पर्दछन् भने दाँङलाई एक उपत्यकाको रुपमा लिन सकिन्छ र यस भन्दा पश्चिम तर्फको जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर एउटै समथर भुगोल भित्र पर्दछ ।

मधेशी र मधेशका समस्याः

सुगौली सन्धी अघि बृहत्तर (Greater Nepal)थियो । तर त्यस पछि सिमानाहरु खुम्चिएर वर्तमान नेपालको सिमाना कायम हुन पुग्यो । वर्तमान नेपालको सिमाना भित्र तराई मधेशमा बसोबास गर्नेहरुलाई मधेशी नामाकरण गरीयो र विशेष रुपमा भारतिय मुलका मधेशीहरु माथी नेपालका शासन सत्तामा बस्ने शासकहरुले २५० बर्ष देखी विभेद र उत्पिडन गर्ने कार्य हुदै आयो । नेपालमा समय समयमा विभिन्न खाले राजनिति परिवर्तनहरु हुदै आएको भए पनि यी उत्पिडित बर्गहरुको उन्मुक्तिको लागी भने कहिलै परिवर्तन हुन सकेन । त्यसको फलस्वरुप समय समयमा नेपालको शासक र केन्द्रिकृत सत्ताको बिरुद्धमा मधेश आन्दोलन र बिद्रोहहरु हुदै आईरहेको छ । र हाल भईरहेको मधेश आन्दोलन पनि आफ्नो पहिचान र अधिकारको लागी आन्दोलन भईरहेको छ तर नेपालका शासकहरुले भने कुनै चासो देखाईरहेको छैन ।

भारतिय मुलका मधेशी समुदाय :

वास्तविक रुपमा यो कुनै जाती नभएर यो समुदाय अर्थात समुह हो र यस समुदाय भित्र विभिन्न जातजातीहरु छन् । जातजातीहरुको सवालमा ब्राम्मण देखी डोम सम्म पर्दछन् र यही समुदायलाई नै मधेशी भनियो । मुलतः धार्मिक रुपमा अधिकांश हिन्दु वर्णश्रम व्यवस्था भित्र बांधिएका छन् भने भाषिक रुपमा प्राय भारोपोली भाषा समुह अन्र्तगत पर्दछन् र आफ्नै किसिमका रहनसहन, संस्कृति र रितिरिवाज रहेको छ ।

राष्ट्रिय जनगणना २०५८ अनुसार थारु बाहेक मुशलमानहरु सहित मधेशी समुदायको जनसंख्या तराई मधेशको २१ जिल्लामा बसोबास गर्ने कुल जनसंख्याको २५.६२ प्रतिशत भए पनि राज्य सत्ताको विभिन्न निकायहरुमा यस समुदायको न्यून प्रतिनिधि रहेको पाईन्छ । राष्ट्रिय जनगणना २०५८ अनुसार तराई मधेशमा बसोबास गर्ने ५८ जातजातीहरुको पहिचान खुलाईएको पाईन्छ । यी मध्ये ११ वटा जातजातीहरु आदीवासी जनजातीमा सुचीकृत भएका छन् भने जनगणनामा समावेश तर पहिचान नखुलेका राजबोध, अमात, सैनी, नट, बेल्दार, खटीक, मदारी, तांती, अघोरी, कापडी, लहेरी र कलर समेत ७० जातजातीको समुहलाई मधेशी भनियो । यी मधेशी समुदायको जनसंख्या मध्ये सबभन्दा बढी जनसंख्या मुशलमानहरुको ८९,७१०५६, र दोस्रोमा यादवहरुको जनसंख्या ८,९५४२३ छन् भने सब भन्दा अल्पसंख्यत्मक रुपमा रहेको पत्थरकट्टा कुशवाडियाको जनसंख्या जम्मा ५५२ रहेको छ ।  

शंकाको घेरामा मधेशी अगुवा नेताहरुः

माथी उल्लेख गरे अनुरुप मधेशी समुदायलाई नेपालका शासन सत्तामा बस्ने शासकहरुले २५० बर्ष देखि विभेद र उत्पिडनमा पारेर अधिकारहरुबाट बञ्चीत गराउदै आईरहेको सत्य यर्थातता स्पस्ट छ तर्सथ समय समयमा नेपालको शासकहरुको बिरुद्धमा मधेश आन्दोलन र बिद्रोहहरु हुदै आईरहेको छन् तर कहिले कांही मधेशी अगुवा तथा नेताहरुले प्रदर्शन गर्ने गरेको शंकाष्पद गतिबिधि र चालचलनहरुको कारणले गर्दा राज्यसत्ताले पनि उनीहरुको कतिपय मागहरुलाई शंकाको दृष्टीकोणले हेर्नुपर्ने बाध्यात्मक परिस्थितीको सिर्जना गरीदिएको छ । बिषेश गरी मधेशी अगुवा तथा नेताहरु काठमाण्डौ संग भन्दा छिमेकी राष्ट्र भारतको दिल्ली, पटना, लखनौ, बनारस, इलाहाबाद, बिहार आदी संग आफुलाई नजिक सोच्दै आएका छन् ।  

भारतसंग दक्षिण, पश्चिम र पूर्व तर्फ गरी तिनतिर सिमा जोडिएको छ । दक्षिणको भारतसंग रोजी, रोटी र वेटीको सम्बन्धको कुरा उठाउछन् साथै पश्चिम र पूर्व तर्फ पनि त्यस्तै सम्बन्ध छ भने उत्तर तर्फ चीनको स्वशासित क्षेत्र तिब्वतमा पनि बैबाहिक सम्बन्ध रहदै आएको छ तर दक्षिणमा जस्तो कुनै किसिमको मुद्दाहरु उठने गरेको छैन । भारतिय शासकहरुले अग्रेजको समय देखी नै नेपालका शासकहरु सधै भारतिय दलालहरु हुदै आएता पनि मधेशका जमिन्दार तथा अगुवाहरुलाई  Check and Balance को रुपमा प्रयोग गर्दै आईरहेको देखिन्छ । किन भने २००७ सालमा एकतन्त्रिय जहांनिय राणा शासनको अन्तसंगै तराई कांग्रेसको जन्म भयो भने ३० बर्षे पञ्च्याती व्यवस्थाको अन्तसंगै मधेश र मधेशीको हित र अधिकारको निम्ती भन्दै नेपाल सदभावना पार्टीको उदय भयो । २०६३/०६४ को जनआन्दोलनको क्रममा मधेशी जनअधिकार फोरमको नाममा मधेश आन्दोलनको शुरुवात भएको थियो । अहिले मधेश केन्द्रित एक दर्जन भन्दा बढी मधेशवादी पार्टीहरु देखा परीसकेका छन् । मधेशी अगुवा नेता मात्र होईन आफुलाई नेपाली अगुवा नेताहरु हुं भन्नेहरु पनि कमी छैन । यो समयमा छिमेकी भारतिय शासकहरुले नेपाल र नेपालीहरुलाई हेर्ने दृष्टीकोण राम्रो देखिएको छैन ।

नेपालको संविधान संविधान सभाबाट घोषण हुने सुनिश्चित भए पछि संविधान सभामा प्रतिनिधित्व रहेको मधेशवादी दलहरु लोकतान्त्रिक मधेशी मोर्चा मार्फत संविधान सभा त्याग गरी मधेश केन्द्रित आन्दोलनको घोषण गरीरहेको समयमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतको रुपमा विदेश सचिव नेपाल आएर संविधान घोषणलाई रोक्न खोज्नु र उनीहरुले चाहे अनुरुप संविधान घोषण नरोकिए पछि पारवाहन सन्धीको उलङ्घन गर्दै अघोषित रुपमा नेपाललाई नाकाबन्दी गर्नु, मधेशवादी आन्दोलनकारीहरु मार्फत ६ बुँदे माग आफ्नो तर्फबाट पेश गर्नु र अन्तराष्ट्रिय सिमा क्षेत्रमा धर्ना दिनु आदी कारणहरुले पनि शंका उत्पन्न हुनु स्वभाविक देखिन्छ ।

मधेशको रणनितीलाई गहिरीएर अध्यान गर्ने हो भने हिजो देखी जमिन्दार सामन्त टाठा बाठा उच्च जातीहरुको हातमा केन्द्रित रहदै आएको छ र यिनीहरुले नेपालमा भन्दा दक्षिणतिरको सम्बन्धलाई प्रगाढ बनाउदै आईरहेको छ । आम मधेशी समुदाय यही शक्तिबाट मधेशमा उत्पिडनमा परेका छन् । त्यसकारण मधेशवादी राजनिति दलहरुले जातिय जनसंख्याको आधारमा राज्यको हरेक निकायमा प्रतिनिधित्वको बदला जनसंख्या/समुदायको प्रतिनिधित्वको आधारमा राज्यको प्रत्येक अंग निकाय तथा तहमा समानुपातिक प्रतिनिधिको माग गर्दै आईरहेका छन् ।

यसको कारण स्पष्ट हुन्छ कि जातिय जनसंख्याको आधारमा प्रतिनिधित्व हुदा यी उँच्च जातीहरुको हातबाट मधेशको राजनिती बाहिरीने डर छ र अन्य  बहुसंख्याक मधेशी समुदायको हातमा मधेशको राजनिति केन्द्रित रहने छ जो राष्ट्रियता र राष्ट्रवादको सवालमा अटल र अब्बल पनि छ । यस परिस्थितीमा नेपाली राष्ट्रवादलाई कमजोर पारीदै छ । नेपालको राष्ट्रवाद धरापमा परेको छ बिचरा भन्न लाएकको भएको छ । अतः सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक भएर उभिनु आजको आवश्यक्ता भएको छ ।

(लेखकःराष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका महासचिब हुन)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %