भिम बरही मगर, १८ नोभेम्वर, हंगकंग, भुकम्पले गर्दा अनाथ बनेका नेपालका ८ जिल्लाका करीब ५० जना बालबालिकाको शिक्षाको लागि मिस मगर हंगकंग समुहले सहयोग गर्ने भएको छ । उक्त सहयोग रकम संकलन गर्नको लागि मिस मगर हंगकंग समुहले उनीहरुलाई उठाउँ भन्ने नाराका साथ युनलोङ थेटर हलमा सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिए । मगर संघ हंगकंगको कार्यालय हलमा आयोजित पत्रकार सम्मेलनमा मिस मगर हंगकंग २०१५ को ताज पहीरीन सफल पुजा राना मगरले २७ डिसेम्वरमा सम्पन्न हुने कार्यक्रमको बारेमा जनकारी गराएकी थिइन । मिस मगर हंगकंग समुहले ब्यक्तिगत रुपमा पनि बच्चाहरुको शिक्षाको लागि जिम्मा लिएको जानकारी गराएका थिए ।
भर्रखरको उमेरमा नै यस्तो समाजिक कार्य प्रति सचेत हुनु भनेको मगर समुदायको लागि मात्रै नभएर देशको लागि पनि गौरवको कार्यको थालनी भएको छ । राना मगर, मगर संघ हंगकंगको प्रत्यक्ष राहत कार्यक्रममा पनि नेपाल गएर सवै कुरा देखेर साथै भोगेर आएकी पात्र हुन । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरको नेतत्वमा कोषाध्यक्ष निलम थापा मगर पनि राहत लिएर नेपाल गएकी थिइन ।