Read Time:2 Minute, 44 Second
राज्यसत्ता, भिम बरही मगर, १८ नोभेम्वर, हंगकंग, नेपाली जनसम्पर्क समिति हंगकंगको दशै तिहारको शुभकामना साथै टिम्बरबोटे काण्ड बृत्तचित्र प्रर्दशनी कार्यक्रम कंगन रेष्टुरेण्ट जोर्डनमा सम्पन्न भएको छ । प्रमुख आतिथ्य ग्रहण गरी शुभकामना मन्तब्य दिदै नेपाली महाबाणिज्यदूत महेश प्रशाद दाहालले भुकम्प पिडितलाई हंगकंग र मकाउबाट नगद तथा जिन्सी गरी करीव २ अर्व बरावरको सहयोग गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै सवैलाई धन्यवाद दिएका थिए । बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिएका थिए । समितिलाई सहयोग गर्ने ब्यक्तिहरुलाई पनि सम्मान गरीएको थियो । सभापति बसन्त श्रीनेटको समापतित्वमा महामन्त्री मिन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष किसन देवानले शुभकामना तथा स्वागत मन्तब्य दिएका थिए । सभापति श्रीनेटले शुभकामना दिदै महावाणिज्यदूत दाहाललाई विशिष्ट श्रेणीमा पदोन्नती भएकोमा बधाई ज्ञापन गर्दै नयाँ आउने महाबाणिज्यदूतसंग पनि जनसम्पर्क समितिको सम्बन्ध अहिलेको जस्तै प्रगाढ हुने अपेक्षा राखेका थिए ।
औपचारीक कार्यक्रम सकिएपछि बृत्तचित्र प्रदर्शन गरीएको थियो । २०३१ साल पुष १ गते सोलुखुम्बुको टिम्वरबोटे भन्ने ठाउँमा एल पि गुरुङको नेतृत्वमा भएको लडाकु समुह माथि तत्कालिन शाही सेनाले आक्रमण गरेको थियो । त्यस आक्रमणबाट बाच्न सफल एल पि गुरुङ र जसधन राई अझै पनि जिवितै छन । सोही काण्डबारे तयार परीएको बृत्तचित्र प्रदर्शन गरीएको थियो । टिम्वरबोटे काण्ड बृत्तचित्रका निर्माता तथा जिउदा शहिद एल पि गुरुङका जेठा छोरा नरेन्द्रराज गुरुङले उक्त घट्नाबारे जानकारी गराएका थिए । त्यस काण्डले गर्दा सशस्त्र क्रान्ति असफल भएको भनी वि पिले शान्तिपूर्ण आन्दोलन रोजेका थिए ।
Happy
0
0 %
Sad
0
0 %
Excited
0
0 %
Sleepy
0
0 %
Angry
0
0 %
Surprise
0
0 %