हङकङ पुलिस फोर्समा पहिलो नेपाली निरज गुरुङ छनोट

Read Time:3 Minute, 51 Second

मुककाजी(काजी)गुरुङ्

    हङकङ, अक्टूबर १६ – मेहनत गरे सफलताको शिखर चुम्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन स्याङ्जाका निरज गुरुङ ।

गण्डकी अञ्चल स्याङ्जा जिल्ला माझकोट शिवालय (भिरकोट आठथर तमु समाज स्याङ्जा हङकङ ) – ५ निवासी बाबा भिम गुरुङ र आमा गंगा गुरुङको जेठो छोरा हुन निरज गुरुङ। सन १९९६ मा नेपालमा नै जन्मेका निरज गुरुङ ५ बर्षको उमेरमा हङकङ आएका हुन।

  शुरुदेखी नै हङकङकै स्थानीय भाषामा नै अध्ययन शुरु गरे र १ बर्ष अगाडि मात्र प्लस टु बराबरको उच्च शिक्षा हासिल गरे पछी हिमालयन परियोजना युनलोंग जिल्लाले आयोजना गरेको बिभिन्न कार्यक्रमहरुमा सहभागीता हुंदै सोही परियोजनाकै मार्ग दर्शनमा आज निरज गुरुङ लगायत अन्य स्थानीय चाईनिजहरु पनि हङकङ पुलिस फोर्समा छनोट हुन सजिलो भएको बताउंछन ।

  निरज गुरुङ लगायत अन्य ४ जना स्थानीय चाईनिजहरु हिमालयन परियोजना अन्तर्गत हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा हिमालयन् परियोजनाले युनलोंगस्थित पुलिस स्टेशनमा अवस्थित कार्यकक्षाको सभा हलमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा हङकङ पुलिस फोर्स, युनलोंग जिल्लाका डिप्युटी कमान्डर मिस्टर केरी क्यारो लगायत अन्य पुलिस अफिसरहरुको पनि सहभागिता रहेको थियो।

  कार्यक्रममा निरज गुरुङ लगायत अन्य ४ जना स्थानीय चाईनिजहरुलाई युनलोंग जिल्लाका डिप्युटी कमान्डर मिस्टर केरी क्यारोले हङकङ पुलिस फोर्समा छनोट हुन सफल भएको खुशीयालीमा बधाई तथा शुभकामना ब्यक्त गर्दै युनलोंग जिल्ला पुलिस अंकित मायाको चिनो प्रदान गरे। यसैगरी उपस्थित युनलोंग जिल्लाका पुलिस अफिसरहरुले पनि बधाई तथा शुभकामना ब्यक्त गर्दै हात मिलाएका थिए।

  बधाई तथा शुभकामना ब्यक्त गर्ने क्रममा डिप्युटी कमान्डर मिस्टर केरी क्यारोले निरज गुरुङ हङकङ पुलिस फोर्समा पहिलो नेपाली भएको पनि बताए । यसैगरी हिमालयन् परियोजना युनलोंग जिल्लाको लक्ष्य, उद्धेश्य र हालसम्म सो परियोजनाले गरेका कार्यहरुको बारेमा पनि प्रकाश पारेका थिए।

  हङकङ पुलिस फोर्सको तालिम ६ महिनाको हुने र ६ महिना तालिम पुरा गरे पश्चात निरज गुरुङ लगायत उनका अन्य सहकर्मीहरुले हङकङ पुलिस फोर्सको पोशाक पहिरिने छन ।

  आज निरज गुरुङ्को मेहनतले पाएको सफलताले वीर गोर्खालीको नाम अझ उच्च बनेका छन। हङकङबासी सिंगो नेपालीको गौरव बनेका छन । लागू दुर्व्यसनमा नेपाली युवाको चढ्दो तथ्याँकमा नेपाली पुस्ता जेहेन्दार पनि छन भन्ने सन्देश दिदैं युवाहरूको लागि एउटा उदाहरणीय बनेका छन निरज गुरुङ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %