बम थापा सूर्यवंशीमगर
लण्डन,अक्टूबर १४ – बृटिश आर्मीका उच्च ओहोदाका भुतपूर्व मेजर चित्रबहादुर राना मगर मगर समुदायको तर्फ बाट बेलायतमा पहिलो काउन्सलिंगमा निर्बाचित भएका छन् ।
बेलायतमा रहेका मगरहरुलाई एकीकृत तथा सङ्गठित गर्दै अघि बढिरहेको संस्था मगर संघ युके सेन्ट्रल कमिटीका सल्लाहकार पूर्व मेजर बेलायतको लण्डनमा अवस्थित वोकिङ् काउन्सिलको पहिलो मगर काउन्सिलरमा निर्वाचित भएका हुन् ।
कन्जरभेटिभ पार्टीका तर्फबाट उम्मेदार दिएका रानामगरले ४ जना प्रतिस्प्रधीलाइ पछि पार्दै अत्याधिक भोट ल्याएर विजय हासिल गरेका थिए ।
स्याङजा जिल्लाको एउटा मगर गाउँमा जन्मेका हुर्केका रानामगरले नेपाल सरकारले मगर जातिको पहिँचान र सामर्थ्यको आधारमा ऐतिहासिक पहिचान, आफनो भाषा, भूगोल, अर्थतन्त्र, इतिहास मार्फत अधिकार सम्पन्न गराएमा नेपाल राष्ट्र र राष्ट्रिय एकता मजबुत हुने बताए ।