साँगीतिक क्षेत्रमा उदाउदै गगन पुन

मीना थापा मगर

  २०१० मा पोखराको बिग एफएमले आयोजना गरेको पहिलो बिग आईकनमा सबैभन्दा अन्तिममा फर्म भरेका म्याग्दी दग्नाम गाविसका गगन पुननै प्रथम बिग आईकन भए ।

त्यसयता उनको सांगितिक यात्राले श्रीगणेश गर्यो । २०६९ सालमा ‘थाहै भएन मलाई पतै भएन…’ भन्ने गीतले नै उनलाई यस क्षेत्रमा चिनाउन सफल भयो । उनको ‘रिदम’ नामक एल्बम बजारमा आएको छ । उनको प्रेरणाको श्रोत अरुण थापा मगर हुन् । उनको गीतहरु स्टेजमा पर्फम गर्दागर्दै बिग आईकनले उनलाई साँगीतिक यात्रामा केहीहदसम्म स्थापित गर्न सफल भयो ।

अरुण थापा र अन्जु पन्त मन पर्ने म्याग्दीका गगन अहिले काठमाडौंमा बसेर यस क्षेत्रमा अझ केही गर्न प्रयासरत छन् । हरेक क्षेत्रमा नातावाद, कृपावाद रहे जस्तो संगीत क्षेत्र पनि अछुतो छैन । र, पनि निरन्तर फरक फरक खालका गीतहरु गाएर आफुलाई भर्सटाईल गायकको रुपमा पहिचान बनाउन चाहन्छन् ।

हङकङ, बहराईन र भारतमा स्टेज प्रस्तुति दिएका गगन मेजन पुन मगर निर्देशत रैंयाँ चलचित्रमा सहनायकको रुपमा गायककै भुमिकामा प्रस्तुत भएका छन् । र, हाल यो चलचित्र कास्की, स्याङ्जा, पाल्पा, सुर्खेतमा प्रदर्शन भई आफ्नो भुमिकालाई मन पराईदिएकोमा गगन दंग पनि छन् ।

कास्की, म्याग्दीको विभिन्न ठाउँको महोत्सवहरुमा आफ्नो गायन प्रस्तुत गरिसकेका गगन अहिले कोरियामा आयोजित भएको साँगीतिक कार्यक्रममा प्रस्तुति दिन गएका छन् ।