बेलायतको सांगितीक यात्रामा गायिका मेलिना राई

Read Time:3 Minute, 48 Second

रोशन मेवाहाङ्ग

लन्डन, २५ असोज – आसफोड म्यागबुल ग्रामर स्कुलको नाटकघरमा बि. सी. राईको आयोजनामा देउराली साँझ भव्यरुपमा सम्पन्न भएको छ ।

  नेपालको भूकम्प पीडित तथा व्रिटिस उदारता क्यान्सर अनुसन्धान बेलायतको सहयोगमा बन्ट ओक नेपाली समाजले बेलायतको विभिन्न शहरमा देउराली साँझ गरेको हो । उक्त कार्यक्रममा स्वर्ण पदक विजेता बरिष्ठ लोक गायक कृष्ण गुरुङ्ग,खोजि प्रतिभा प्रतियोगितामा अन्तिम चरन सम्म पुग्न सफल भएका रेवत राई,नायिका तथा गायिका निता गुरुङ्ग र त्रिभुवन विश्व विध्यालयबाट समाजशास्त्र र अंग्रेजीमा स्नातक गरिसकेकी गायिका मेलिना राईको प्रस्तुति रहेको थियो ।

जगत नवोदितले संन्चालन गरेको कार्यक्रममा कलाकारहरुलाई किराँत यायोक्खा बेलायतका प्राम्भिक कार्य समिती आशफोड, मेडस्टोन साथै अन्य ईच्छुक व्यतिmहरुले उच्च सम्मान गरेका थिए ।

  आधुनिक युगको तारा देवि भनेर भन्दा पनि फरक नफर्ने मेलिना राईले सांगितीक लोकप्रियता हासिल गरिरहेका छिन् ।

गायिका मेलिना वि. स.२०६५ सालमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा गितकार भुपाल राई र संगितकार डाक्टर किराँतको “सुनको केश धोए सुनकोशीमा, दुदको मुख धोए दुधकोशीमा,तर दुई किनार झै धित खोलेर, भित्री मन धुने कुन कोशीमा” गितहरु लिएर उलने पहिलो एल्बम “बहार” बाट चर्चा परिचर्चामा आईकी हुन । हेर्दा जति चंचल देखिन्छन् । बास्तबमा घरको अनुशासन र बुबाको मार्गदर्शनमा संगीतको रियाज सानो उमेर बाटै सुरुवात गरेकी रहेछिन् । करिब ११ बर्ष हुदै उनले बुबा जिबेश राईको शव्द रचना र संगीतमा “काखमा यति सुन्दर देश” बोलको राष्ट्रिय स्तरको गित रेकर्ड गर्दा
बुबाको मन छुएको बताईन ।

  मामा घर खर्साङ्गमा जन्म भएकी मेलिनाको पुख्यौली गाँउघर नेपाल खोटाङ्ग हलेसी भएको खुलासा गरिन । होमियोछा चाम्लिङ्ग राई भएको कारण उनलाई किराँतीहरुको महान चाढ साकेला अति नै मन मर्ने बताईन । उहाको सानै उमेर भए पनि उच्च विचार र बौद्विकता रहेछ ।

  उपस्थित माहोललाई नेपाली मिल्म नाई नभन्नु ल ३ चर्चित गित कम्मर माथि पटुकी, पटुकी मागि घैला, घैलाको पानि खान आउछन् कति बैमानि बोलको गित प्रस्तुत गर्दा सम्पुर्ण दर्शकहरुको मन जित्न सफल भएकी थिइन ।

त्यसै गरि अन्य कलाकारहरुको प्रस्तुति अत्यन्तै प्रभाबकारी रहेको थियो । उनिहरुको अर्को प्रस्तुति हेर्न दोश्रो गोर्खा पल्टन आतुर रहेको पल्टनका कार्यक्रम संयोजक ज्ञेनेन्द्र राईले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %