चन्द्र मादेन ‘आन्छन्’
हङकङ, अक्टुवर ७, चुम्लुङ हङकङले विकट दुई जिल्लालाई बाह्रला रूपैया सहयोग गरेका छन् ।
नेपालको ताप्लेजुङ स्थित गत जुन १० वुधवारमा गएको वाढीपहिरोले झण्डै ५ दर्जनले अकालमा ज्यान गुमाएका पीडित परिवारहरुलाई र गत वैशाक १२ गते गएको विनासकारी भूकम्पले सिन्धुली जिल्लाको तीनकन्या गाविसका भूकम्प पीडित परिवारहरुलाई ६, ६ लाख गरि १२ लाखको आर्थिक सहयोग किरात याक्थुङ चुम्लुङ हङकङले गरेको कुरा अध्यक्ष त्रिभुवन लुम्फुङवाले वताउनुभयो ।
हङकङ चुम्लुङका वाढी पीडित संयोजक एवं उपाध्यक्ष असली(कमलकुमारी) वनेम गत महिना खुद लिम्वुवानको ताप्लेजुङमा गई (वंहा भर्खरै कर्मक्षेत्र हङकङ फर्किनुभाछ) त्यहिंको स्थानीय कियाचुलाई रोहवरमा राखि लिवाङ, खोक्लिङ, लिङतेप, सान्थाक्रा, खाम्लुङ, थुकिम्वा र थिङलावु गाविसका पीडित परिवारहरु सवैलाई क्षति हेरि पाँच हजार देखि ३० हजार सम्मका नगद र लताकपडा वितरण गरिएको कुरो जानकारी गराउनुभयो । वाढिपीडितको निम्ति तेह्रथुम मञ्चका श्याम ईङनाम लगायतको व्यक्तिहरुको सहयोग रहेको थियो ।
उता अर्को बैशाक १२ गतेको विनासकारी भूकम्पमा घरबास गुमाएका सिन्धुली तीनकन्या गाविसका १६ घर परिवारलाई पनि किरात याक्थुङ चुम्लुङ हङकलेनै अस्थाई घर बनाइदिएको छ । चुम्लुङका शुभचिन्तक एवं एवीसी टेलिभिजनका सम्वादाता मिलन योङयाको टोलीद्वारा उक्त विकट स्थानमा पुगि पीडितहरुलाई हस्तान्तरण गरिएको थियो ।
अरु जिल्लाहरु जस्तै सिन्धुली जिल्लाको तीनकन्या गाविसमा पनि बैसाख १२ गतेको विनासकारी भूकम्पको प्रभाव परेको थियो । तर, धेरै मानिसको नजरमा यातायातको असुविधा र वोलीदिने नभएकोले तीनकन्या गाविस परेन । तीनकन्याका भूकम्प पीडितको अवस्था नाजुक थियो । आफुले राहत नपाएको अवस्थामा दिनंहु जसो अरुले राहत पाएको खबर सुनिरहेका तीनकन्यावासी भेदभादको अथाहा पीडा थिए ।
तर, तीनकन्यावासी भूकम्प पीडितलाई सहयोग गर्ने पनि भेटिए । तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवारलाई किरात याक्थुङ चुम्लुङ हङकङले अस्थायी घर बनाइदिने प्रतिवद्धता जनायो । प्रतिवद्धता जनाएको करिव दुई महिनापछि चुम्लुङको सहयोगमा १६ वटा घर निर्माण सम्पन्न भयो । अब सिन्धुली तीनकन्याका अति विपन्न भूकम्प प्रभावित १६ घर परिवार आफ्नै घरमा बस्न थालेका छन् ।
किरात याक्थुङ चुम्लुङ हङकङको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका १६ वटा अस्थायी घर र लत्ताकपडा परिवारलाई हस्तान्तरण गरेको थिए । भूकम्पले घर भत्काएपछि तीनकन्याकै मञ्जु गुरुङ १० वालबच्चा सहित बाख्रा खोरमा कस्टकर दिन बिताइरहेका थिए ।
लिम्बु जातिको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ हङकङले भूकम्प प्रभावित तीनकन्यावासीलाई अस्थाइ घर बनाइदिने योजना अघि सार्दा नेपालीले मात्र होइन अन्य देशका नागरिकले पनि सहयोग गरेका छन् ।
चुम्लुङले अघि सारेका भूकम्प प्रभावितको लागि घर बनाउने अभियानमा एभरेष्ट तेक्वान्दो एकेडेमीका फाईप डान रविन कुमार नाल्बो, ईस्वो (लिम्वू)समाज साथै विभिन्न व्यक्तिहरुले सहयोग गरेको चुम्लुङ अध्यक्ष लुम्फुङवाले जानकारी दिनुभयो ।
चुम्लुङको अभियानमा हङकङमा बासोबास गरिरहेका कोरियन नागरिक एभरेष्टका तेक्वान्दो गुरु ओ जुङ पीलले समेत आर्थिक सहयोग गरेका थिए । यो अभियानको नेतृत्व नेपालका स्थानीय संयोजक आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरूङले गरेका छन् । जम्मा ४ लाख ४० हजार रुपैया नगद , एक लाख बराबरको कपडा र अन्य खर्च ६० हजार गरि ६ लाख रुपैयाको लगानीमा बनेका १६ वटा घरहरु धेरै लगानीमा बनाइएका घरहरुभन्दा कम छैनन् । साना र चिटिक्क घरहरु बनेका छन् ।
स्मरण रहोस – किरात याक्थुङ चुम्लुङ हङ्कङ्को गतवर्ष दशौं अधिवेशन देखि यता मातृभूमी नेपालमा निरन्तर प्रकृतिक प्रकोप परिरहेको छ । चाहे ताप्लेजुङमा पटक पटक आगो लागि हुँदा होस , चाहे अनिस्ट वाढीपहिरो जांदाहोस या सिंगो देशमा भूकम्पमा अकालमा धेरैले जिऊधन गुमाउदा होस चुम्लुङ हङकङ नित्य धारावाहिक अहोरात्र खटिई चन्दा उठाई यसरी आर्थिक सहयोगमा जुटिईरहेको छभने , अर्कोतिर चुम्लुङहिम (कार्यालय घर) खरिदको लागि दिनरात भोकप्यास, तिर्खालाई थांतिराखि हिम प्रतिनिधिहरु हङकङमा व्यस्त भैरहेको छ, जस्को वावजुद अहिले हङकङ डलर दशलाख(नेपाली रु झण्डै १ करोड, ४० लाख) उठिसकेकोछ ।