दिलप्रशाद थापा मगर
काठमाण्डौ, असोज १९ – २०७२ साल असोज १४ गते विहीबार नेपाल सरकार, मन्त्री परिषद्ले (२०७२ असोज ३ मा) लखन थापा मगरलाई “नेपालको प्रथम शहीद” घोषणा गरेकोमा सम्माननीइ प्र.म. सुशील कोइरालाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, मन्त्री परिषद् लगायत सबैलाई “धन्यवाद ज्ञापन समारोह” राष्ट्रिय नाचघर, जमलमा आयोजना गरियो ।
प्र.म.को स्वास्थ्य समस्या तथा कार्यव्यस्तताको कारण अनुपस्थिति भए पछि सरकारका प्रवत्ता तथा मा. सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र प्रसाद रिजालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा मन्त्री रिजालले प्रधानमन्त्रीले पठाउनु भएको शुभकामना पत्र बाचन गरेर सुनाउनु भएको थियो . मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री कृपासुर शेर्पा, मा. भूमि सुधार तथा व्यवस्था मन्त्री श्री दल बहादुर राना (मगर) विशिष्ट अतिथिको रुपमा उपस्थित भई मन्तव्य राख्नु भएको थियो ।
समारोहमा सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको थियो । सुम्निामा कल्चर एकेडेमीको तर्फबाट गायक, गायिकाको साथै स्थापित गायक दिपसागर थापा मगर र दीपा पुनले पनि आ–आफ्नो गलाको कता पस्किएका थिए । त्यस्तै म्याग्दी मगर सेवा समाजको मालिक थाली नाच र गोरखा बुंकोटबाट सायमारोहमा सहभागी हुन आएका टोलीले ल्याएको माँरुनी नाच पनि विशेष सांस्कृतिक प्रस्तुतिको रुपमा रहेको थियो । कार्यक्रममा सम्माननीय प्र.म. तथा नेपाल सरकारलाई सधन्यवाद सम्मान पत्र अतिथिहरुमा मा. सांसदहरु चिनकाजी श्रेष्ठ –ने.का.का प्रमुख सचेतक), अमरसिंह पुन, शिवलाल थापा, झुल बहादुआले, विन्दा आले, बीरमान तामाङ, तुलसा राना, केशरी घर्ती लगायत उपस्थित थिए भने मा. अमरसिंह पुन र मा. शिवलाल थापाले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका आजिवन सदस्य तथा पूर्व प्र.म.नि. कुबेर सिंह राना, सल्लाहकारहरु, नेपाल मगर संघ, संयुक्त मगर मञ्च लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भई केही अतिथिहरुले मन्तव्य राख्नु भएको थिए ।
असोज ६ गते सिंहदरबारमा मा. सांसदहरुका लागि एक “सम्मान तथा छलफल कार्यक्रम”
२०७२ असोज ३ गते आइतबार (नयाँ संविधान घोषणा भएको दिन) नेपाल सरकार, मन्त्री परिषदले -म.प. बै.सं. ३६।०७२) ले लखन थापालाई “नेपालको प्रथम शहीद” घोषणा गरेकोमा सो को लागि पहल गर्ने मा. सांसदहरुका लागि एक “सम्मान तथा छलफल कार्यक्रम” असोज ६ गते सिंहदरबार भित्र (राज्य व्यवस्था समितिको बैठक हलमा) आयोजना गरियो । कार्यक्रममा मा. सांसदहरु शिवलाल थापा, गोकुल घर्ती (एमालेका सचेतक), अमरसिंह पुन, गणेशमान पुन, तुलसा राना, केशरी घर्ती लगायतको उपस्थिति थियो । मा. सांसद तथा सल्लाहकारहरुले मन्तव्इ राख्नुका साथै प्रतिष्ठानलाई अगाडि बढाउन र र प्रतिष्ठानले गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल भई सल्लाह सुझाव दिइएको थियो ।
(लेखक: नेपालका प्रथम शहीद लखन थापा मगर प्रतिष्ठानका महासचिब हुनुहुन्छ)