गिता राना मगर
फोटो:अनीता राना मगरको फेशबुक बाट
द लाफा आर्टस इन्टरनेश्नल लिमिटेडको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र प्रतिविम्ब बेलायतको अल्डरसटमा विशेष प्रदर्शन सम्पन्न भएको छ । हङकङ र नेपालको विभिन्न शहरहरुको अपार सफलता पछि चलचित्र प्रतिविम्ब बेलायतमा प्रदर्शन गरिएको हो ।
नेपालीहरुको अधिक बसोवास भएको क्षेत्र अल्डरसटमा अक्टोबर दुइ तारिख तथा असोज १५ गतेको दिन नेपाली चलचित्र प्रतिविम्ब प्रदर्शन गरिएकोमगर संघ युके सांस्कृतिक विभाग प्रमुख तथा चलचित्रका प्रोड्युसर अनिता राना मगरले वताइन । चलचित्र प्रदर्शन उल्लासमय बातावरणमा भएको र नेपाली समाजको यथार्थ कथावस्तु बोकेको कथावस्तु भएकाले आगामी दिनमा बेलायतको अन्य भागहरुमा समेत चलचित्रको प्रदर्शनका लागी पहल भइरहेको प्रोड्युसर मगरले जानकारी दिए ।
युवाहरुलाई शिक्षा प्रति अभिप्रेरित गराउने कथा बस्तु बोकेको चलचित्र प्रतिविम्ब हेर्नका लागी अल्डरसट आसपासमा वसोवास गर्ने नेपालीहरुको भीड लागेको हाल बेलायतमा रहेका चलचित्रका नायक मनसुधन थापा मगरले जानकारी दिए ।
प्रतिविम्ब चलचित्र नेपालको पोखरा, काठमाण्डौ, म्याग्दी, चितवन, दाङ, तनहुँ, बाग्लुङ र नेपाल बाहिर हङकङको विशेष प्रदर्शन पश्चात बेलायतमा प्रदर्शन गरिएको हो ।
बेलायतमा रहेका ज्याग्दीखोला समाजका अध्यक्ष निर राना मगर, समाजसेवी विल पुर्जा पुन मगर, सोम राना मगर, छवि पुन, कुन्ता थापा, खेम आले, लोक तथा दोहोरी प्रतिष्ठान यु के का अध्यक्ष तथा गायक मोहन गुरुङ, गायक तथा नायक गणेश गुरुङ, निरमाया रोधी घरका संचालक गणेश गुरुङ, मोडेल तथा कलाकार चित्र थापा मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, लेख थापा मगर, लक्ष्मण राना , भक्त दर्जी लगायतले चलचित्र प्रदर्शनका लागी मुख्य भुमिका निर्वाह गरेका थिए ।
सिमारेखा, करोडपति, उपकार, एक नम्बरको पाखे लगायतका सुपरहिट नेपाली चलचित्रको निर्देशन गरेका बरिष्ठ निर्देशक किशोर राना मगर द्धारा निर्देशित प्रतिबिम्ब चलचित्रमा संचारकर्मी तथा गायक मनसुधन थापा मगरको मुख्य भुमिका रहेको छ ।
ज्ञानु थापा मगर मनकामना ओभरसिज् काठमाण्डौ, के बी राना न्यु क्यास्टल होटल काठमाण्डौ, अनिता राना मगर यु के , छक्कु उदासी जापान, गोमा पुन हङकङ , चन्द्र ज्योती आले हङकङ मगर समाज र नेत्र थापा हङकङ को निर्माण रहेको चलचित्रमा पवित्रा सारु मगर डिम्पलले नायिकाको भुमिका निर्वाह गरेकी छिनभने सह नायिकामा मिस मगर हङकङ कमला पुन मगरको भुमिका रहेको छ ।
(चलचित्र प्रतिविम्बका प्रोड्युसर अनिता राना मगर र नेपाल मगर महिला संघ ललितपुरकी भुपु अध्यक्ष कुन्ता थापा मगर)
त्यस्तै चलचित्रमा सह नायकको भुमिकामा गायक तथा साउण्ड ईन्जीनियर कुमार राना मगर, गिरी राज पुन, निर आले मगर, शिला आले, शान्ति राना, राज थापा मगर, श्याम राई, बालद्धिप राई, सपना श्रेष्ठ, दिल कुमारी राम्जाली, राकेश लामा, रुपा जी एम लगायतको अभिनय रहेको छ । चलचित्रमा कथा तथा शब्द संगीत राजकुमार बगर, कोरियो ग्राफीमा कमल राई, द्धन्द्ध शंकर महर्जन, र छायांकन यम आलेले गरेका छन ।
यस अघि नेपालको विभिन्न शहरहरुमा प्रदर्शन पश्चात नेपालमा गएको बिनासकारी भुकम्पबाट प्रभावित हरुका लागी चलचित्र युनिटले सहयोग समेत गरेको थियो ।