नेपाल आदिवासी जनजाति परिषद् युएईको पुनर्गठन

Read Time:2 Minute, 52 Second

अनिस तामांग

युएई ,५ अक्टोबर – नेपाल आदिवासी जनजाति परिषद युएईले विभिन्न निर्णयहरु गर्दै आफ्नो कार्यसमितिलाई पूनर्गठन भएको छ |

  गत शुक्रवार युएई आबुधाबीको हम्दाम कर्नेशापार्कमा परिषदका अध्यक्ष मोहन कुमार तामांगको अध्यक्षता र प्रमुख संरक्षक हरि बहादुर घर्तिमगरको आतिथिथ्यतामा बसेको परिषदको छैठौं बैठकले विभिन्न निर्णय गर्दै परिषदलाई पूनर्गठन गरेको हो |

पुनर्गठित कार्यसमितिमा अध्यक्ष मोहन कुमार तामांग,वरिष्ठ उपाध्यक्ष भिम घिसिंग,उपाध्यक्ष गणेश थारु,चन्द्रा साम्पांग राई र आकाश लामा,महासचिव नवराज गुरुङ,कोषाध्यक्ष घनश्याम गुरुङ,उपमाहासचिव सोनामदोर्जे लामा,प्रवक्ता मौसम सुव्वा र सह-कोषाध्यक्ष माया गुरुङ,साँस्कृतिक विभाग प्रमुख सुर्य आले मगर संगठन विभाग प्रमुख माधव तामांग,अनुशासन विभाग प्रमुख प्रमिला थापा मगर,खेलकुद विभाग प्रमुख केशर थापामगर,सदस्यहरुमा धनीराम चौधरी, माया मगर,सन्तोषी मगर,शेर बहादुर मगर,सुनिल राई,सोमु शेर्पा रहेका छन् |

यसैगरी बैठकले आदिवासी जनजाति संग विगतमा राज्यले गरेको सहमति सम्झौतालाई लत्याउदै, फेरी पनि आदिवासी जनजाति हरुलाई आफ्नै भूमिमा दोर्सो दर्जाको नागरिक नै बनाएर राख्ने बाहुन जातिवादी राज्यसत्ताले षडयन्त्र पूर्वक जारीगरिएको कतिथ संविधानको निन्दा एवं भर्त्सना गरेको छ |

साथै पहिचान र अधिकारको निम्ति संघर्ष गरिरहेको, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनलाई आर्थिक लगायतका सवै किसिमका सहयोग गर्न उपाध्यक्ष चन्द्रा साम्पांग राईको संयोजकत्वमा ७ सदस्यीय आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सहयोग समिति समेत चयन भएको छ, जसमा उपाध्यक्ष आकाश लामा,महासचिव नवराज गुरुङ,कोषाध्यक्ष घनश्याम  गुरुङ, प्रवक्ता मौसम सुव्वा,उपमहासचिव सोनाम दोर्जे लामा र साँस्कृतिक विभाग प्रमुख सुर्य आले मगर रहेका छन् |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %