भीम बरही मगर, १ अक्टोवर, हंगकंग, कान्तिपुर दैनिकका हंगकंग संबाददाता निर्मल श्रेष्ठले आफ्नो कर्म क्षेत्र हंगकंगलाई बनाएका छन । सुरज गुरुङु पनि हंगकंगकै हुन् । यी दुइ भाइ मिलेर भुकम्प पिडित दलित बस्ती मात्रै बनाएनन, हामी उठ्ने छौ भन्ने नारा लिएर संसार भर जाने लक्ष्यका साथ पहिलो कार्यक्रम हंगकंगमा सब्य र सफल रुपमा सम्पन्न गरे । नेपालका वरिष्ट तथा ख्यातीप्रप्त कालकारहरुले यसमा साथ दिए । १ अक्टोवरमा युनलोङ थेटर हलमा आयोजित कार्यक्रमलाई सफल पार्न नेपालबाट बरिष्ट कलाकाहरुको हंगकंग आगमन भयो । लामो समय अमेरीका बसेर कलाकारीता क्षेत्रलाई पुन जिवन्त दिन शुरु गरेका सरोज खनाल र सरीता गिरीको नाटक प्रस्तुति हंगकंगमा पहिलो र नौलो थियो । राजेश हमाल, करीष्मा के सी, कोमल ओली, दिनेश डीसी, मेनुका प्रधान, विनय श्रेष्ठ, सुष्मा कार्की, दिपक लिम्वु, पुजा मगर र मिडिया क्षेत्रमा भुषण दाहालको प्रस्तुति रहेको थियो ।
भुकम्प पिडितहरुको आत्माको चिर शान्तिको कामना गर्दै संसार भर कार्यक्रम गरेर भुकम्प पिडितहरुलाई सहयोग गर्ने उद्घोष गरीएको थियो । हंगकंगमा नयाँ र नौलो ढंगले प्रस्तुत गरीएको कार्यक्रम रोचक रहेको थियो ।
हामी उठ्ने छौं भन्दै सहयोगी हातहरु हंगकंगबाट उठे
Read Time:1 Minute, 53 Second