देब पचभैया
पाल्पा, असोज १५ – श्रीनगर एफ,एम प्रालि तानसेन पाल्पाले यस बर्ष संचालन गरेको अनलाईन तिजगित प्रतियोगिताको फाईनल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा यम्घा पाल्पाकी ईन्दु परियार प्रथम हुनुभएको छ । ईन्दुलाई नगद १५ हजार र प्रमाणपत्रले सम्मानित गरिएको छ ।
चार सय बढी सहभागीमध्ये उत्कृष्ट पाच जना अन्तिम प्रतिस्पर्धामा रहेका थिए । प्रतियोगितामा माडीपोखराथोक पाल्पाका अबिरल बिश्वकर्मा दोश्र्रो हुनुभएको छ । उहालाई नगद आठ हजार र सम्मान पत्रले पुरस्कृत गरिएको छ । तेश्र्रो हुने गुल्मी ठुलोलुम्पेककी सम्झना राहाडी नगद ५ हजार र सम्मान पत्रले सम्मानित हुनुभएको छ ।
प्रतियोगितामा चौठो हुने खानीगाउ पाल्पाकी माया दर्नाल र पाचौ बन्दीपोखरा पाल्पाकी रन्जीता ठडराई लाई पनि नगद र सम्मानपत्रले सम्मान गरिएको छ ।
बिजयीहरुलाई पाल्पाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामीछाने र श्रीनगर एफ,एमका अध्यक्ष भीमसेन कार्कीले नगद र सम्मान पत्र प्रदान गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले स्थान र अवसर नपाएका कला र गलाका धनीहरुलाई एफ,एम रेडियोका यस्ता कार्यक्रमहरुले धेरै फाईदा पुग्ने बताउनुभयो ।
कार्यक्रमका पाहुनाहरुलाई स्वागत गर्दे श्रीनगर एफ,एमका अध्यक्ष भिमसेन कार्कीले श्रीनगर एफ,एम पाल्पाकै पुरानो ब्यवशायीक रेडियो भएपनि सामाजिक हित र जनउत्तरदायी कार्यहरुलाई प्राथमिकता दिएर अघि बढेको बताउनुभयो । कार्यक्रमको संचालन गर्नुभएका प्रालिका स्टेशन म्यानेजर देब पचभैयाले यसरीनै स्थानिय प्रतिभाहरुलाई माथि उठाउनको लागी एफ,एमको कार्यक्रम मार्फत निरन्तर रुपमा कार्यहरु गर्दे जाने बताउनुभयो ।
कार्यक्रममा लोकतथा दोहोरी गायक तिलक वली, प्रेमलामीछाने, सुमन गैरे , हरी बिक, होनिमाया गन्र्धब, ब्रम्म शेखर बज्राचार्य लगाएतका कलाहरुले गित गाएका थिए ।
कार्यक्रममा सहाराकलाकेन्द्र पाल्पाले समेत नृत्य प्रस्तुत गरेको थियो ।